श्रावण ४ गते, २०७४ बुधवार 19th July, 2017 Wed०७:३४:०१ मा प्रकाशित
काठमाडौं । सरकारले महोत्तरीको बिजलपुरादेखि जनकपुर हुँदै भारतको जयनगर (बिहार) सम्म रेल्वे सेवा सञ्चालनका लागि ब्रोडगेज रेलको इन्जिन (लोकोम्याटिभ) र डब्बा खरिदको प्रारम्भिक प्रक्रिया सुरु गरेको छ । यसका लागि रेल्वे विभागले सरकारसंग तीन अर्ब रुपैयाँ माग गरेको छ ।
अाजको कान्तिपुरमा खबर छ– रेलवे विभागका सिनियर डिभिजन इन्जिनियर प्रकाश उपाध्यायका अनुसार पहिलो चरणमा यात्रुवहाक र मालवहाक रेलका दुई/दुई वटा इन्जिन र १८ वटा डब्बा खरिदका लागि तीन अर्ब रुपैयाँ आवश्यक पर्नेछ । ‘हामीले अनुमानित लागत तयार गरी सरकारसंग (भौतिक पूर्वाधार तथा यातायात्र मन्त्रालय) रकम माग गरेका छौ,’ उनले भने ।
विभागले इन्जिन र डिब्बा ल्याई उक्त खण्डमा रेल सेवा सुरु गर्ने महत्वाकांक्षी योजना अघि सारेको छ । भारत सरकारको सहयोगमा निर्माणाधीन बर्दिवास–जनकपुर–जयनगर (६९ किलोमिटर )रेलवेको बिजुलपुरा–जनकपुर–जयनगर (५२ किलोमिटर) खण्डको निर्माण कार्य आगामी फागनुसम्ममा सम्पन्न गर्ने लक्ष्य छ । रेल्वे निर्माणको स्थलगत अवलोकनपछि असारको दोस्रो साता संसदको विकास समितिले रेलवे निर्माणको काम सकिनु अगावै सेवा सञ्चालनका लागि आवश्यक पर्ने रेलको इन्जिन र डब्बाको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको थियो ।
भारतीय सरकारको लगानीमा भारतीय कम्पनिले रेलवे निर्माणको काम गरिरहेको भए पनि रेलको इन्जिन, डब्बालगायतका सामग्रि जुटाउने र रेलवे सेवा सञ्चालन गर्ने दायित्व नेपाल सरकारको हो । रेलवे सेवा सञ्चालन आवश्यक संयन्त्र निर्माणसहितका बृहत कामका लागि भने सरकारले अझै गृहकार्य गरेको छैन ।
पहिलो चरणमा यात्रुवहाक रेलका दुईवटा इन्जिनमा ६/६ वटा डब्बा जोड्ने प्रस्ताव गरेको रेलवे विभागले मालवहाक इन्जिनमा कन्टेनर र अन्य सामाज बोक्न मिल्ने १२ वटा डब्बा खरिदको प्रस्ताव गरेको छ । रेल्वे सञ्चालनमा आएपछि विस्तार हुने यात्रु र व्यापारको चाप अनुसार ती इन्जिनमा थप डब्बा जोड्न सकिन्छ ।
मुअब्जा विवाद समाधानमा भएको ढिलाइका कारण बर्दिवास–बिजलपुरा खण्डको काम सुरु नभए पनि बिजुलपुरा–जनकपुर–जयनगर खण्डमा माटोको काम (रेल कुद्ने बाटो निर्माण) पूरा भई लिक राख्ने स्लीपर जडान गर्ने काम भइरहेको छ । निर्माणाधिन रेल्वेमध्ये ३ किलोमिटर मात्रै भारतीय भूमिमा पर्छ ।
नेपालमा ‘सिंगल गेज’ को रेलवे सञ्चालनको इतिहास भए पनि ‘ब्रोडगेज’ को रेल कुदाउने यो पहिलो प्रयास हो । ‘सिंगल गेज’ मा बिजुलपुरा–जनकपुर–जयनगर र अमलेखञ्ज–वीरगञ्ज–रक्सौलको यात्रुवहाक रेल सेवा इतिहासमा सिमित छ भने नेपालमा एक किलोमिटर भन्दा कम दुरीको मालवहाक रेलवे (वीरगञ्ज– रक्सौल) मा मात्रै सञ्चालनमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: