Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

विप्लवका विद्यार्थीमा कमिशनको लफडा

\"\" काठमाडौं । ‘सानालाई ऐन र ठूलालाई चैन’ को सख्त विरोध गर्दै विप्लव माओवादी यतिबेला आफ्ना गतिविधि सञ्चालन गरिरहेको छ । उसले परिआए यो सामन्ती संस्कार भत्काउन सशस्त्र संघर्ष नै गर्ने चेतावनी दिइरहेको छ । तर, यिनै विप्लवको विद्यार्थी संगठनमा पहुँचवालालाई उन्मुक्ति दिएर निर्दोषलार्इ बलिको बोको बनाइएको घटना बाहिर आएको छ । साँघु साप्ताहिकमा खबर छ– घटना सरस्वती क्याम्पस, ठमेल र अमृत साइन्स क्याम्पससँग सम्बन्धित हो । यी दुवै क्याम्पसले केही महिनाअघि टेन्डरमा पर्खाल निर्माण गरेका थिए । सरस्वती क्याम्पसले ७० लाखमा र अस्कलले पनि लगभग यति नै रकमबराबरको वाल निर्माण ठेक्का अलग–अलग निर्माण कम्पनीलाई दिएको थियो । सबैलाई ज्ञात छ, यसरी कलेजमा हुने निर्माणको ठेक्कामा विद्यार्थी संगठनका नेताहरुले सीमित प्रतिशतको भाग खोज्ने गरेका छन् र निर्माणकर्ताले उनीहरुको माग अनुसार नै भाग दिने गरेका छन् । यी दुई क्याम्पसमा पनि विप्लवका विद्यार्थी संगठनसहित पाँच संगठनलाई टेन्डर पारेको निर्माण कम्पनीले १५ प्रतिशत छुट्याएको थियो । हो, यही रकमको विषयलाई लिएर अहिले विप्लवको विद्यार्थी संगठनमा असन्तुष्टि चुलिएको छ । सरस्वती कलेज अगाडिको वालको टेन्डरको कमिसनवापतको रकम लिन निर्माणकर्ताले विप्लवका विद्यार्थीलाई बोलाईरहेका छन् । रकम लिन आउलान कि भनेर उनी खल्तीमै रकम बोकेर हिँडेको स्रोतले बतायो । तर। विप्लवको पार्टीले ठेकेदारको खल्तीमा भएको रकम लिएको आरोपमा सरस्वती क्याम्पस इकाईका पूर्व अध्यक्ष कृष्ण सेवालाई पार्टीबाटै निलम्बन गरेको छ । उदेकलाग्दो कुरा त के छ भने सरस्वती क्याम्पसबाट मात्रै केही पाइलाको दूरीमा रहेको अमृत साइन्स क्याम्पसको वाल बनाएबापत प्राप्त अढाइ लाख पार्टीलाई नबुझाएर चप्काएका दुई पात्र भने पार्टीमा डुक्रिँदै हिँडेका छन् । विप्लवको विद्यार्थी नेता लोकेश विक र विनोद लुइँटेलले यसरी रकम लिएको आरोप छ । यसरी गलत काम गर्नेलाई आफन्त दिएकै कारण उन्मुक्ति दिएको र निरीह भएकै कारण निर्दोषलाई कारबाही गरिएको भन्दै विप्लवको विद्यार्थीभित्र यतिबेला असन्तुष्टि चर्किएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending