Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

राप्रपा विवाद : राणा र चन्दसहित सात सदस्यद्वारा बैठक बहिष्कार

\"\"काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दोस्रो केन्द्रीय समितिका एजेन्डा तय गर्न बोलाएको कार्यसम्पादन समिति बैठक वरिष्ठ नेता पशुपतिशमशेर राणासहित सात सदस्यले बहिष्कार गरेका छन् । अध्यक्ष थापाले एकलौटी रूपमा ४२ केन्द्रीय सदस्य मनोनयन गरेको भन्दै असन्तुष्ट राणापक्षीय नेताहरू कार्यसम्पादन समिति बैठकमा सहभागी भएनन् । अाजको नयाँ पत्रिकामा खबर छ– अनुपस्थित नेताहरूले बुधबारबाट सुरु हुने केन्द्रीय कार्यसमिति बैठक पनि बहिष्कार गर्ने तयारी गरिरहेको बताइन्छ । क–कसले गरे बहिष्कार ? कार्यसम्पादन समिति बैठक बहिष्कार गर्नेमा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, नेपालगन्ज उपमहानगरका मेयर डा. धवलशमशेर राणासम्म छन् । पार्टीमा चन्द वरिष्ठ नेता र मेयर राणा महामन्त्री हुन् । त्यस्तै, कार्यसम्पादन समिति सदस्यहरू हरिबहादुर बस्नेत, नवराज सुवेदी, बालाराम घर्तीमगर र हेमजंग गुरुङ गरी सात सदस्य अनुपस्थित भएको धुम्बाराही स्रोतले बतायो । राप्रपाको कार्यसम्पादन समिति १७ सदस्यीय छ । बहिष्कार गर्नेमा सबै राणापक्षीय नेता छन् । आफ्ना बाबु वरिष्ठ नेता चन्द बैठकमा अनुपस्थित रहे पनि राप्रपा महामन्त्री जयन्त चन्द भने सहभागी भए । पार्टीको सचिवालय हेर्ने महामन्त्री चन्दले बैठकमा भावी कार्ययोजना र सचिवालयसम्बन्धी प्रतिवेदन पेस गरेका थिए । केन्द्रीय समिति बैठक पनि बहिष्कार गर्ने पदाधिकारी र कार्यसम्पादन समिति बैठक बहिष्कार गरेका नेता पशुपतिशमशेर राणाले बुधबारबाट सुरु हुने केन्द्रीय समिति बैठक पनि बहिष्कार गर्ने भएका छन् । ‘अध्यक्षले पार्टी एकीकरणको मूल मर्म लत्याउँदै एकलौटी निर्णय गर्दै हिँड्ने, त्यसको साक्षी बस्न केन्द्रीय समिति बैठकमा उपस्थित हुनुको औचित्य छैन,’ राणाले नयाँ पत्रिकासँग भने ‘म उपस्थित हुन्न ।’ राणा अनुपस्थित हुने भएपछि उनी पक्षीय नेताहरू पनि नजाने भएका छन् । स्रोतका अनुसार राणाले आफूपक्षीय केन्द्रीय सदस्यहरूलाई टेलिफोन गरी अनुपस्थित हुन आग्रह गरिरहेका छन् । एकता महाधिवेशनपछि राप्रपाको केन्द्रीय कार्यसमितिको दोस्रो बैठक बुधबारबाट काठमाडौंमा सुरु हुँदै छ । तीन दिनसम्म चल्ने बैठकले पार्टीको आगामी कार्यदिशा तय गर्ने सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । के–के तय भए केन्द्रीय समितिका एजेन्डा ? राणा पक्षीय नेताहरू अनुपस्थित कार्यसम्पादन समिति बैठकले बहुमतले अध्यक्ष कमल थापाको राजनीतिक प्रतिवेदन पारित गरेको छ । सो प्रतिवेदन बुधबारदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकमा पेस हुनेछ । बैठकमा अध्यक्ष कमल थापाले राजनीतिक प्रतिवेदन, कोषाध्यक्ष उद्धव पौडेलले आर्थिक प्रतिवेदन, महामन्त्री जयन्त चन्दले भावी कार्ययोजना र सचिवालयसम्बन्धी प्रतिवेदन र अर्का महामन्त्री धु्रवबहादुर प्रधानले स्थानीय तहको निर्वाचनको समीक्षासम्बन्धी प्रतिवेदन पेस गरेको उपाध्यक्ष बुद्धिमान तामाङले जानकारी दिए । सबै प्रतिवेदन सर्वसम्मतिबाट पारित गरी केन्द्रीय कार्यसमितिको एजेन्डा बनाएर पेस गर्ने निर्णय बैठकले गरेको उपाध्यक्ष तामाङले बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy