भनिन्छ नि देश अनुसारको भेष अनि राजा अनुसारका रैती, हो त्यसरी नै नेपालका लागि एकमात्र अनुकुल वा माटो सुहाउँदो विचार भनेकै पृथ्वीविचार हुन्।विचार राम्रो भए राष्ट्रको बागडोर सम्हालेका नेतालाई पनि नेतृत्व गर्न सजिलो हुन्छ अनि जनताको मन जितिरहन्छ।पृथ्वी विचार मात्र एस्तो विचार हुनसक्छ जस्ले तमाम स्वभिमानी र राष्ट्रप्रेमी जनतालाई जगाउन सक्छ।राष्ट्रिय एकता,स्वतन्त्रता,सम्पन्नता र समानता पृथ्वी विचारका चार आधारहरु हुन् ।नेपाल बिश्वकै थोरै प्राचीनतम देशमध्यमा पर्छ।हो नेपाल आजको अवस्थामा आइपुग्दा सम्म घटबढ नभएको होइन तर अस्तित्व रहिआएको छ । नेपाल एकीकरणमा बलभद्र कुँवर, अमरसिंह थापा, बहादुर शाह, भक्ती थापा, बिसे नगर्चि आदिलाई भुल्दा अन्याय हुन्छ । नेपाली इतिहासमा उनको नाम र उनको योगदान यो धर्तीमा चन्द्र र सुर्य अंकित झण्डा फहराइ रहेसम्म सधै अजर अमर रहिरहेनेछ । यस्ता युगपुरुष इतिहासको लामो कालखण्डमा युगको आवश्यकताले मात्र जन्माउछ । नेतामा जुन नेतृत्व क्षमता,निर्णयकारी भुमिका अनि दूरदृस्टीको आवश्यकता हुन्छ त्यो गुणले परिपक्व भएकाले नि उन्को शासनकाल राष्ट्रिय एकीकरणको सुनौलो युग बन्न पुग्यो । साहस, धैर्य र दुरदर्शीताको प्रतिमुर्ति युगनायक पृथ्वीनारायण शाहले गर्दा नै नेपाल एसियाको पहिलो स्वतन्त्र राष्ट्रको रुपमा कहलिएको छ र आकशमा चन्द्र, सुर्य रहेसम्म युगौयुग रहिरहनेछ । पृथ्वीनारायण शाह नेपाल राष्ट्रका एकीकरणकर्ता र बडामहाराजा मात्र नभई दिब्य उपदेशका स्रस्टा अनि सफल युगद्रस्टा पनि हुन् । त्यस्तै दिब्य उपदेश नामको किताब उपदेश मात्र को कृतिमा सिमित नभई राष्ट्र चलाउने सक्ने विचारको सङ्ग्रह हो जस्लाइ उनैले दिइएका थिए । जसरी कुनै पनि राष्ट्रले आफुअनुकुल रहेका कुनै न कुनै वाद, सिद्धान्त वा विचारको अवलम्बन गरेर एउटा निश्चित बाटो कोरेर बढछन् हो आज नेपालले आफ्नो मार्गचित्रको रुपमा प्रयोग गर्नु पर्ने विचार पृथ्वी विचार हो जुन दिब्य उपदेशबाट लिएको हो । भनिन्छ नि देश अनुसारको भेष अनि राजा अनुसारका रैती, हो त्यसरी नै नेपालका लागि एकमात्र अनुकुल वा माटो सुहाउँदो विचार भनेकै पृथ्वी विचार हुन् । विचार राम्रो भए राष्ट्रको बागडोर सम्हालेका नेतालाई पनि नेतृत्व गर्न सजिलो हुन्छ अनि जनताको मन जितिरहन्छ । पृथ्वी विचार मात्र एस्तो विचार हुनसक्छ जस्ले तमाम स्वभिमानी र राष्ट्रप्रेमी जनतालाई जगाउन सक्छ । राष्ट्रिय एकता, स्वतन्त्रता, सम्पन्नता र समानता पृथ्वी विचारका चार आधारहरु हुन् । [caption id=\"attachment_144834\" align=\"alignleft\" width=\"258\"] लेखक[/caption] पृथ्वीविचार यहि नेपाली माटो र हावापानीले सिन्चित भएकाले पनि मार्क्सवाद, लेनिनवाद, गान्धीवाद आदि जस्ता बिचारहरु भन्दा पृथ्वीविचार जस्तो नेपाल मौलिकता बोकेको नेपाली मनहरुको नेपाली विचार भएकाले पनि यसको ल्याकत अरुविचारसंग तुलना हुनै सक्दैन किनकी इतिहासको विभिन्न कालखण्डका घटनाक्रमलाई प्रत्यक्ष साक्षतकार गर्दै समकालीन परिस्थितिमा आइपुगेको छ । मार्क्सवादी, लेनिनवादी, गान्धीवादीका विचारका बाटोमा लम्कन सक्नेहरु आफुलाइ राष्ट्रवादी ठान्छन तर राष्ट्र र जनतालाई एकसुत्रमा बाध्ने पृथ्वीनारायणलाई किन बैरी मान्छन् ? नेपालको उत्थान र उन्नतिमा मार्क्स, लेनिन, गान्धीले के गरेका छन् ? हाम्रो आजको आवश्यकता यस्ता आयातित विचार होइन बरु यो देशका योद्धाले येहि धर्तिमा अनि यो देश र जनताका लागि सिर्जित पृथ्वीविचार नै हो । धेरै वाद र विचारको प्रयोगशाला भैसकेको नेपाल अब आफ्नै बिचारको गहन अध्ययन, अनुसन्धान र प्रयोगले मात्र पृथ्वीनारायण र पृथ्वी विचारको उचित सम्मान हुन सक्छ । टाउको काटेर टुपीको पुजा गरेझैं हिजो राष्ट्रिय एकता दिवस खारेज गर्ने र उनको सालिक तोडनेहरु नै आज राष्ट्रियता चर्को भाषण गर्दै आफुलार्इ आदर्शवादिको रुपमा परिचित गराउादैछन । राष्ट्रको धर्म सँस्कृती मास्ने, जातीय अखण्डता भाडने अनि डलरवादको कोरस गाउनेहरुले पनि बाहिरी आवरणमा आफुलाइ राष्ट्रभक्त देखाउने खेल नखेलेका होइनन् । खोक्रो राष्ट्रप्रेम गरेर राष्ट्रनायकलाई धिक्कानु भनेको आफ्नो बौद्धिकता र बुद्धिमताको कुरो हो । उनी राष्ट्रको भलो चाहन्थे भन्ने कुरोमा दुईमत छैन । हो, नेपाल एकीकरण गर्दा उनलार्इ कतिले बिस्तारवादी पनि नभनेका होइनन् । यदि बिस्तारवाद उनको बिचार हुन्थ्यो भने उनले सायद यो राज्यको नाम गोर्खा राक्थे होला तर त्यसो भएन । अर्को कुरो जुन ठाउँमा उनले आफ्नो अधीनमा लिए त्यस ठाँउको धर्म संस्कृति रक्षा गर्दै आफ्नो रिति तिथि जस्ताको तस्तै मान्नु भनी पत्राचार पनि गरेका छन् । यस्ता धेरै उदाहरण छन् । तर हामिले यो पनि भुल्न हुन्न कि आज जुन धर्तीमा हाम्रो पाइला अडिएको छ त्यसको सम्भब्यता उनैले जुटाइदिए । क्रिश्चियन धर्म प्रचार गर्न आएका पादरीहरुलाइ उनलेे देश निकाला गरे जुन कुरा नपचेपछी ती पादरीहरुले किर्तिपुरमा १२ धार्नी नाक कान काटेको कुरो बताए जब कि त्यहाँको जनसंख्या त्यति धार्नी नाक कान पुग्ने नै थिएनन् । उपनिवेश र बिस्तारवादको सिकार हुनुपरेका विश्वका तमाम स्वतन्त्र प्रेमी मानिसलाई सोध्नुस पराधिन हुनुपरेको पीडा । हो, हाम्रो देश अरुको तुलनामा पछि पर्यो होला तर हाम्रा अग्रज पुर्खाले रचेका सालिन इतिहासले हामिलाइ कम्तीमा गर्वसाथ छाती फुलाएर नेपाली भै शिर ठाडो पारी बाच्न त दिएको छ । समय गतिशील छ र त बिस्तारै भएपनी हाम्रो राष्ट्रले प्रगतिको मार्गमा हिड्नेछ । पृथ्वीनारायण शाहका नराम्रा पक्ष नभएका होइनन् तर आज ती नराम्रा कुराको समिक्षा र आलोचना गरेर केही फाइदा छैन बरु हामीलाई एक ठाँउमा राख्न जुन भुमिका उनीलगायतका उनका उत्तराधिकारीले निभाएका छन् त्यो आफैंमा दुर्लभ छ । अन्ततः स्वाधीन राष्ट्रका स्वाभिमानि जनताको परिचयलाई कायम गर्दै अग्रज पुर्खाको नासो पृथ्वी विचारलाई हामिले सक्दो प्रयोग गर्दै राष्ट्रलाई आर्थिक रुपमा सबल बनाएर स्वाभिमानी नेपाली हुनुको पहिचान दिनु हामी सबै नेपाली जातिको कर्तव्य हो । चेतना भया ।
प्रतिकृया लेख्नुहोस्: