हामि थोरै बिचलित र बिभाजित हुँदा हाम्रो जनमत पनि बिभाजित हुन पुग्यो तर के हाम्रो बलिदान पनि विभाजित छ ?समग्र मुलुकको हितका लागी राष्ट्रिय स्वधिनता, अधिकार सम्पन्न नागरिक र समानतामा अधारित समतामुलक समाज निर्माण गर्नु पर्छ भन्ने सबै पार्टिको मान्यता रहन्छ । तर वर्ग विभाजित समाजमा वर्गपक्षधरताको आधारमा पार्टीहरु निर्माण भएका हुन्छन् भन्ने द्रिष्टिकोणलाइ सही अर्थमा आत्मसाथ गरी त्यसलाइ कार्यन्वयन गर्नु मुख्य कुरा हुन जान्छ । [caption id=\"attachment_142796\" align=\"alignleft\" width=\"250\"] लेखक[/caption] हाम्रो समस्या यही हो की प्राप्त उपलब्धिहरुलाई जोगाउन झन एकताबद्द हुने अवस्थामा टुटफुटतिर पुग्छन् । र आप्mनै वर्गलाई कमजोर बनाउँछन् । निश्चित वर्ग र समुदायबाट प्रतिनीधीे वनेर नेताकार्यकर्ता जन्मन्छ । हजारौँ कार्यकर्ता र लाखौँ जनताहरुको समर्थन र भरोषामा आन्दोलनबाट जनसमर्थन प्राप्त गरी आन्दोलनका केही चरण पुरा हुन्छन् तव कतिपय लाइ लाग्छ की आन्दोलन (क्रान्ति) सफल भयो । तर भएको चाँही क्रान्तिका केही चरण मात्र पुरा भएको हुन्छ क्रान्ति त निरन्तर भइरहने प्रकृया हो तसर्थ निरन्तर क्रान्तिका लागि निरन्तर पार्टिमा नेता कार्यकर्ताको एक पंत्ती र जनताहरुको अजेय समर्थन सदैव कायम भइरहनुपर्दछ । अझ संसदिय व्यबस्थाको नियमित निर्वाचनमा गतिशिल र चलायमान संगठननै बिजयको मुख्य आधार हो । त्यसैले संगठनमा आबद्ध कार्यकर्ताको जिवन संगठनको जिवनता पनि हो । पछिल्लो समय माओवादी आन्दोलनको त्याग, समर्पण र बलिदानलाइ हामिले नयाँ शिराबाट जिवन दिन सकेनौ । हामि निरास भयौ । हामि चलायमान हुन सकेनौ । हाम्रो निराशामाथी प्रतिकृयावादीले आफ्नो जिवन देख्यो र उ गतिशिल बन्यो । हामीले एकपटक फेरी फेरी एउटा जिवनशिल प्रतिबद्दता गर्नुपर्ने भएको छ –हारहरुबाट पाठ सिकौं, हारहरुका कारणहरु खोजौं र पुनः उठौं । शानदार बिजय हासिल गरेको हाम्रो इतिहास साक्षी छ । आँधी हुरीको बिचमा सतिशाल बनेर खडा भएको हाम्रो विरासत हो । हामि थोरै बिचलित र बिभाजित हुँदा हाम्रो जनमत पनि बिभाजित हुन पुग्यो तर के हाम्रो बलिदान पनि विभाजित छ ? हामि बलिदानलाइ विभाजित वनाउन सक्त्तैनौ त्यसैले सबै माओवादी धाराहरु रुपान्तरीत भएर एक ढिक्का हुनुको बिकल्प छैन । जनता कदापी यथास्थितीवादीहरुसँग खुश छैनन् । जनता अझै पनि माओवादीप्रति आशावादी छन् । मात्र हामिले हाम्रा जिवनमा क्रन्तिकाी रगं भरौ र संगठनलाई शतिशाल झै जिवन दिऔं, एक ढिक्का बनौँ । संगठनमा सामुहिक जिवन खोजौँ । जनताको बलिदानी खेर जाँन नदिने प्रण गरौँ, जित संभव छ, बिजय संभव छ ।
प्रतिकृया लेख्नुहोस्: