Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

देउवाको दिल्ली यात्रा तयारी

\"\"काठमाडौं प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण तयारी तीव्र पारिएको छ । परराष्ट्र सचिवको एक साताभन्दा लामो विदेश भ्रमणका कारण केही ढिलो भएको तयारी अहिले अघि बढाइएको हो । परराष्ट्र अधिकारीका अनुसार उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा चीन भ्रमणमा गएर फर्केलगत्तै प्रधानमन्त्रीको भारत भ्रमण हुनेछ । दुवै भ्रमणको तिथि भने तय भइसकेको छैन । अाजको कान्तिपुरमा खबर छ– नेपालले देउवाको दिल्ली भ्रमणको तिथि प्रस्ताव गरिसके पनि त्यसमा भारतको सहमति आउन बाँकी छ । देउवाको भारत भ्रमणअघि नै महरा चीन जाने गरी तिथि मिलाउने तयारी भइरहेको परराष्ट्र अधिकारीले जानकारी दिए । ‘उपप्रधान तथा परराष्ट्रमन्त्रीको चीन भ्रमणपछि नै प्रधानमन्त्रीको भारत भ्रमण हुने गरी छलफल र तयारी अघि बढेको छ, निर्णय भने भएको छैन,’ उपप्रधान तथा परराष्ट्रमन्त्रीका प्रमुख स्वकिय सचिव युवराज चौलागाईले भने, ‘मिति मात्र नभएर एजेन्डाका विषयमा समेत अन्तरमन्त्रालय छलफल अघि बढाइएको छ ।’ यसअघि परराष्ट्रमन्त्री महरा तीनदिने दिल्ली भ्रमण सकेर असार २० गते फर्किएका थिए । उनले दुईपक्षीय छलफलमा प्रधानमन्त्री देउवाको भ्रमण र दुईपक्षीय आयोजना तथा सहकार्यका विषयमा छलफल गरेका थिए । त्यतिबेला समकक्षी सुष्मा स्वराजबाहेक अन्य नेतासँग महराको भेटघाट भएन । उनी फर्केको दुई सातामै प्रधानमन्त्री देउवा भारत जाने भनिए पनि भारतमा राष्ट्रपति निर्वाचनको चटारोले हुन सकेन । भारतले नयाँ राष्ट्रपति पाएलगत्तै देउवा भारत जानेछन् । प्रधानमन्त्रीमा निवार्चित भएलगत्तै देउवालाई भारतीय समकक्षी नरेन्द्र मोदीले टेलिफोन गरी बधाईसँगै दिल्ली भ्रमणको निम्ता दिएका थिए । विमस्टेकको मन्त्रीस्तरीय बैठकमा सहभागी हुन एक महिनापछि स्वराज नेपाल आउने र त्यसलगत्तै देउवा दिल्ली जाने गरी तयारी अघि बढेको अधिकारीहरु बताउछन् । ‘तिथिबारे छलफल भइरहेको होला, यसमा अपडेट हुन पाएको छैन तर भ्रमण हुने विषय आइरहेकै छ,’ प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. दिनेश भट्टराईले अहिले नै भ्रमणको विषयमा बोल्न नसक्ने बताउदै भने, ‘सम्बन्ध विस्तारका लागि उच्चस्तरको राजनीतिक भ्रमण नराम्रो विषय होइन ।’ देउवाको भ्रमणलगत्तै भारतीय प्रधानमन्त्री मोदी, बिहारका मुख्यमन्त्री नीतिश कुमार र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको नेपाल भ्रमणबारे समेत छलफल भइरहेको छ । देउवाको भ्रमणका विषयमा भारतीय दूतावास र परराष्ट्र अधिकारीहरुबीच लगातार छलफल भइरहे पनि तिथि टुंगो लागेको छैन । पुरानो तयारीअनुसार अर्को साता प्रधानमन्त्री भारत पुग्नुपर्ने थियो । तर, राष्ट्रपति निर्वाचनका कारण त्यो तिथि सरेको हो । उनी अब तेस्रो चरणको निर्वाचनअघि भारत जानेछन् । अन्तिम समयमा सधैं चटारो हुने भन्दै प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री देउवाको दिल्ली यात्राको तयारी भने थालिसकेका छन् । परराष्ट्र, गृह, अर्थ, आपूर्ति, ऊर्जालगायत मन्त्रालयका कर्मचारीस्तरमा प्रधानमन्त्रीको यात्राका क्रममा राखिने विषयबारे छलफल भइरहेको छ । भ्रमणका एजेन्डा तय गर्न विभिन्न मन्त्रालयका सम्वन्धित शाखाले परराष्ट्रको दक्षिण एसिया महाशाखासँग पनि छलफल अघि बढाएका छन् । परियोजनाको प्रगति, नेपाल र भारतबीच भएका सहमति र सम्झौताको कार्यान्वयनलगायत विषयमा छलफल भइरहेको छ । तराईको विकासको कोशेढुंगा मानिएको हुलाकी राजमार्ग निर्माण थालनी, पहिलेका प्रतिबद्धतालगायत विषयमा छलफल भइरहेको छ । परराष्ट्र सचिव र राजदूतस्तरीय संयन्त्रले गरेको नियमित बैठकका प्रगति, प्रबुद्ध व्यक्ति समूहमा भइरहेको छलफल तथा विकास र राजनीतिक एजेन्डालगायत कुराकानी भइरहेको छ । स्रोतका अनुसार प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा खासै धेरै सम्झौतामा हस्तक्षर हुनेछैनन्, यसअघि भएका सम्झौता कार्यावन्यनमा जोड दिने तयारी छ । केही नयाँ सम्झौता हुने तर कुन विषयलाई अन्तिम रुप दिने भन्ने विषय अझै छलफलमै रहेको प्रधानमन्त्री कार्यालयस्रोतले जनायो । प्रधानमन्त्री न्युयोर्क जानुभन्दा अगावै भारत जाने गरी तयारी अघि बढिरहेको छ । असोज ३ मा संविधान दिवस मनाएर प्रधानमन्त्री न्युयोर्क जाने तयारी छ । करिब डेढ महिना पहिले चौथोपटक प्रधानमन्त्री बनेका देउवाको आगामी भारत भ्रमण नै पहिलो विदेश भ्रमण हुनेछ । देउवाले भारतजस्तो छिमेकलाई चिढ्याएर होइन, सहकार्य गरेर नै अघि बढ्नुपर्छ भन्ने मान्यतामा भ्रमणलगायत कार्यमा जोड दिएका छन् । प्रधानमन्त्रीले उठाउने विषयवस्तुबारे सम्बन्धित मन्त्रालयले प्राथमिकता क्षेत्र र यसअघि भएका सम्झौताका अवस्थाबारे प्रारम्भिक रिपोर्ट परराष्ट्रलाई दिनेछन् भने त्यसपछि प्रधानमन्त्रीको एजेन्डा तय हुनेछ । नाकाबन्दीपछि चिसिएको सम्बन्धमा पछिल्लो समय न्यानोपन आइरहेको छ । यसलाई अझ मजबुत बनाउनेतर्फ नै भ्रमणकेन्द्रित हुने बताइएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy