Khabar Dabali २७ बैशाख २०८३ आईतवार | 10th May, 2026 Sun

पहिरोले ट्याक्सी पुरियो, यसरी भागे घाइते ट्याक्सी चालक ?

[caption id=\"attachment_137685\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption]

बागलुङ । जिल्लाको गलकोट नगरपालिका–११ रिघा, काउचेमा मध्यपहाडी पुष्पलाल लोकमार्ग माथिबाट पहिरो खस्दा ट्याक्सी चालक घाइते भएका छन् ।

मंगलबार साँझ गलकोटदेखि मनेवा जाँदै गरेको ध १ ज ६५७ नं को ट्याक्सी पहिरोमा पर्दा चालक थम्मन परियार घाइते भएका हुन् । चालक परियारमात्र सवार ट्याक्सी गुडिरहेकै अवस्थामा पहिरो खसेको प्रहरीले जनाएको छ । घाइते अवस्थामा ट्याक्सीको सिसा फोरेर परियार भाग्न सफल भएको खरबाङ्ग प्रहरी चौकीका हवल्दार कमल भट्टराईले बताए । “चालकको टाउको, पिठ्युँमा चोट लागेको छ, अवस्था सामान्य नै छ” हवल्दार भट्टराईले भने, “पहिरोबाट उद्धार गरी उपचारको लागि अस्पताल पुर्याइएको छ ।” ट्याक्सीको पछाडिको भाग पहिरोमा पुरिएको प्रहरीले जनाएको छ । डेढसय मिटर माथिबाट खसेको पहिरोले लोकमार्ग अवरुद्ध बनेको ११ नं वडाका अध्यक्ष डम्बर श्रीसले बताएका छन् । पहिरो साँझपख खसेको र पानी परिरहेको हुुँदा तत्काल पहिरो पन्छाउन नसिएको उनको भनाइ छ । सडक अवरुद्ध भएपछि बुर्तिवाङ, खरबाङलगायतका क्षेत्रदेखि सदरमुकाम र बाहिरी जिल्ला चल्ने यातायात प्रभावित भएको छ । प्रहरीका अनुसार पहिरो हटाएपछि आज दिउँसोदेखि सडक सुचारु हुनेछ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending