Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

सडकमा सरकारी धराप

\"\"काठमाडौं । कौशलटारस्थित सडकमा असार २ गते राति साढे १ बजे बा.१ज ५१३१ नम्बरको टाटा सुमो चिप्लिएर छेउको बारमा ठोकियो । चालक प्रताप लामाले सडकको बीचमा रहेको फलामे बारलाई जोगाउन खोज्दा गाडी किनारमा बजारिएको थियो । अाजको अन्नपूर्ण पोस्टमा खबर छ– दुर्घटनामा लामासहित चार जना घाइते भए । \'कम्तीमा फलामे बारमा रातो बत्ती वा टल्किने वस्तु भए गाडी हाँक्नेलाई सजिलो हुन्थ्यो\', लामाले भने, \'अँध्यारोमा गाडी हाँक्नेलाई यस्तो बारले धेरै झुक्याएको छ । दुर्घटनाको जोखिम पनि उत्तिकै बढाएको छ । यी फलामे बार धरापजस्तै लाग्छन् ।\' बालाजुका रमेश बलामी असार १५ गते बानेश्वरको एक रेस्टुराँमा काम सकेर घर फर्किंदै गर्दा बबरमहलस्थित फलामे बारमा ठोक्किए । मोटरसाइकलमा सवार बलामीले बिस्तारै हाँक्दा पनि अर्कोले ओभरटेक गरेपछि छल्न खोज्दा बारमा ठोक्किएको बताए । \'टुटेको बार थियो, पछाडिबाट हुइँकिएर मोटरसाइकल आएपछि छल्न खोज्दा दुर्घटनामा परें\', उनले भने, \'यस्ता बार व्यवस्थित तवरले राख्नुपर्‍यो, होइन भने नराखे पनि हुन्छ । यो त सरकारले नै धराप थापेजस्तै भयो ।\' त्यस्तै, गोंगबुस्थित सडकको बारमा असार ९ गते राति २ बजे मोटरसाइकल ठोक्किँदा बालाजु शेषमतीका सरोज महर्जन र पुरानो गुह्यश्वरीका सागर तामाङको मृत्यु भएको थियो । बार सडकछेउमा भए पनि कुनै संकेत नहुँदा महर्जन र तामाङ ठोक्किन पुगेको ट्राफिक प्रहरीको दाबी छ । माइतीघरबाट बबरमहल हुँदै बिजुलीबजार पुलसम्म तीन वर्षदेखि सडक विभागले बार राखेको छ । चालकलाई सवारी दिशा र लेन थाहा पाउन सजिलो होस् भन्ने हेतुले राखिएको फलामे बार अहिले चालककै लागि अभिशाप बनेको छ । काठमाडौं उपत्यकामा राखिएका यस्ता बारमा ठोक्किएर गत आर्थिक वर्षमा २९ वटा दुर्घटना भए । जसमा दुई जनाको मृत्यु, एक जना गम्भीर र २२ जना घाइते भए । चालकले तीव्र गतिमा सवारी साधन हाँक्दा भएका दुर्घटनामा पटक-पटक बार भाँचिएका छन् । बार भाँचिन्छ, फेरि राखिन्छ । कतिपय ठाउँमा भाँचिएपछि समयमै नयाँ बार राख्न नसक्दा सडकको सुन्दरतामै ह्रास आएको छ । विभाग र डिभिजन सडक कार्यालय १ ले ट्राफिक प्रहरीको गुनासोपछि मात्रै भाँचिएका ठाउँमा बार थप्दै आएका छन् । ट्राफिकको रेकर्डमा माइतीघर-बबरमहल सडकखण्ड दुर्घटनाको दृष्टिकोणले अत्यन्तै जोखिमपूर्ण मानिएको छ । समयमै बार मर्मत हुन नसक्दा झन् दुर्घटनाको जोखिम बढेको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख डीआईजी मिङ्मार लामा बताउँछन् । \'बारको आवश्यकता नै नभएको होइन तर व्यवस्थित हुनुपर्‍यो, बारको टुप्पोमा सिग्नल लाइट राख्नुपर्‍यो तब न चालकले राति पनि देख्छन् । अँध्यारोमा नदेखेर पनि दुर्घटना भएको छ\', डीआईजी लामा भन्छन्, \'दुर्घटनामा बार भाँचिन्छ तर पटक-पटक गुहारेपछि मात्रै विभागले नयाँ बनाइदिन्छ ।\' प्रारम्भमा विभागले उक्त फलामेबार राखे पनि अहिले त्यसको रेखदेख डिभिजन सडक कार्यालय १ ले गर्दै आएको छ । \'पहिला विभागले हेर्दै आएको थियो, अहिले हामीले हेरेका छौं\', कार्यालय प्रमुख मुकुन्दराज अधिकारी भन्छन्, \'त्यो फलामेबार राख्ने वा नराख्ने भन्ने विषयमा छलफल चलिरहेको छ । ट्राफिक प्रहरीले बार नहटाउन तर व्यवस्थित गर्न सुझाव दिएको छ । सडक विभागसँगको छलफलपछि केही दिनमै के गर्ने भन्ने निष्कर्षमा पुग्छौं ।\' बार समयमै मर्मत नहुँदा सवारीसाधन आवागमनमै समस्या उत्पन्न भएको उनको स्वीकारोक्ति छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending