बुधबारसम्म सरकार विस्तारको तयारी : राप्रपा र फोरम तत्काल सहभागी नहुने
श्रावण ३ गते, २०७४ मगलवार 18th July, 2017 Tue०६:४१:५३ मा प्रकाशित
काठमाडौं । सत्तारुढ कांग्रेस र माओवादी केन्द्र सरकार विस्तारमा ढिलाइ नगर्ने सहमतिमा पुगेका छन् । मन्त्री सिफारिसका लागि बनेको दुईदलीय कार्यदलबीच एक–दुई दिनभित्रै सरकार विस्तार गर्ने सहमति भएको छ । ‘कार्यदलमा सकारात्मक कुराकानी भएको छ,’ कार्यदलका कांग्रेस सदस्य रमेश लेखकले भने, ‘अब मंगलबार नै मन्त्रीको टुंगो लगाएर बुधबारसम्म सरकार विस्तार गर्न सकिन्छ भन्ने सहमतिमा पुगेका छौँ ।’
अाजको नयाँ पत्रिकामा खबर छ– माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सोमबार बिहान कांग्रेस नेता विमलेन्द्र निधिले भेटेपछि बेलुका दुईदलीय कार्यदलको बैठक सिंहदरबारमा बसेको थियो । सोही बैठकले टुंगो लाग्न बाँकी मन्त्रालयमा दलीय भागबन्डा मंगलबार नै मिलाएर बुधबारसम्म सरकार विस्तार गर्नेमा सहमति जनाएको नेता लेखकको भनाइ छ ।
उनका अनुसार मंगलबार बिहानैबाट कार्यदल बैठक बस्ने र दिउँसोसम्म मन्त्रालय बाँडफाँड गर्नेछन् । त्यसपछि दलका भागमा परेका मन्त्रालयमा पार्टीहरूले मन्त्री टुंगो लगाउनेछन् । कांग्रेसबाट विमलेन्द्र निधि, रमेश लेखक र माओवादीबाट कृष्णबहादुर महरा र वर्षमान पुन सम्मिलित कार्यदलको बैठक सोमबार बेलुका झन्डै दुई घन्टा चलेको थियो ।
माओवादी प्रवक्ता पम्फा भुसालले पनि ढिलोमा बुधबार सरकार विस्तार हुने बताइन् । ‘हाम्रो दलमा समस्या छैन । अब कांग्रेसभित्रको समस्या मिलेपछि दुई दिनमा विस्तार हुन्छ,’ उनले भनिन्, ‘सके मंगलबार नै नभए अब ढिलोमा बुधबार सरकार विस्तार गर्छौं ।’
कांग्रेसभित्रै मिल्न गाह्रो
प्रधानमन्त्री देउवासँग १२ मध्येबाट तीन, नेता रामचन्द्र पौडेल पक्षलाई चार, कृष्णप्रसाद सिटौला र खुमबहादुर पक्षलाई एक–एकजना मन्त्री बनाउनुपर्ने अवस्था छ । यस्तोमा देउवालाई पार्टीबाटै मन्त्री छान्न सकस छ । पौडेल पक्षले भौतिक पूर्वाधारसहितका प्रभावशाली मन्त्रालयमा दाबी गरिरहेको छ । तर, देउवाले मन्त्रालयबारे छलफल नै नगरेको भन्दै नेता पौडेलले आइतबार फेसबुकमा स्टाटस लेखेरै विरोध जनाए । केही नेतालाई पुनः मन्त्री बनाउन दबाब आएपछि प्रधानमन्त्री देउवा यसपटक कसैलाई पनि नदोहो¥याउने पक्षमा पुगेका छन् ।
प्रचण्डसँग निधिको छलफल
माओवादी अध्यक्ष प्रचण्डसँग कांग्रेस नेता विमलेन्द्र निधिले भेट गरेका छन् । प्रचण्ड स्वदेश फर्किएपछि सोमबार बिहान लाजिम्पाटमा भएको भेटमा दुई दिनभित्रै सरकार विस्तार गर्ने, संविधान संशोधन गर्ने, निर्वाचन क्षेत्र निर्धारण आयोग गठनसहितका विषयमा छलफल भएको हो । बिहीबारको मन्त्रिपरिषद् बैठकले क्षेत्र निर्धारण आयोग गठन गर्ने सहमति भएको जानकारी कांग्रेस नेता निधिले दिए ।
राप्रपा र फोरम तत्काल सहभागी नहुने
राप्रपा र संघीय समाजवादी फोरम तत्काल सरकारमा सहभागी हुने अवस्था छैन । राप्रपा फुटको सँघारमा पुगेको र फोरम स्थानीय तहको तेस्रो चरणको निर्वाचनअघि सरकारमा सहभागी नहुने भएको छ । यस्तोमा कांग्रेसले १२ र माओवादीले आठ मन्त्रालय लिने भएका छन् । राप्रपालाई दिने मन्त्रालय प्रधानमन्त्रीसँगै रहनेछन् । राप्रपालाई चार र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमलाई तीनवटा मन्त्रालय दिने तयारी सत्तारुढ दुई दलको छ । लोकतान्त्रिक फोरम सरकारमा सहभागी भइसकेको छ ।
देउवा प्रधानमन्त्री बनेलगत्तै सात मन्त्री चयन गरे पनि अझै २३ मन्त्रालय मन्त्रीविहीन छन् । टुंगो लाग्न बाँकी मन्त्रालयमा सञ्चार, भौतिक पूर्वाधार, वन कांग्रेसले लिने र ऊर्जा, स्वास्थ्य माओवादीले लिनेमा करिब–करिब टुंगो लागेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: