Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

बम फाल्ने प्रहरी भन्छन्– पड्किएपछि बल्ल होस खुल्यो

\"\"असार १४ मा सम्पन्न दोस्रो चरणको निर्वाचनका क्रममा एकजना प्रहरी निकै चर्चामा आए । निकै बहादुरीका साथ आफ्नो कर्तव्य निर्वाह गरेकाले उनले चर्चा र लाखौँ नेपालीको धन्यवाद पाएका हुन् । उनी अर्थात्, सल्यान शारदा– १ सिनेनगरका दुर्गाबहादुर राना । दुर्गाबहादुर उनै प्रहरी हवल्दार हुन्, जसले दाङ, तुलसीपुर उपमहानगरपालिका–३ अम्बासस्थित श्री आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान भइरहेको समयमा प्रहार भएको बम हातैले समाएर फ्याँकेका थिए । बम फ्याँकेर सम्भावित दुर्घटनाबाट मतदान गर्न लामबद्ध नागरिकलाई बचाएका दुर्गाबहादुरको बहादुरीको चर्चा त्यसपछि नै चुलिएको हो । उनले बम कसरी फ्याँके, त्यसपछिको चर्चा र उनको व्यक्तिगत जीवनबारे नयाँ पत्रिकामा प्रकाशित सामाग्री केही नसोची बम समातेर फ्याँकेँ बिहान ७ बजेदेखि मतदान सुरु भएको थियो । ७ बजेदेखि नै मतदाता आउने जाने क्रम चलिरहेको थियो । उहाँहरूको सुरक्षाका लागि हामी २५ जना सुरक्षाकर्मी खटिएका थियौँ । दुई घण्टा शान्तिपूर्ण ढंगले मतदान चल्यो । त्यसपछि करिब साढे ९ बजे मतदानस्थलमा कतैबाट कसैले बम प्रहार गर्यो । मोटर साइकलमा आएका अज्ञात व्यक्तिहरूको समूहले मतदान स्थललाई टार्गेट गरेर बम फ्याँकेको थियो । मतदान गर्न लाम लागेका महिला र पुरुषको लाइनको बीचमा आएर उनीहरूले फ्याँकेको बम खस्यो । बम भुइँमा खस्नासाथ आवाज आयो । म बमदेखि करिब एक मिटरको दूरीमा थिएँ । त्यो बम नै हो भन्ने आँकलन गर्न मलाई समय नै लागेन । त्यो सकेट बम थियो । जुन जलिरहेको थियो । केही सेकेन्डमै विष्फोट हुनेवाला थियो । मैले केही नसोची त्यसलाई हातले समातेर २५ मिटर पर खाली ठाउँमा फालेँ । बम भुइँमा खसेको ५ सेकेन्डभित्र मैले फालिसकेको थिएँ होला । कतिपय मिडियामा भुइँमा नखस्दै समातेको भन्ने पनि आएछ । तर, त्यो सत्य होइन । मतदानका लागि बुथमा करिब चार सय मतदाता हुनुहुन्थ्यो । बुथलाई मेन प्वाइन्ट बनाएर बम फालिएकाले त्यहाँ ठूलै क्षति हुन सक्थ्यो । मलाई बमको विषयमा केही जानकारी भएकाले समयमै फ्याक्न सकेँ र धेरैको ज्यान बचाउन सफल भएँ । पड्किएपछि बल्ल होस खुल्यो मेरैअगाडि बम देखेपछि मेरो होस नै हराएको थियो । मैले केही कुरा सोच्नै सकेको थिएन । मलाई यो बम हो र केही समयमा पड्किन्छ भन्ने कुरा मात्र याद थियो । त्यसैले हतार नगरी त्यसलाई फ्याँके । बम खाली ठाउँमा गएर पड्किएपछि बल्ल मेरो होस खुल्यो । बम खसेकै भुइँमा पड्किएको भए, या मेरो हातमै पड्किएको भए मेरो के हालत हुन्थ्यो होला ? भन्ने सोचेँ । त्यसो भएको भए मलगायत त्यहाँ धेरैको ज्यान जान सक्थ्यो । कति घाइते हुन्थे । योबाहेक मलाई खुसी पनि लाग्यो । किनकि, मैले मलाई दिइएको जिम्मेवारी निभाएको थिएँ । म त्यहाँ मतदाताको जिउज्यानको सुरक्षाका लागि खटिएको थिएँ । यस्तो अवस्थामा आफ्नो ज्यानै दिएर भए पनि उहाँहरूको सुरक्षा गर्नु मेरो कर्तव्य हो । जसलाई मैले पूरा गरेँजस्तो लाग्छ । काजमा खटिएको थिएँ दाङ स्थानीय तहको चुनावका लागि म काजमा दाङ गएको थिएँ । खासमा मेरो दरबन्दी काठमाडांै, सामाखुसीमा थियो । चुनावको सुरक्षामा खटिनुअघि म एक मन्दिरको सुरक्षामा खटिएको थिएँ । म ०६० सालदेखि प्रहरी संगठनमा आबद्ध छु । सुरुदेखि नै काठमाडौं छु । महानगरीय प्रहरी कार्यालयले दिएको जिम्मेवारी मैले सफलताका साथ निभाइरहेको थिएँ । प्रहरी संगठनमा आबद्ध भएदेखि मेरो कार्यक्षेत्र काठमाडौं नै छ । नेपालगन्ज तालिम केन्द्रबाट छनोट भएर आएपछि मलाई काठमाडौं खटाइएको हो । त्यसपछि जेजे जिम्मेवारी दिइएको छ, मैले त्यसलाई निभाउँदै आएको छु । यसअघि मेरो कहीँकतै चर्चा पनि भएको थिएन । न मैले चर्चा पाउने त्यस्तो कुनै काम नै गरेको थिएँ । भनौँ भने त्यस्तो कुनै अवसर पनि पाएको थिइनँ । तर, दाङमा मैले केही गर्ने मौका पाएँ र गरेँ पनि । जसबाट म निकै सन्तुष्ट छु । चारैतिर वाहवाही भयो तुलसीपुरको घटनापछि चारैतिर मेरो चर्चा भइरहेको छ । जुन चर्चा अहिलेसम्म पनि छ । धेरैले फोन गरेर बधाई दिनुहुन्छ । मलाई निकै खुसी लाग्छ । प्रहरी सेवामा लागेपछि पाउनुपर्ने भनेको पनि यही कुरा होजस्तो लाग्छ । केही गरौँ, सबैले चिनून्, चर्चा होस् र सम्मान पाइयोस् भन्ने सबैको चाहना हुन्छ । कतिपय गलत कामले पनि चर्चामा आएका छन् । तर, हामीले देश र जनताका लागि केही गरेर चर्चामा आउन सक्नुपर्छ । मतदान केन्द्रमा मतदाताको ज्यान बचाएपछि मलाई तत्काल त्यहाँ उपस्थितहरूले धन्यवाद दिनुभयो । साँझ मतदान सकेपछि फूलमालाले सम्मान गरेर मलाई नगरपरिक्रमा गराइयो । गृहमन्त्री, चिफसाब, गण प्रमुख, मेट्रो प्रमुख, डिआइजीहरूले फोन गरेर बधाई तथा धन्यवाद दिनुभयो । त्यतिवेला मलाई साँच्चिकै संगठनले दिएको जिम्मेवारी पूरा गरेँछु भन्ने लाग्यो । त्यो दिन त मलाई फोनमा बोल्ने फुर्सद नै थिएन । पत्रकारहरूले उत्तिकै फलो गरिरहनुभएको थियो । गृहमन्त्रीले फोन गरेर, ‘ल तिमीलाई बधाई छ । धेरै साहसी काम गरेका छौ,’ भन्नुभयो । पछि म काठमाडौं आएपछि उहाँसँग भेट पनि भयो । त्यसवेला पनि उहाँले मेरो खुलेर प्रशंसा गर्नुभयो । त्यस्तै, मैले महानगरीय प्रहरी कार्यालयबाट पनि सम्मान पाएँ । जुन जिम्मेवारी दिइन्छ, निर्वाह गर्छु म अहिले परराष्ट्र मन्त्रालयमा छु । यहाँ मैले मन्त्रीज्यूको सुरक्षाको जिम्मेवारी पाएको छु । परराष्ट्रमा मन्त्रीज्यू आएसँगै सुरक्षा चाहियो भनी माग गरिएको रहेछ । संगठनले त्यहाँ मलाई खटायो । यसमा तुलसीपुरको घटनाले पनि केही प्रभाव पारेको छजस्तो लाग्छ । आफूले यति ठूलो जिम्मेवारी पाउँदा निकै खुसी छु । खासमा मैले यहाँ मन्त्रालयमा को र कस्ता व्यक्ति आउँछन् हेर्ने, मन्त्रीलाई भेट्न आएका मान्छेलाई फलो गर्ने, वेटिङ रुममा राख्ने, उहाँहरूलाई सुरक्षा दिने, सचिव, उप–सचिवलाई सहयोग गर्ने जिम्मेवारी पाएको छु । संगठनका सरहरूले ‘तिमीले साह्रै राम्रो काम गरेका छौ, तिम्रो उचित मूल्यांकन हुन्छ’ भन्नुभएको छ । तर, मेरो कुनै स्वार्थ छैन । न त मेरो कुनै माग नै छ । जेका लागि, जहाँ खटाइन्छ, जुन जिम्मेवारी दिइन्छ त्यो निर्वाह गर्न म सधैँ तयार छु । पढ्न नसकेर प्रहरीमा लागेँ मेरो जन्म ०३६ सालमा सल्यान शारदा– १ सिनेनगरमा भएको हो । मैले एसएलसीसम्म त्यही पढेँ । म पढाइमा खासै तेज थिइनँ । जसोतसो ०५६ सालमा एसएलसी पास गरेँ । एसएलसीपछि आइए पनि भर्ना भएँ । तर, पढाइ राम्रो भएन । ब्याक लाग्यो । सामान्य गाउँले परिवारमा जन्मिएको मान्छे भएकाले मेरो त्यस्तो ठूलो कुनै सपना थिएन । घरपरिवारले भने पढाइमा ध्यान दिनुपर्छ भन्नुहुन्थ्यो । तर, नसकेपछि अब के गर्ने भन्ने चिन्ता भयो । परिवारका सदस्यले पनि मेरो चिन्ता गर्न थाले । गाउँमा कुनै कुराको स्कोप थिएन । त्यति नै वेला प्रहरीमा जागिर खुल्यो । मैले निवेदन दिएँ । नेपालगन्ज तालिम केन्द्रमा बाँकी प्रक्रिया पूरा गर्नुपर्ने भयो । र, म छनोट भए । खासमा म पढ्न नसकेर प्रहरीमा लागेको हुँ । छोराछोरीलाई धेरै पढाउने मन छ मेरो घरमा बुवाआमा, श्रीमती, दुई छोरा र एक छोरी छन् । सबै सल्यानमै बस्छन् । सुरुका दिनमा घरपरिवारबाट टाढा हुँदा कस्तो जागिर खाएँछुजस्तो लाग्थ्यो । तर, बिस्तारै बानी पर्दै गयो । जनताको जिउधनको सुरक्षा गर्दा मलाई छुट्टै मजा लाग्न थाल्यो । पछि परिवारभन्दा देश र आफूभन्दा आफ्नो जिम्मेवारी महत्वपूर्ण लाग्न थाल्यो । र, असन्तुष्टिका पोकाहरू फुट्दै गए । मेरा दुई छोरामध्ये एउटाले अहिले काठमाडौंमै बसेर अकाउन्ट विषयमा १२ को परीक्षा दिएको छ । एउटा छोरा र छोरी भने गाउँमै छन् । कान्छो छोरो ८ र छोरी ३ कक्षामा पढ्छन् । मलाई उनीहरूलाई धेरै पढाउने मन छ । आफूले पढ्न नसके पनि पढेर उनीहरू ठूलो मान्छे भएको हेर्न मन छ । इच्छा, चाहनाअनुसार जे–जस्तो पढ्छु भन्छन्, दुःख गरेर त्यसैअनुसार पढाउने संकल्प लिएको छु । राम्रो विषय, राम्रो कलेज र राम्रो ठाउँमा पढाउन थेरै खर्च लाग्छ । तर, पनि दुःख गरेर छोराछोरीलाई शिक्षित बनाउन चाहन्छु । जनताको सुरक्षा गरिरहन चाहन्छु मेरो त्यस्तो कुनै विशेष सपना छैन । मलाई संगठनले दिएको जिम्मेवारी पूरा गर्न पाए पुग्छ । सधैँभरि यसैगरी जनताको जिउ–धनको सुरक्षा गर्न पाइरहूँ भन्ने लाग्छ । यसमा नै म खुसी र सन्तुष्ट छु । साथीहरूलाई पनि चतुर्याइँपूर्वक ड्युटीमा खटिनुस् भन्न चाहन्छु । हामी प्रहरीको जिम्मेवारी भनेकै देश र जनताको सुरक्षामा खटिने हो । त्यसमा हामी कटिबद्ध भएर लाग्नुपर्छ । म जीवनभर जनताको जिउ–धनको सुरक्षा गरिरहन चाहन्छु ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy