Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

अस्पतालको शय्याबाटै सहयोगको अपिल गर्दै क्यान्सर पीडित पारमायाँ

\"\"म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीकी पारमायाँ पाइजाले आफ्नो जीवनरक्षाका लागि अस्पतालकै शय्याबाट सहयोगको याचना गरेकी छिन् । आन्द्राको क्यान्सरबाट पीडित भई भक्तपुरस्थित क्यान्सर अस्पतालमा उपचाररत पाइजाले आफ्नो उपचार खर्च जुटाउन घरपरिवारलाई कठिनाइ आइपरेपछि यस्तो याचना गरेकी हुन् । विगत एक महिनादेखि अस्पतालमा भर्ना भई उपचाररत पाइजाको आन्द्रामा घाउ भएर क्यान्सर भएको पुष्टि भए पनि आर्थिक अभावले उपचार प्रभावित भइरहेको उनका श्रीमान् पाइजाले बताएका छन् । “उपचारका लागि श्रीमतिलाई अस्पतालमा भर्ना गरेका छौँ, अहिले दैनिक रु १० देखि १५ हजारसम्म न्यूनतम खर्च हुँदै आएको छ, उपचार महँगो भएकाले खर्च जुटाउन सकेको छैन” – पाइजाले भने । पारमायाँलाई क्यान्सरको शल्यक्रियाका लागि किमो चढाएर उपचार गर्न थालिएको छ । खाना खाएपछि बान्ता हुने समस्या बढेपछि विभिन्न अस्पताल हुँदै पारमायाँलाई गत असारमा मात्रै भक्तपुर क्यान्सर अस्पतालमा पु¥याइएको थियो । दुई वर्षदेखि सो समस्याबाट पीडित भए पनि पोखराका विभिन्न अस्पतालमा उपचार गर्दा अहिलेसम्म झण्डै रु साढे पाँच लाख सकिइसकेको उनका परिवारले जनाएको छ । कृषि पेशाबाट जीविकोपार्जन गर्दै आएका पाइजा परिवारले अहिलेसम्म कतिपय खर्च ऋण र सापटसमेत गरेर जुटाएका छन् । आन्द्रामा भएको क्यान्सरको शल्यक्रियामार्फत उपचार गर्नुपर्ने भएकाले थप लाखौँ खर्च लाग्ने भएपछि उनीहरुले सबै क्षेत्रबाट सहयोगको याचना गरेका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending