Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

चुनावअघि नयाँ शक्ति र फोरमबीच एकता हुने, उपेन्द्र यादव अध्यक्ष !

\"\"काठमाडाैं । उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरम नेपाल र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबीच चुनावअघि एकीकरण हुने भएको छ । दुई चरणमा भएको स्थानीय तहको निर्वाचनमा एउटै चिह्नमा चुनाव लडेका यी दुवै पार्टी आगामी असोज २ गते हुने स्थानीय तहको चुनावअघि नै एकीकरण हुने सो दलमा आबद्ध नेताहरूले बताएका छन् । अाजको गोरखापत्रमा खबर छ– यस विषयमा शीर्ष तहमा छलफल भइरहेको छ । स्थानीय तहको चुनावमा अपेक्षाकृत परिणाम ल्याउन नसकेका दुवै पार्टीले एकीकरण गरेर नै जानुपर्ने निष्कर्ष निकालेको नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्य रामकुमार शर्माले बताए । उनले भने, ‘यी दुई पार्टी वैकल्पिक शक्ति हुन् । यी दुई दल मिले मात्र परिवर्तन सम्भव भएकाले एकीकरणका लागि गृहकार्य भइरहेको छ । ’ दुवै पार्टीको केन्द्रीय समितिको बैठकले एकीकरणको विषय टुङ्गो लगाउने भएको छ । नयाँ शक्तिको केन्द्रीय समितिको बैठक साउन ९ र १० तथा फोरम नेपालको केन्द्रीय समितिको बैठक ११ र १२ गते बस्ने भएको छ । सोही बैठकबाट एकीकरण कहिले गर्ने विषयमा निर्णय गर्ने नेता शर्माले बताउनुभयो । आइतबार मात्र सकिएको फोरम नेपालको राजनीतिक समितिको बैठकमा पनि दुई दलबीच एकीकरणको विषयमा छलफल भएको थियो । एकीकरणको कुरा धेरै दिनदेखि थाती रहेको हुनाले यसलाई चाँडै टुङ्गो लगाउनुपर्ने पार्टीका अध्यक्ष उपेन्द्र यादवले बैठकमा राखेका थिए । नयाँ शक्ति नेपालबाहेक अन्य दलहरूसँग पनि एकीकरणको कुरा भइरहेको पनि बैठकमा उनले जानकारी दिए । राजनीतिक समितिका सदस्य विजय यादवले नयाँ शक्तिसँग धेरै पहिलादेखि एकीकरणको कुरा चलिरहेको र अब यसलाई कुनै टुङ्गो लगाउनुपर्ने बताए । स्रोतका अनुसार नयाँ शक्ति नेपालका संयोजक डा. भट्टराईले फोरम नेपालका अध्यक्ष यादवलाई अध्यक्ष स्वीकार गरिसकेका छन्, तर पार्टीलाई कुन प्रक्रियाबाट सञ्चालन गर्ने विषयमा छलफल भइरहेको बताइएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending