Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

छाउगोठकी किशोरी भन्छिन्: 'छाउ भन्या पाप हो र ?'

\"\"दैलेख । घरभन्दा टाढा रहेको सानो कटेरो । न ढोका छ, न राम्रोसँग बारेको । वर्षात्को पानी छेक्न माथिबाट केवल टिनको पाताले छोपिएको छ । वरिपरि पुराना बोरा झुन्ड्याएर भित्ता बनाइएको छ । ती भित्तारूपी बोराले न हावा छेक्छन्, न पानी नै ! खोलाको किनारमा रहेको यही कटेरो अर्थात् (छाउगोठमा) मृत्युसँग सम्झौता गर्दै १४ वर्षीया कृष्णकला विक रात बिताउन बाध्य छिन् । अाजको अन्नपूर्ण पोस्टमा खबर छ– महिनावारी भएकी दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका लैनचौर निवासी कृष्णकलालाई परिवारले घरभित्र सुत्न नदिएपछि ज्यानको बाजी नै थापेर उनी छाउगोठमा सुत्न बाध्य भएकी हुन् । केही दिनपहिले मात्र गाउँकै तुल्सी शाहीको छाउगोठमै सर्पले टोक्दा ज्यान गएको थियो । आफ्नै दौंतरीको छाउगोठमा ज्यान गुमेको देखेकी कृष्णकलालाई छाउगोठमा सुत्न पटक्कै मन छैन । तैपनि, सामाजिक त्रास र परिवारको दबाबका कारण उनलाई छाउगोठमा रात बिताउन बाध्य पारिएको छ । मलिन अनुहार, त्रसित मानसिकता र पीडाले थलिएको अवस्थामा छाउगोठमा भेटिएकी कृष्णकलाले भनिन्, \'मैले के अपराध गरें र ? यो सजाय भोग्दै छु । छाउगोठमा सुत्न डर लाग्छ तर घरभित्र सुत्नै दिँदैनन् ।\'चिसो भुइँमा ओछ्याइएको बोरामाथि रात कटाउँदै आएकी उनले भनिन्, \'मर्न त डर लाग्छ नि, अरू केही हुने पो हो कि ? \' संयोगले उनी छाउगोठमै थिइन् । क्यामेराका लेन्स तेस्र्याउनै लाग्दा केही तर्सिएकी उनी पछि भने अलि सहज भइन् । उनी \'पाखा सरेको\' तेस्रो दिनमा हामीले त्यही छाउगोठअगाडि पाइला टेकेका थियौं । अहिलेसम्म चार पटकसम्म उनले त्यही छाउगोठमा बिताइसकेकी छिन् ।महिनावारी भएको दोस्रो रात उनलाई छाउगोठमै किराले टोकेपछि परिवारमा रुवाबासी नै चल्यो । सर्पले टोकेको ठानेर आफन्तले उपचारका लागि हारगुहार नै गरे । पछि थाहा भयो, उनलाई अर्कै किराले टोकेको रहेछ । \'म त यसपालि भाग्यले बाँचे, सर्पले टोकेको भए जीवन नै सकिने थियो\', कृष्णकलाले भनिन्, \'घरभित्र सुत्दा देउता बिग्रिन्छन् रे, गाई भैंसीले पनि दूध दिँदैन भन्छन् । आमाबालाई मभन्दा भैंसी प्यारो भयो, पाप गरेजस्तै सजाय दिइएको छ, छाउ भएँ त पाप ग¥या हो र? \' छाउगोठमा दुईजना किशोरीको ज्यान गएपछि स्थानीय महिला र किशोरीहरू त्रसित बनेका छन् । तर, सामाजिक बहिष्कारमा पर्ने डर र \'देउता रिसाउने\' त्रासका कारण महिलालाई छाउगोठमै सुत्न बाध्य बनाइएको छ । अँध्यारो रातमा छाउगोठमा एक्लै सुत्न डर लाग्ने गरेको भन्दै कृष्णकलाले आफूहरूको ज्यानै धरापमा रहेको सुनाइन् । बाहिर सुत्न डर लाग्ने गरेको बताउँदै उनले भनिन्, \'मलाई पनि बाँच्ने रहर छ, छाउगोठमा कतिबेला के हुने हो ? थाहा नै छैन, अब त घरभित्रै सुत्ने चलन आए पनि हुन्थ्यो ।\' कक्षा १० सम्म अध्ययन गरेकी उनलाई महिनावारी सामान्य प्रक्रिया हो भन्ने थाहा छ । तैपनि, परिवारका अन्य महिला सदस्यजस्तै उनस् पनि छाउगोठमा सुतेको चार पटक भइसकेको छ । उनी भन्छिन्, \'देउताको नाममा महिनावारी बार्न लगाएका छन् तर देउताले पनि न्याय देलान्जस्तो छैन । मृत्युसँग सम्झौता गरेर कहिलेसम्म गोठमा सुत्ने, हामीलाई अब न्याय कसले दिन्छ ? \'छाउगोठमा सुतेकी छोरीलाई मध्यरातमा किराले टोकेपछि आमा निमा विकले छिमेकीसँग उपचारका लागि हारगुहार नै गरिन् । छोरीले पुनर्जन्म पाएको भन्दै निमाले भनिन्, \'पहिलेबाटै चलेको संस्कार हो, हामी पनि छाउगोठमै सुत्दै आएका छौं । महिनावारीका बेला घरभित्र पस्दा अनर्थ हुन्छ, छोइछाइ भए घरभित्र पनि सर्प आउँछन् ।\' आफ्नो घर मन्दिर नजिक रहेको र लसपस हुँदा देउता रिसाउने भएकाले छोरीलाई घरभित्र सुत्न नदिएको उनको भनाइ छ । \'घरभित्र सुत्न मिल्दैन, यो छाउगोठमा छोरी असुरक्षित भई\', उनले भनिन्, \'पाँच दिनसम्म बार्नुपर्छ, यहाँ त सुताउँदिन । अब छिमेकीको घरमा सुत्न पठाउँछु, उनीहरू क्रिस्चियन धर्म मान्ने भएकाले महिनावारी बार्र्दैनन् ।\' छाउगोठमा सुत्दा असुरक्षित भएको र ज्यानै गुमेका घटनाले पीडित परिवारमा छाउपडी कुप्रथा हो भन्ने लाग्न थालेको छ । तर, आफूहरूले छाउगोठ अवज्ञा गर्दा समाजले बहिष्कार गर्ने त्रासका कारण पनि उनीहरू महिनावारीका बेला महिलालाई घरभित्र सुताउने आँट गर्दैनन् । निमाले भनिन्, \'छोरीभन्दा भैंसी त ठूलो होइन, देउताले पनि न्याय देलान्जस्तो लागेन । म त घरभित्रै सुताउने थिएँ, छाउ नबार्दा समाजले हामीलाई नै बहिष्कार गर्छ ।\' एक/दुई जनाले मात्र सम्भव नहुने भन्दै उनले आफूहरूले चाहेर पनि छाउगोठ हटाउन सक्ने अवस्था नरहेको उल्लेख गरिन् । जिल्लाको पश्चिम क्षेत्रमा अहिले पनि छाउपडीको कुप्रथा कायमै छ । अन्धविश्वासका कारण यहाँ महिनावारीको समयमा महिलालाई घरदेखि टाढा रहेको छाउगोठमा सुताउने गरिन्छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy