Khabar Dabali २७ बैशाख २०८३ आईतवार | 10th May, 2026 Sun

अख्तियार प्रमुख बस्नेतलार्इ मोदीले सोधेः ठूला माछा किन फुत्किएका छन ?

\"\"काठमाडौं । व्यवस्थापिका संसदको सुशासन समितिको बैठकमा सांसदहरु अख्तियार दुरुपायोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्नेतमाथि खनिएका छन् । मंगलबार सुशासन समितिको बैठकमा नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले भ्रष्ट नेताहरुलाई केहि गर्न नसकेको भन्दै अख्तियार प्रमुख बस्नेतमाथि प्रश्न गरे । राजनीतिक दलका भ्रष्ट नेताहरुलाई अख्तियारले छाड्दै जाने हो सुशासनको प्रत्याभुति कहिले पनि गर्न नसकिने भन्दै उनले आक्रोश पोखे । अकुत सम्पत्ति आर्जन गरेका ‘ठूला माछा’लाई अख्तियारले केहि पनि गर्न नसकेको उनले बैठकमा अख्तियार प्रमुख बस्नेतमाथि उनले प्रहार गरे । त्यस्तै अन्य सांसदहरुले २४ हजार उजुरी लिएर १४४ वटा मात्रै मुद्दा दर्ता भएको भन्दै आलोचना गरेका छन् । सांसदहरुको प्रश्नलाई प्रमुख आयुक्त बस्नेतले भने लगत्तै जवाफ दिए ‘माननीय ज्यू, भ्रष्टाचार गर्ने कोही सानो वा ठूलो हुँदैनन् । कानुन विपरित काम गर्नेला जो कोहिलाई पनि कारवाही गर्छौं । चाहे त्यो एक रुपैयाँ वा अर्बौं रुपैयाँ भ्रष्टाचार गर्ने किन नहोस् ।’ अख्तियार प्रमुख बस्नेतले उदाहरण दिदैं भने ‘कर्णाली अञ्चल जस्तो विकट क्षेत्र त्यहिमाथि पनि डोल्पाका एक गाविस सचिवले १ करोड २५ लाखको भ्रष्टाचार गरेको मुद्दा चलाएका छौं । गाविसका सचिव, त्यहिमाथि पनि दुर्गम ठाउँको ।’ ‘पद वा रकमलाई ठूलो मान्ने कि उसले गरेको अपराधलाई ठूलो मान्ने’ प्रमुख बस्नेतले भने ‘हामीले भर्खरै स्वास्थ्य सेवा विभागका सह–सचिवलाई रंगेहात १० हजार घुससहित रंगे हात समात्यौं । अब यसलाई ठूलो भन्ने कि सानो ?’ त्यस्तै भक्तपुरको गोठाटारमा ३५ रोपनी सार्वजनिक जग्गा मालपोतका परिचर र खरिदार मिलेर व्यक्तिका नाममा नामसारी गरेको विषयमाथि अनुसन्धान गरिरहेको प्रमुख बस्नेतले बैठकमा जानकारी दिए ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending