Khabar Dabali २७ बैशाख २०८३ आईतवार | 10th May, 2026 Sun

सिंहदरबार नधाउने माओवादी नेता भन्छन्–जिल्लामा चुनाव जिताएपछि काठमाडौं आएँ

\"\"काठमाडाैं । त्यसो त मन्त्री हुनेबित्तिकै हरेक मन्त्रालय पुगेर बधाई दिनेहरुको ताँती देखिन्छ सिंहदरबारमा । तर आफ्नै पार्टीका अध्यक्ष प्रधानमन्त्री हुँदा समेत सिंहदरबार छिरेनछन् उनी । “जिल्लामैं व्यस्त भइयो, संगठन निर्माण, जनताको काम । यहाँ धाएर पनि के गर्नु, केही परे उतैबाट पहल गरियो बरु ।” उनले भने । स्थानीय निकायको चुनावमा पार्टीलाई सम्मानजनक मत दिलाउन सफल भएपछि भने उनी आए काठमाडौं पार्टी बैठकमा भाग लिन । “अझै संसदवादी हुन सकिएनछ” कुराकै क्रममा उनले भने, “चाकरी, पैसा कमाउन दलाली र नेताको वरिपरि घुम्न जानिएन” । उनी मंसिरपछि बल्ल स्थानीय तह चुनावपछि काठमाडाैं आएका हुन् । विजयसुन्दर अर्थात् नरेन्द्र कुँवर । पहिलो संविधानसभामा बैतडीको क्षेत्र नं. १ बाट अत्यधिक बहुमतले विजयी नेता । दोश्रो निर्वाचनमा थोरै मतान्तरले पराजित । त्यो पनि पार्टीभित्रकै बागीका कारण । अहिले नेकपा माओवादी केन्द्रको बैतडी जिल्ला इन्चार्ज । तीन वर्ष अघि जिल्ला इन्चार्ज भए उनी । भन्छन, “संगठन लथालिङ्ग थियो, साथीहरुबीच नै समन्वय थिएन, नयाँ मानिसहरु जोडिन सकेका थिएनन, पुराना निष्क्रिय । चुनौती थियो । तर अहिले आएर सम्मानजनक अवस्था हासिल गरेका छौं । स्थानीय निर्वाचनमा तुलनात्मकरुपमा ७ नं. प्रदेशका अन्य जिल्ला भन्दा राम्रो मत पाएको छ पार्टीले ।” उनको आफ्नो क्षेत्र पुर्चौंडी नगरपालिकामा भने माओवादी केन्द्रले विजय हासिल गरेको छ । पारिवारिक दृष्टिले पञ्चायतकालिन प्रधानपञ्चका छोरा हुन विजयसुन्दर । राजनीतिक संस्कार उनले घरबाटै पाए । देशमा पञ्चायती शासनको अन्त्यसँगै व्यक्तिगत प्रतिशोध शुरु भयो उनको परिवारका विरुद्ध । यसले उनीभित्र समेत विद्रोही चेत पैदा गर्यो । र, उनी होमिए प्रत्यक्ष राजनीतिमा । बैतडीमा छँदा नै उनी तत्कालिन मालेसँग जोडिइसकेका थिए । मोरङका गंगा पौडेल बैतडी पुगेका थिए मालेको संगठन निर्माण गर्न । संगठन गर्न खप्पीस पौडेल । बैतडीका हरेक गाउँ पुग्थे उनी । पौडेलबाट प्रभावित भएर विजयसुन्दरले समेत सदस्यता लिए मालेको । ०४९ मा एमाले विजयी भयो उनको क्षेत्रबाट । डिलासैनी माविबाट हाइस्कूल पढेपछि उनी काठमाडौं आए पढ्न । ताहाचल भर्ना भए । ताहाचल वाम राजनीतिको एउटा केन्द्र थियो त्यो बेला । यहाँ पढ्ने बेला उनले राजनीति अलि बढी बुझ्ने मौका पाए । तर उनी एमालेमा बढी टिक्न सकेनन् । “म एमालेमा सक्रिय, यता बुवाविरुद्ध भने एमाले नै खनियो । कारण केही थिएन, मात्र पुरानो पूर्वाग्रह” उनी भन्छन् । पार्टीभित्र समेत मदन भण्डारी र सिपीको विवाद थियो । उनी भन्छन्, “सानैदेखि विद्रोही स्वभाव, त्यति बढी नबुझेपनि नयाँ जनवाद नै राम्रो भन्ने मनमा छाप पर्यो । बिस्तारै एमालेबाट मोहभंग भयो । विकल्प खोज्नतर्फ लाग्यौं । यता माओवादी दृश्यमा आइसकेको थियो ।” वामपन्थतर्फ आकर्षण थियो, आस्था थियो र एमालेसँग मोहभंग भएको अवस्था थियो । विजयसुन्दर भन्छन, “मेरो स्वभाव नै समाजका हरेक कुरामा फरक धारणा राख्ने थियो । २०५२–५३ मा म काठमाडौंमा नै थिए । एमाले छोडिसकेको थिएँ मैले । माओवादीमा जानुपर्यो भन्ने साथीहरुबीच सल्लाह हुन्थ्यो । तर भेटाउन सकिरहेका थिएनौं । केही समय यस्तै बित्यो । रोल्पा रुकुम गए माओवादी भेटिन्छन् भन्ने थियो । तर यता प्रहरीको समेत निगरानी बढ्दै थियो । भारतमा बरु भेट्न सकिएला कि ? भन्ने सल्लाह भएपछि अहिले पुर्चौंडीका मेयर रण बहादुर कुँवर र म भारत गयौं । हामीलाई पहिला २, ३ कक्षामा पढाउने कुवाकोटका एकजना नरेन्द्र जाग्री ‘सरोज’ भन्ने सर माओवादी छन् भन्ने सुनिन्थ्यो । उनलाई भेट्न हामी २०५६ मा भारत पुग्यौं । तर हामीले वहाँलाई भेटाउन सकेनौं । त्यही क्रममा हाम्रो भेट भयो कुवाकोटकै अमरसिंह कुँवरसँग । वहाँ पछि शहीद हुनुभयो । तर वहाँले हामीलाई विश्वास गरेनन् । हामीले कसम नै खाएपछि ०५७ को अन्त्यतिर हामी पार्टी च्यानलसँग जोडियौं । त्यसपछि भूमिगत जीवन शुरु भयो । पार्टीसँग आधिकारिकरुपमा जोडिएपछि भने संगठित जीवन शुरु भयो विजयसुन्दरको । पार्टीको प्रभाव खासै थिएन बैतडीमा तर सुरक्षाकर्मीको निगरानी भने व्यापक थियो । को माओवादी भयो, को समर्थक हो भन्ने कुरा उनीहरुलाई छिट्टै थाहा हुने । त्यसैले खुला राजनीति सम्भव थिएन । पार्टीसँग जोडिएसँगै उनी एरिया सेक्रेटरी बने, ४ महिनापछि जिल्ला समितिमा र पछि जिल्ला जनसरकार प्रमुखका रुपमा सक्रिय भए । ०६० सालदेखि शान्ति प्रक्रियामा आउँदा सम्म उनी जिल्ला कमिटिको सेक्रेटरी थिए । त्यही बेला एकीकृत जनप्रतिरोध अभियानमा उनी गण्डक पुगेको बताउँछन् । संगठन बिस्तार र गण्डक क्षेत्रमा पार्टीको प्रभाव विस्तार गर्न सेताी महाकालीबाट उनीहरुलाई त्यहाँ खटाइएको थियो । जनयुद्दकालमा जिल्ला र पार्टीले खटाएका सबै जिम्मेवारीमा कुशलतापूर्वक खटिए उनी । कतिपय अवस्थामा सेना र प्रहरीको घेराबन्दीमा समेत परे । भन्छन्, “एउटा सपना थियो क्रान्तिको, केही गर्नुपर्छ, देशमा आमूल परिवर्तन ल्याउनुपर्छ । जनताको दैलोमा बिहानीको सूर्यका किरण छाउनुपर्छ भन्ने थियो । व्यक्तिगत केही बाँकी थिएन, पार्टीले जहाँ जसरी भन्यो, त्यसरी हिँडियो ।” मुक्ति र परिवर्तनका सपना सँगाल्दै सम्पन्न परिवारको सुख छोडेर सशस्त्र संघर्षमा होमिएका नरेन्द्र कुँवरका लागि युद्दकाल भन्दा पनि शान्ति प्रक्रियामा असहजता थपियो । कारण थियो, सशस्त्र संघर्ष र खुला पार्टी राजनीतिबीचको बिरोधाभाषा अवस्था । हिजो त्याग थियो, समर्पण थियो तर खुला राजनीतिमा सबै कुरा फरक । “युद्दकालमा हाम्रो क्रान्तिकारीपना हामीले कायम राख्न सक्यौं, तर खुला राजनीतिमा त्यो अनुरुपको कार्यदिशा, कार्यनीति, कार्यशैली र संगठनको विकास सोही किसिमले गर्न नसक्दा यसले समस्या निम्त्यायो ।’ उनको ठहर छ, “जुन कुरा समात्नुपर्ने थियो, त्यो समात्न सकेनौं । यसले हामीले ल्याएका उपलब्धि पनि जोगाउन नसक्ने चुनौती हाम्रा अगाडि देखियो ।’ माओवादीले यति ठूलो उपलब्धि चाहिँ ल्याउन सक्ने, तर आफ्नै कारणले त्यसलाई रक्षा गर्न समस्या पर्ने र यथास्थितिवादीहरु बलियो हुने अवस्था आउनुका पछाडि गम्भीर समीक्षाको खाँचो रहेको उनको निक्र्यौल छ । भन्छन, “त्यति बेला मर्न तयार हुने अवस्था थियो, एउटा भरुवा बन्दूक र लाठीबाट त्यत्रो विश्व नै थर्काउन सक्यौं, त्यस्तो सत्तालाई विघटन गर्न सफल भयौं । त्यति ठूलो जिम्मेवारी चाहिँ पुरा गर्न सक्यौं । तर शान्ति प्रक्रियामा आएपछि यही उपलब्धि पनि जोगाउन चुनौती ? कहाँ के भयो ? किन यस्तो भयो भन्ने कुरा पार्टी भित्र पनि समीक्षाको विषय छ । यो प्रश्नको उत्तर खोज्न सकेमा हामी त्यही क्रान्तिकारी हुन्छौं ।’ स्थानीय तहको युगीन निर्वाचनबाट सरकारको चुनाव गर्न र राज्यसत्तामा सबैलाई ल्याउन सफल भएपनि त्यसको स्वामित्व लिन भने नसकेको उनी बताउँछन् । माओवादीभित्र शान्तिकालमा आएपछिको पार्टी विघटन, सांस्कृतिक विचलन, वैचारिक अलमलको बीचमा निराशाजनक अभिव्यक्तिहरु चुलिएका छन् । अधिकांश नेता कार्यकर्ताहरुले निराशाजनक टिप्पणी गरेका देखिन्छ पनि । तर विजयसुन्दर भने आशावादी छन् । यो अवस्था देखिएपनि आत्तिनु नै पर्ने या सबै कुरा समाप्त भएको सोच्नु गलत भएको उनी बताउँछन् । “हामीले स्वामित्व किन लिन सकेनौं त भन्ने मुख्य हो । पार्टीभित्र कार्यकर्ताहरुको व्यवस्थापन, सोही अनुरुपको विचार, कार्यदिशा, कार्यक्रम र नेतृत्व आवश्यक थियो । युद्दकालमा पनि हामीभित्र अन्तरविरोधहरु थिए । तर त्यो परिस्थितिमा त्यसलाई हल गर्ने केही विधि पद्दती थिए । यता शान्तिकालमा नयाँ ढंगले देखा परेका अन्तरविरोध हल गर्ने नयाँ कार्यविद्दि र पद्धती विकास गर्न सकेन । त्यसैले संगठनात्मक कार्यविधिमा घोत्लिने हो भने कतिपय समस्या आफै ठीक हुन्छन् ।” प्रतिष्पर्धि खेलमा माओवादी झन कुशलतापूर्वक जित्नसक्नेमा उनी आशावादी छन् । युद्दकालको जटिल अवस्थामा समेत सत्तालाई धक्का दिन सकेको अवस्थामा शान्तिकालमा विचारको संश्लेषण र सोही अनुरुपको पार्टी पद्धतीको विकास गर्न सके नजितिने कारण नै नरहेको उनको जिकिर छ । उनी भन्छन्, “हामी सही छौं, हाम्रो विचार ठीक छ, एजेण्डा ठीक छन्, चिन्तन वैज्ञानिक छ भन्ने कुरा दश वर्षबाट समेत साबित गरेको अवस्थामा खुला परिवेशमा पनि मुद्दाका हिसाबले माओवादी नै अहिले पनि प्रभावी रहेको आधार हामीकहाँ छ । यही आधारको जगमा टेकेर आन्तरिक कुराहरु हल गर्ने हो भने हामी पहिलो हुन सक्छौं ।” विजयसुन्दर भन्छन्– संगठनमा अहिले अराजकता पैदा भएको छ । विधि र पद्दती निर्माण हुन सकेको छैन । एउटा चेन अफ कमाण्ड छैन । तर यसको दोष कार्यकर्तालाई दिएर सम्भव छैन । माथिदेखि तलसम्मको नेतृत्वमा उदारता पैदा भएको छ । नेतृत्वको टीमवर्क हुन सकेको छैन । लेनिनवादी संगठनात्मक कमिटिगत प्रणाली अन्तर्गत सबै तहको नेतृत्व परिचालन हुँदा कार्यकर्तामा समेत जिम्मेवारी र नेतृत्व लिने कुराको विकास हुन्छ । अहिले स्थानीयदेखि केन्द्रसम्म देखिएका समूह, गुट यसकै परिणाम हो । उनी अगाडि भन्छन्– नेतृत्वले कतिपय अवस्थामा रिस्क समेत लिनुपर्ने हुन्छ । सधैं उदार किसिमले जाँदा शान्तिकालमा बिरोधीहरुले हामीलाई झन कमजोर पार्न सक्छन् । यो हरेक तहमा लागु हुन्छ । कतिपय अवस्थामा हस्तक्षेपकारी भूमिकामा हाम्रा सबै तहका नेतृत्व उत्रिनु आवश्यक हुन्छ । अहिलेको बैठकको समीक्षाले समेत विचार, राजनीति, कार्यदिशा अनुरुपको संगठन निर्माणमा जोड दिएको छ । संगठन निर्माणका लागि जनतामा जानुपर्छ । जनतालाई संगठित गर्ने, कमिटिगत प्रणाली विकास गर्नेतर्फ हामी अघि बढ्नुपर्छ । जिल्ला नेताहरु सिंहदरबार धाउने प्रवृत्ति पनि यही प्रणालीको विकास नहुँदा विकास भएको गलत प्रवृत्ति रहेको उनको ठहर छ । “व्यक्ति व्यक्तिका पार्टी छन्, त्यसैले जनताको विकास भन्दा पनि आफ्नो बृत्तिविकास हुनेतर्फ कतिपयले हेर्न थालेका छन् । वास्तवमा सिंहदरबारभित्र सबै दलका दलालहरु छन् । विचौलिया छन् । यी विचौलियाहरुले मन्त्रीलाई समेत घेराबन्दी गरेका हुन्छन् । यो घेरा चिरेर पार्टी र प्रणाली स्थापित गर्न मन्त्रीहरुको समेत भूमिका हुन्छ । मुख्य कुरा जनता र पार्टी हो । यो तरिकाले दुई चार राम्रो होला, तर यसले दीर्घकालसम्म राम्रो गर्दैन । हरेक निर्णय र पहल पार्टी प्रणालीबाट भएर जाने र मन्त्रीहरुले त्यही अनुरुपको निर्णय गरेर जनतासम्म पुग्ने विधि विकास आवश्यक छ । अब चाहिँ जनमुखी र कार्यकर्तामुखी नभएसम्म अगाडि बढ्न सकिन्न । अब आन्तरिक प्रतिष्पर्धाको प्रणाली समेत विकास हुनुपर्छ । यो कुरा हरेक क्षेत्रमा लागु हुन्छ । ७ नं. देखि अन्य सबै प्रदेशमा पार्टीभित्र पद्दतीको विकास आवश्यक छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending