Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

यसरी सञ्चालन हुनुपर्ने हो स्थानीय संसद्

काठमाडौं । संविधानअनुसार स्थानीय तहमा पनि कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका–संसद् गठन हुन्छ । स्थानीय तहमा गठन भएका सभा सञ्चालन गर्न मन्त्रालयले सभा सञ्चालनसम्बन्धी नमुना कार्यविधिसमेत जारी गरेको छ । अाजको नयाँ पत्रिकामा खबर छ– मन्त्रालयले जारी गरेको सभा सञ्चालन कार्यविधिअनुसार सदस्यहरू तोकिएको समयमा सभाहलमा प्रवेश गर्नेछन् । राष्ट्रिय गान बजेपछि औपचारिक रूपमा सभाको कामकारबाही सुरु हुन्छ । त्यस्तो सभाको अध्यक्षता स्थानीय तहको प्रमुखले गर्नेछ । प्रमुखको अनुपस्थितिमा उपप्रमुखले सभाको अध्यक्षता गर्नेछ । यसरी केन्द्रको व्यवस्थापिका–संसद्को जस्तै स्थानीय तहको व्यवस्थापिका–संसद्को कार्य सञ्चालन हुनुपर्नेमा नेता-मन्त्री बोलाएर संसद् उद्घाटन गर्न थालिएको छ । स्थानीय तहका जानकारहरूले यस्तो अभ्यासलाई विश्वकै कमजोर र लज्जित अभ्यासका रूपमा अथ्र्याएका छन् । स्थानीय तहका जानकार खेमराज नेपालले जनप्रतिनिधिले दलका नेतामार्फत स्थानीय संसद् उद्घाटन गरेर स्थानीय सरकारको अवधारणालाई कमजोर बनाएको बताए । जनप्रतिनिधिले नै स्थानीय तहको अधिकार केन्द्र्रमा फर्काउन सहयोग पुग्ने गरी गतिविधि गरेको भन्दै उनले जनप्रतिनिधिका लागि त्यो लज्जास्पद घटना भएको टिप्पणी गरे । अहिलेसम्मको प्रजातान्त्रिक अभ्यासमा उच्च भनिएको बेलायत र अमेरिकामा समेत संसद्को उद्घाटन भएको छैन । नेपालमा समेत संसद्को उद्घाटन भएको छैन । उल्टै मन्त्रालयमाथि आरोप स्थानीय विकास मन्त्रालयले जनप्रतिनिधिले स्थानीय तहको अभ्यास गर्दा सुरुमै गम्भीर गल्ती गरेको निष्कर्ष निकालेको छ । तर, त्यस्तो नगर्न सुझाब दिँदा मन्त्रालयले हस्तक्षेप गरेको आरोप लागेपछि चुपचाप बस्नुपरेको मन्त्रालयले जनाएको छ । ‘त्यस्तो नगर्नुस् गलत हुन्छ भन्दा केन्द्रले हस्तक्षेप गर्यो भन्ने आरोप लाग्यो । स्थानीय तह आफैँमा स्वायत्त संस्था भएकाले मन्त्रालयले केही बोलेको छैन,’ सचिव थपलियाले नयाँ पत्रिकासँग भने । उनले जनप्रतिनिधिमा एकात्मक र केन्द्रीकृत सोच हाबी हुँदा मन्त्री÷नेता राखेर संसद् उद्घाटन भएको टिप्पणी गरे । ‘जनप्रतिनिधिमा रहेको यस्तो केन्द्रीकृत सोचले स्थानीय सरकारको जग खलबलिने अवस्था उत्पन्न भएको छ,’ सचिव थपलियाले भने । तालिममा के सिकायो मन्त्रालयले ? मन्त्रालयले केही समयअघि स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि सञ्चालन गरेको अभिमुखीकरण तालिममा सभा सञ्चालन विधिबारे प्रशिक्षण दिएको थियो । सो अभिमुखीकरण तालिममा सभा सञ्चालन विधि र पछि सभा सञ्चालन कार्यविधि नै बनाएर पठाएको थियो । तर, केन्द्रले हस्तक्षेप गरेको आरोपपछि संसद् सञ्चालनको विधिबारे निर्देशन भने मन्त्रालयले दिएको थिएन । सचिव थपलियाले स्थानीय जनप्रतिनिधिले आफ्नो अधिकार र हैसियत बुझ्न नसकेको बताए । कसरी चल्थ्यो स्थानीय निकाय ? यसअघिको संविधानले स्थानीय निकायलाई संवैधानिक अधिकार दिएको थिएन । संवैधानिक अधिकार नहुँदा स्थानीय निकाय सरकारको नियन्त्रणअनुसार चल्थ्यो । केन्द्र सरकारले दिएका आदेश, निर्देशन र बनाएको कानुन, नियमावली एवं मन्त्रालयको नियन्त्रणमा स्थानीय निकाय चल्ने गरेका थिए । त्यसैले स्थानीय निकायका परिषद् भेला नेताहरूले उद्घाटन गर्ने गर्थे । तर, संसद् उद्घाटनको व्यवस्थै हुन्न ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending