Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

एमाओवादी र डा. केसीका टोली जाजरकोटतर्फ

काठमाडौं,  जाजरकोटमा यतिबेला फैलिइरहेको प्रकोपलाई महामारी घोषण गर्नुपर्ने भन्दै एकीकृत नेकपा (माओवादी) ले जाजरकोटको महामारीप्रति पार्टीको गम्भीर ध्यानाकृष्ट भएको जनाएको छ । साेमबार एमाअाेवादीकाे एउटा र डा. गाेविन्द केसी नेतृत्वमा चिकित्साशास्त्रका विद्यार्थीहरूकाे अर्काे टाेली जाजरकाेटतर्फ गएका छन् । एमाओवादीका स्वास्थ्य विभाग प्रमुख एवम् पूर्वस्वास्थ्यमन्त्री गिरिराजमणि पोख्रेलसहितको टोलीले सोमबार स्वास्थ्यमन्त्रीसँग छलफल गर्दै पार्टीको पहल अगाडि बढाएको हो । खबरडबलीसँग कुरा गर्दै एमाओवादी नेता पोख्रेलले भने– ‘हामले स्वास्थ्यमन्त्री र मुख्यसचिवसँग भेटेर एकाएक दर्जनौ नागरिकको ज्यान जानेजस्तो गम्भीर प्रकोप पक्ष–प्रतिपक्षको विषय नभई गम्भीर राष्ट्रिय सरोकारको विषय भएकाले तत्काल संवेदनशील हुन आग्रह गर्यौं ।’ ‘जाजरकोटको भौगोलिक अवस्थिति र प्रकोपको गाम्भीर्यतालाई ख्याल गर्दै हामीले हेलिकप्टरसहितको मोबाइल टोली खटाउन सरकारलाई सुझाव दिएका छौं’, नेता पोख्रेलले भने– ‘यो प्रकोपलाई महामारी घोषणा गरेर तदनुरुपको संवेदनशीलता अपनाउनुपर्छ र गाविसस्तरमा होइन, वडा–वडास्तरमै रोकथामको गम्भीर प्रयत्न गर्नुपर्छ भनेर स्वास्थ्यमन्त्री तथा मुख्यसचिवमार्फत सरकारलाई सचेत गराएका छौं ।’ स्वास्थ्य क्षेत्रका विकृतिविसंगतिका विरुद्ध निरन्तर संघर्ष गर्दै आएका डा. गोविन्द केसी सोमबार जाजरकोट प्रस्थान गरेका छन् । सोमबारै एमाओवादी पार्टीको टोली समेत जाजरकोटतर्फ लागेको छ । महामारीपीडित जाजरकोटको स्थलगत अध्ययन एवं आ–आफ्नो पक्षबाट यथासक्य सहयोग पु¥याउने उद्देश्यका साथ एमाओवादी पार्टीका तर्फबाट एउटा टोली र प्रा.डा. गोविन्द केसीको नेतृत्वमा चिकित्साशास्त्र अध्ययन संस्थानका विद्यार्थीहरुको अर्को टोली जाजरकोटतर्फ लागेका हुन् । डा. केसीको टोली सोमबार बिहानै नेपालगञ्जबाट अघि बढिसकेको छ । महामारीका कारण जाजरकोटमा आइतबारसम्म १२ नागरिकको मृत्यु भइसकेको छ । राजधानीमा बस्ने सरकार, स्वास्थ्य मन्त्रालय, राजनीतिक दलहरु, सामाजिक संघ–संस्था र चिकित्सकहरुले समेत विपतमा परेको जाजरकोटप्रति अपनत्व नदेखाएको भनेर चौतर्फी दुःखमनाउ भइरहँदा काठमाडौंबाट डा. केसी र एमाओवादीका छुट्टाछुट्टै टोली जाजरकोटतर्फ लागेका हुन् । नेपाल सरकारका मुख्य सचिवको अध्यक्षतामा आइतबार बसेको बैठकले तत्काल नेपाली सेनाको हेलिकप्टरबाट महामारीपीडित जाजरकोटमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत स्वास्थ्यकर्मीको टोली  खटाउने निर्णय गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy