Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

विद्यासुन्दरलार्इ खुल्लापत्रः दिउँसै सडकले मान्छे निल्दा 'स्मार्ट सिटी' अबधारणाले गिज्याएन र ?

  आदरणीय मेयर विद्यासुन्दर शाक्य ज्यु, नमस्कार  जहाँनिया राणा शासन, पञ्चायती व्यबस्था र राज्यतन्त्रको अन्य हुदै गणतन्त्रसम्म आइपुग्दा पाएको एउटा अघिकार अभिव्यक्ती स्वतन्त्रताको सदुपयोग गर्दै एउटा खुल्ला पत्र लेख्दै छु । तपाईसँग मेरो पत्र पढ्ने त समय छैन होला । तर पनि म अभिव्यक्ती स्वतन्त्रताको प्रयोग गर्दै केहि कुरा लेख्दै छु । कहाँबाट शुरु गरुँ म अलमलमा परेको छु । जहाँनिया राणा शासन, पञ्चायती व्यबस्था र राज्यतन्त्रको अन्य हुदै अहिले मुलुक यतिबेला २०६२/६३ को युगीन क्रान्तिका एजेण्डाहरु संस्थागत गर्ने अभियानमा होमिएको छ । संविधानअनुसार तीन तहको निर्वाचन सम्पन्न भएमात्र २०६२/६३ को ऐतिहासिक जनआन्दोलनबाट प्राप्त म्याण्डेट पुरा हुनेछ र लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था संस्थागत हनेछ । अहिले स्थानीय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न भइसकेको छ । तपाई पनि स्थानीय तहबाट निर्वाचित जनप्रतिनिधी हो ।
मेयर ज्यु काठमाण्डौँ महानगरमा स्मार्ट सिटीको अबधारणाभन्दा पहिले धैरै कुराको समाधान गर्नुपर्ने देखिन्छ । पहिले सडक सडकका खाल्डाहरु पुर्नुहोस् पैदल यात्रुका लागि सडका पेटी लागाएर वृक्षारोपन गर्नुहोस्, फुटपाथहरु व्यवस्थित गर्नुहोस्, सडक सडकको दुर्गन्ध र फोहोर व्यवस्थापन गर्नुहोस्, महानगरका सवारीचापको व्यवस्थापन गर्नृहोस् अनि मात्र स्मार्ट सिटीमा प्रवेश गर्नुहोस् । मेयर साब तपाई जनताको प्रतिनिधी हो त्यसैले पार्टीको गुलाम होईन जनताको गुलाम भएर काम गर्नुहोस् । असम्भब कमि केहिको छैन । कमि छ त केवल गर्छु भन्ने चाहनाको । अहिले दिनहु विकास निमार्णको नाममा १० र्आै अर्व रकम फालाफाल भैरहेको छ । वजेट सिध्याउने खेल चलिरहेको छ ।
हामी विभिन्न सक्रमण कालहरु पार गर्दै यहाँसम्म आइपुग्दा के पायौँ जनताले के पाए ? सायद यो विषयमा कसैले सोचेनौँ । हामीले यहाँसम्म आईपुग्दा पाउने भन्दा पनि धैरै गुमायौँ । हामीले कालापानी गुमायौ, हामिले टनकपुर गुमायौ, कोशी महाकाली पनि गुमायौँ यति मात्र होईन अझ धेरै कुरा गुमाएका छौ । देशमा भएका ठुला उपलब्धी र विकास सबै कि त राणा शासणको बेला भएका छन् । त कति पञ्चायत र राजतन्त्रमा भएका छन् त्यो भन्दा पछाडि हामीले पाउने भन्दा धेरै गुमायौँ । हामीले विराटनगर जुट मिल गुमायौँ, जनकपुर चुराट कारखाना गुमायौ, हेटैडा सिमेन्ट उद्योग गुमायौँ । हामीले धेरै कलकारखाना नदि नाला गुमायौँ तर जनताले विकास, परिवर्तन र क्रान्तिका आशाहरु कहिले पनि गुमाएनन् । [caption id=\"attachment_142864\" align=\"alignleft\" width=\"200\"]\"\" लेखक[/caption] पहिलो संविधानसभाको चुनावमा माओवादीलाई पहिलो पार्टी बनाए । दोस्रो संविधानसभाको चुनावमा कांग्रेसलाई पहिलो पार्टी बनाए भने २०७४ सालको स्थानीय निर्वाचनमा एमालेलाई पहिलो पार्टी बनाए । जनता विकल्प खोजी रहेका छन तर विकल्प भनेर कसैले उभिन सकेनन् । देश अहिले भएभित र दर्दनाक अवस्थामा उभिएको छ । देशले नयाँ विकल्प खोजी रहेको छ । रुकुम , रोल्पा, जुम्ला, डोल्पा, बझाङका जनताले अझै पनि सिटामोल पाईरहेका छैनन् । एक छाक भात खान पाएका छैनन् तर हाम्रो देशका प्रधानमन्त्री, मन्त्रीहरु भने उपचारको नाममा अमेरिका, बेलायत, थाइल्याण्ड धाईरहेका छन् । अहिले देशको अवस्था विकराल बन्दै गईरहेको छ । देशको कुरा कुनै दिन गरौंला । अब म देशको राजधानी काठमाण्डौँ महानगरपालिकाको केहि कुरा लेख्दैछु । केहि महिना अगाडी काठमाण्डौँ नगरपालिकालाई हर्न मुक्त क्षेत्र बनाउने भनेर घाषणा गरियो । दिनप्रतिदिन सवारी साधनको चापले गर्दा भईरहेको ध्वनी प्रदुषण नियन्त्रणका लागि यो एउटा आफैमा राम्रो विकल्प थियो । तर काठमाण्डौँका साँघुरा सडक कमजोर ट्राफिक ब्यवस्था र विना पुर्वाधारको योजना भनेर चौतफी विरोध भयो । साच्चिकै हेर्ने हो भने काठमाण्डौँको सडकको अपस्था निकै नै नाजुक छ । मेयर साब तपाईको स्मार्टफोन किनेर स्मार्ट चर्पी र स्मार्ट सिटी बनाउने योजना सभाग्रिहभित्रबाट घोषणा गर्दै गर्दा असार ३० गते शुक्रबार दिउँसो अविरल बर्षापछि काठमाडाैंका सडक भने ढलहरुको पानी मिसिएर साच्चिकै विश्वका अनौठा स्मार्ट चर्पी बने । शुक्रबार काठमाण्डौँका सडक र ढलका नालीहरु छुट्याउनै नसकिने अवस्थामा थिए । केहि दिनअघि ३ कक्षामा अध्ययनरत विनिता फुयाललार्इ ढलले नै निल्यो । व्यवस्थित ढल निकास नहुनाले काठमाडाैंका अधिकांश स्थानहरु जलमग्न बने भने सामाखुसी पनि पुरै जलमग्न भयो । स्कुलबाट घर फर्किदै गरेकी एक बालिका सत्या सापकोटा सडक र ढलको नाली छुट्याउन नसकेर नालीमा पसिन र झण्डै ५० मिटर जति तल नालीभित्रबाटै वग्दै गर्दा उद्दार गरियो । मेयर साब, काठमाडाैं महानगरपालिकाको कस्तो अवस्थाका माझ तपाईले अघि सारेको स्मार्ट सिटीको अबधारणामाथि प्रश्न उठेको छ । मेयर ज्यू स्मार्ट सिटीको अबधारणा घोषणा गर्नुपुर्व तपाईले काठमाडाैं महानगरका गल्ली गल्लीमा पैदल यात्रा गरी समस्या केलाउनुपर्ने जरुरी देखिन्छ नत्र तपाईको स्मार्ट सिटीप्रति जनताले औला उठाउने छन् । मेयर ज्यु काठमाण्डौँ महानगरमा स्मार्ट सिटीको अबधारणाभन्दा पहिले धैरै कुराको समाधान गर्नुपर्ने देखिन्छ । पहिले सडक सडकका खाल्डाहरु पुर्नुहोस् पैदल यात्रुका लागि सडका पेटी लागाएर वृक्षारोपन गर्नुहोस्, फुटपाथहरु व्यवस्थित गर्नुहोस्, सडक सडकको दुर्गन्ध र फोहोर व्यवस्थापन गर्नुहोस्, महानगरका सवारीचापको व्यवस्थापन गर्नृहोस् अनि मात्र स्मार्ट सिटीमा प्रवेश गर्नुहोस् । मेयर साब तपाई जनताको प्रतिनिधी हो त्यसैले पार्टीको गुलाम होईन जनताको गुलाम भएर काम गर्नुहोस् । असम्भब कमि केहिको छैन । कमि छ त केवल गर्छु भन्ने चाहनाको । अहिले दिनहु विकास निमार्णको नाममा १० र्आै अर्व रकम फालाफाल भैरहेको छ । वजेट सिध्याउने खेल चलिरहेको छ । विषेशगरि वजेट सिध्याउनको लागि आर्थिक बर्षको अन्त्यतिर वजेट विनियोजित हुन्छ । अब यसरी बन्ने सडक कति कमजोर होलान् अनि कति वर्ष टिक्लान त्यसैले मेयर साब आजैबाट सडक विभागसँग परामर्श गर्नुहोस । विकास निमार्ण र सडक मर्मत गर्ने काममा वजेट सिध्याउने खेल नहोस् । त्यसैले अग्रसर हुनुुहोस् विकास निर्माणका काममा निगरानी राख्नुहोस् अनि मात्र स्मार्ट सिटीको अबधारणाले पुर्णता पाउने छ । नत्र तपार्इको स्मार्ट सिटि अबधारणाले तपाइलार्इ गिज्यजउनेछ । राजधानीकै सडकले निलेको बिनिता फुँयालहरूको अाँशुले पक्कै पोल्नेछ । झुठा आश्वासन दिने काम तत्काल बन्द गर्नुहोस् ।

अन्जन के.सी बाँफिकोट गाउँपालिका रुकुम

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy