Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

३५ वर्षको उमेरमा १८ औं पटक सुत्केरी

\"\"बैतडी । नगरपालिका भएर पनि विकासका कुनै कार्यक्रम पुग्न सकेका छैनन् यो ठाउँमा, विपन्नतामा बाँचेको परिवारले देवकी त्रिवालाई कलम समात्ने अवसरसम्म दिन सकेन । १५ वर्षमै विवाह र महिना दिनमै गर्भवती बन्नु नियमजस्तै बने उनका लागि । देवकीले बर्सेनि जन्माएका शिशुहरूको निसास्सिएर र कठ्यांग्रिएर ज्यान गयो । कतिपय कुपोषणको सिकार भए । लगातार १५ शिशुको ज्यान जाँदा पनि देवकीले फेरि गर्भवती हुनुपर्‍यो । १६ औं पटकमा जन्मिएकी छोरी बाँचिन् तर परिवार खुसी भएन । अाजको अन्नपूर्ण पोस्टमा खबर छ– १७ औं पटकमा बल्ल छोरा जन्मियो । परिवारमा खुसी छायो । अझै छोराको चाहना मरिसकेको थिएन तर अठारौं पटक फेरि छोरी नै जन्मिइन् । जुन स्याहार, हेरचाह र खाना देवकीलाई छोरा जन्माउँदा मिलेको थियो, छोरीको पालामा त्यो मिलेन । \'मलाई बाँचुन्जेल यस्तै यातना सहन लेखेको रहेछ । म मरेपछि श्रीमान्ले अर्की ल्याइहाल्छन्, कसलाई के को पीर छ र !\' देवकीको आक्रोश र रोदन मिश्रित भनाइबाट उहाँको सुत्केरी जीवन सहज छैन भन्ने अनुमान सहजै लगाउन सकिन्छ । देउता खुसी पार्न यातना कलिलै उमेरमा विवाह र निरन्तर गर्भवती हुनुको पीडा खपिसाध्य छैन । त्यसमाथि देउता खुसी पार्ने नाममा दिइने यातनाले देवकी शारीरिक र मानसिक रूपमा कमजोर बन्दै छिन् । सुत्केरी भएको चार दिनमा उनलाई गोठको कुनाबाट घरको कुनामा सारिन्छ । गर्भवती भएको ६ महिनादेखि बच्चा पाएको २२ दिनसम्म उनलाई परिवारका कुनै सदस्यले छुँदैनन् । भुटेको भात खान पाउनुलाई पनि भाग्यमानी सम्झिनुपर्छ । पीडाका बेला आफ्ना मान्छे झन् टाढा हुँदा देवकीको मन भक्कानिन्छ । ३५ वर्षमा १८ पटक सुत्केरी भएकी देवकीको आँखा नरसाएका दिन छैनन् । गर्भवती र सुत्केरीलाई देवीदेवताको मन्दिर भएको बाटो नै हिँड्न दिँदैनन् स्थानीय । त्यो पीडा देवकीले निरन्तर भोग्नुपरेकै छ किनकि धेरैजसो स्वास्थ्य संस्थासमेत देवीदेवताकै आसपास छन् । गर्भवती होस् या सुत्केरी, पर्याप्त पोषिलो र तागतिलो खाना खानुपर्छ । त्यसले आमा र बच्चा दुवैको जीवन स्वस्थ बनाउँछ । तर, देवकीलाई दूध, दही, हरियो सागसब्जी, फलफूल, गेडागुडीको झोलजस्ता पोषिलो खाना दिइँदैन । \'बच्चा मरेको मर्‍यै भए । अस्पताल जाँदा पनि केही भएन । वैद्यकहाँ धाउँदाधाउँदा बल्ल एउटा छोरो जन्मियो । आमालाई दूध-दही, हरियो-परियो दियो भने त्यो पनि मर्छ\', पति घनश्यामले भने, \'पाप हुने काम गर्नुहुन्न । यो हाम्रो समाजको नियम हो ।\' देवकीजस्तै सुदूरपश्चिमका अधिकांश सुत्केरीले देउता खुसी पार्ने नाममा यस्तो यातनामा बाँच्नुपरेको छ । धेरै सुत्केरी र नवजात शिशुको ज्यान जाने गरेको छ । \'म धन्न बाँचेको छु । मेरा धेरै छिमेकी यस्तो बेला मरेका छन् । बच्चा त कति खेर जान्छन् कति,\' देवकीले भनिन् । देवकीको भनाइमा सत्यता भएको बैतडी जिल्ला अस्पतालका प्रमुख एवं सुत्केरी रोग विशेषज्ञ डा. गुणराज अवस्थी बताउछन् । \'सुत्केरीलाई श्रीमान्ले समेत छुन्नन् । जतिबेला सबैभन्दा धेरै माया र हेरचाह गर्नुपर्ने हो, त्यतिबेलै सुत्केरीसँग टाढा भाग्छन् उनीहरू । त्यस्ता मानिससँग कैयौंपटक मेरो झगडा नै परेको छ\', डा. अवस्थीले भने, \'हाम्रा स्वास्थ्यकर्मी एक्लै हुन्छन् । परिवारका सदस्यले बच्चा र सुत्केरीलाई छुन नमान्दा बच्चालाई न्यानो लुगा लगाउँदा, सफा गर्दा, आमाको दूध खुवाउँदा सहयोग गर्ने कोही हुन्नन् ।\' छोरी हुँदा झनै यातना बैतडीकै श्रीकोटकी पार्वती ठगुन्ना छोराका लागि २७ वर्षको उमेरमा १० पटकसम्म गर्भवती बनिसकेकी छिन् । छोरी मात्रै जन्माउँदा परिवारले आफूलाई दूधसमेत खुवाउन नदिएको ठगुन्नाको गुनासो छ । सुत्केरी हुँदा कैयौं रात भोकै बस्नुपरेको र राम्रो सुत्ने ठाउँ नहुँदा बिरामी परेको उनको भनाइ छ । गर्भवती भएको ६ महिनापछि उहाँले छोएको पानी परिवारलाई चल्दैन । घन्टौं एक्लै छट्पटाएर पार्वतीले छोरीहरूलाई जन्माएकी छिन् । \'गर्भवती र सुत्केरी हुँदा हीनताबोध हुन्छ परिवारको व्यवहारले । कहिलेकाहीँ त भीरबाट फालहालुँजस्तो लाग्छ,\' पार्वतीले भनिन् । स्वास्थ्यकर्मीमाथि पनि विभेद सुत्केरीलाई छुनुपर्ने डरले अधिकांश परिवार \'बर्थिङ सेन्टर\' सम्म पनि लैजाँदैनन् । लग्नैपर्ने भयो भने स्वास्थ्यकर्मीको जिम्मा लगाएर कुलेलम ठोक्छन् । कतिपयले त अस्पतालमा बच्चा जन्माउन सहयोग गर्ने स्वास्थ्यकर्मीलाई सम्म छुँदैनन् । जिल्लाको महाकाली स्वास्थ्यचौकी इन्चार्ज पूर्णबहादुर बरालीले सधैँजसो छुवाछुतको सामना गर्नुपरेको छ । \'व्यथा लागेपछि गर्भवती एक्लै झोला बोकेर अस्पताल आउँछन्, त्यो पनि घन्टौं हिँडेर, सुत्केरीलाई छुनुपर्छ भन्ने डरले परिवारका कोही पनि आउँदैनन् । घर जाँदा पनि बच्चा, झोला सबै बोकेर कमजोर बनेकी सुत्केरीलाई एक्लै पठाउँदा हामीलाई नराम्रो लाग्छ ।\' भयमा महिला सुत्केरी भएपछि पाउने यातनाले आजित भए पनि यहाँका महिला त्यसको विरोधमा उत्रिन सक्दैनन् । विरोध गर्‍यो भने उल्टै परिवारबाट निकालिने, अपहेलित हुने वा श्रीमानले अर्को विवाह गर्ने भय उनीहरूमा छ । देवकी आफूमाथिको विभेदविरुद्ध उभिन नसक्ने बताउँछिन् । \'सबैले देउता रिसाउँछन् भनेको सुन्दा आफूलाई पनि त्यस्तै हो कि झैं लाग्छ\', देवकी भन्छिन् । स्थानीय महिला अधिकारकर्मी देवु ठगुन्नाले यस्तो यातना महिला आफैँलाई सहने बानी पर्दा अन्त्य हुन नसकेको बताइन् । \'यहाँ हरेक घरका एक जना सदस्य धामी हुने चलन छ । गर्भवती वा सुत्केरीमाथि हुने विभेदविरुद्ध तिनै महिला बोल्न सक्दैनन् । चुप बस्नुपर्ने बाध्यता छ उनीहरूको,\' देवुले भनिन् । चेतना अभाव सुदूरपश्चिममा अधिकांश जिल्लामा स्वास्थ्य, शिक्षालगायत क्षेत्रमा सरकारी र गैरसरकारी संस्थाका दर्जन बढी चेतनामूलक कार्यक्रम सञ्चालित छन् । ती कार्यक्रमको पहुँचमा यस्ता परिवार पुग्न सकेका छैनन् । डा. अवस्थी दीर्घकालीन प्रभाव पार्ने गरी कार्यक्रम सञ्चालन हुन नसक्दा र विद्यालय तहमा प्रजनन स्वास्थ्यबारे अध्ययन नहुँदा यस्तो यातना कायम रहेको बताउँछन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending