Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

महामारी रोक्न देउतालाई भाकल

जाजरकोट, यहाँको एक गाउँका स्थानीयले जिल्लाका अन्य ठाउँमा फैलिएको महामारी आफ्नो गाउँमा नफैलियोस भनेर देउतालाई बोकाको भाकल गरेका छन् । आईतबार दिउसो जिल्लाको खगेनकोट गाविसका स्थानीयहरु हल्चौरमा जम्मा भई स्थानीय मष्टादेउतालाई बोको भाकल गरेको स्थानीय नारायण खत्रीले जानकारी दिए । यो ठाउँ प्राथमिक स्वास्थ्य चौकी दल्लीवाट ४ घण्टाको दुरीमा रहेको छ । मष्टदेवताका धामी हर्कवहादुर खत्री, भयार देवताका धामी तिलक खत्री, मन्डली भयारका धामी वमवहादुर खत्रीले कुनै हालतमा आप्नो गाउँमा यो जिल्लाको पैंक, अर्छानी लगायतका गाविसमा फैलिएको महामारी फैलिन नदिने दाबी गरेको खत्रीले बताए । देवताले महामारी रोकेबापत एक वटा बोको वली खाने बताएका छन् । बोको वलीको भाकलमास्थानीय शिक्षकदेखि राजनैतिक दलका नेता कार्यकर्तासम्म पुगेका थिए । दैनिक यसरी जाजरकोटमा गाउँमा धामीझाक्रीको भरमा पर्दा समयमा उपचार नपाई सार्वसाधारणको मृत्यू हुने गरेको छ । यहाँ महामारी फैलिएको गाउँमा धामीझाक्रीको भर पर्दा स्वास्थ्य संस्थासम्म नआएको स्थानीय बुद्धिजीविले बताए । अर्छानी गाविसवाट सुरु भएको यो महामारी जन्य रोग अहिले जिल्लाका ९ गाविसमा फैलिएको छ । अर्छानीमा विद्यार्थीहरु बिरामी हुँदा धामीझाक्रीको प्रयोग गरिएको स्थानीयले बताएका छन् । स्वास्थ्य सेवा लिनुभन्दा पहिले धामीझक्रीलाई देखाउने चलन रहेको सर्वसाधारणहरु बताउँछन् । अन्तिम समयमा मात्र स्वास्थ्य संस्थामा ल्याउँदा बचाउन नै समस्या हुने गरेको स्वास्थ्यकर्मीहरुको भनाई छ । जिल्लाको नायकवाडामा पनि फैलिएको रोगका कारण सयौ गाउँलेहरु बिरामी भएपछि मैनामा रहेको राँगावाँचिलाको देउतालाई नै बोकाको भाकल गरिएको थियो । एकातिर ओषधीको समेत अभाव र अर्कोतिर चेतनाको कमीले स्वास्थ्य संस्थाभन्दा धामीझाक्रीको भरपर्दा यहाँका दुरदराजका स्थानीयहरुको जीवन बचाउन नसकिएको हो । पायकपर्ने ठाउँमा स्वास्थ्य चाैकी छैनन् जिल्लाका अधिकांश ठाउँमा पायक पर्ने ठाउँमा स्वास्थ्य संस्था नहुदा निकै समस्या हुदै आएको छ । खलंगा गाविसको जिल्ला अस्पताल आउन रिम्ना वासीलाई ३ घण्टा भन्दा वढी लाग्छ । रोकागाउँको लिम्सा प्राथमिक स्वास्थ्य चौकी आउन मुलसामवाट आउन मात्र १ दिन लाग्छ ।\"devata त्यस्तै, नायकवाडाको उपस्वास्थ्य चौकी आउन धुमा, जिरी, लिम्क, कम्दका स्थानीयलाई एक दिन लाग्ने गर्दछ । सक्ला गाविसको सेपुखोलास्थित स्वास्थ्य चौकीमा आउन लुहाग, स्याला , खारी, काप्ती लगायतका ठाउँवाट आउन जाँन मात्र एक दिन लाग्ने स्थानीय बताउछन् । रग्दा गाविसको वाँनियागाउँ, ध्यारगाउँलगायतका दर्जन गाउँका स्थानीयहरु चौखामा रहेको स्वास्थ्य चौकी आउन १ दिन बढी लाग्छ । त्यसैगरी भगवती गाविससका सिउन, खात्तीगुत्ता, औलगुत्ता, दामाचौर लगायतका ठाउँवाट तल्लु स्वास्थ्य चौकी आउन पनि १ दिन लाग्ने स्थानीय बुद्धिबहादुर वस्नेतले बताए । यसरी अधिकाश ठाउँमा रहेका स्वास्थ्य चौकीहरु सवै गाविसको वडा नं १ मा रहँदा अन्य वडाका स्थानीयलाई पायक परेको छैन । तत्कालीन अवस्थाका जनप्रतिनिधीले पायक पर्ने ठाउँभन्दा पनि आफ्नो अनुकुलमा राख्दा यस्तो समस्या आएको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending