Khabar Dabali २७ बैशाख २०८३ आईतवार | 10th May, 2026 Sun

मुग्लानबाट फर्किएका घर्तीको पीडाः ९ महिने सन्तान छाडेर पैसा झिक्न हिडेकि श्रीमती फरार

\"\"गुल्मी ।  दर्लामचौर गाउँमा गत चार दिनदेखि नौ महिनाको दुधे वालक आमाले छाडेर अन्यत्रै टाप कसेपछि ति वालक र अन्य दुई नावालकहरु विचल्लीमा परेका छन् । ईस्मागाउँपालिका वडा नम्वर ३ , दर्लामचौर सिमपानीका वावुराम घर्ति थापा की ३० वार्षिया श्रीमति बिना घर्ति रोका साउन–१५ गते विहानदेखि घरबाट हिडेर सम्पर्कविहिन बनेपछि उनको ९ महिनाका सन्तान चौविसै घण्टा अामा खोजेर रोई रहेका छन् भन्ने दुई नावालकहरु पनि विचल्लीमा परेका छन् । उनी घरबाट हिड्नुको दुई दिन अघि मात्र उनका श्रीमान घर्ति घर आएका थिए । त्यसको पनि तीन दिन अघि उनै श्रीमतिले घरमा परपुरुषसंग लसपस गरेको आरोपमा उनकी सासुले गाउँवासी गुहारेकी थिईन् । श्रीमतिको त्यस्तो यौन चर्तिकलाको खवर पाएर घर आएका घर्तिलाई श्रीमतिले ४ लाख रुपैयाँ तम्घासको बैंकमा राखेकी छु झिकेर आउँछु भनेर आईतवार विहानै घरबाट हिडेको तर तम्घास पुगेपछि सम्पर्क विहिन भएको उनले बताए । तीन वर्ष अघि वावु आमासंग छुट्टाएर बेग्लै घर बनाएर राखेकी उनकी श्रीमतिले पाँच दिन अघि गाउँवासीको नजरमा अपरिचीत युवालाई घरमा ल्याएर राखेको र उनकी सासुले आशंका गरी चियो गर्दा अर्धनग्न अवस्थामा बुहारी र पलङ्गमुनी लुकेर वसेको अवस्थामा निज युवालाई फेला पारेको उनकी सासुको आरोप छ । उनका श्रीमानको पीडा यस्तो छ –‘वाल्यपनदेखि मजदुरी गर्न भारतका विभिन्न शहरमा पुगेको थिएँ । गाडी चलाउन थालेको करिव २३ वर्ष भयो । करिव १९ लाख श्रीमतिबाट अहिलेसम्म हिनाविना भएको छ । चार लाख केहि समय अघि पठाएको थिएँ । त्यो पैसा खोई भन्दा बैंकमा छ झिकेर आउँछु भनेर हिडिन् । घरका भैसी बाख्रा बेचिएको छ । दुई तोला सुन, अन्य जिन्सी र महत्वपुर्ण कागज पत्र पनि लगेर हिडेकी छन् । \'तीन वर्ष अघिसम्म बुढो घरमै बस्थीन र कुनै शंका लाग्दो ब्यबहार पाएको थिईन । जव घर देखिमाथी एक्लो ठाउँमा घर बनाएर राखे तबदेखि श्रीमतिको खर्च र रवाफ बढ्दै गयो । दशैमा आएर गएको थिएँ । त्यो श्रीमतिसंग बस्यो भनिएको केटा को हो ? गाउँवासीले चिन्दैनन । तम्घासबाट गाडी चढेर हिडे भन्ने सुईको पाएको छु । उसको खुशीका लागि वावु आमाको मन दुखाएर भएपनि छुट्टाएँ , अहिले न श्रीमति न पैसो भएँ ।\' \'पुरपुरोमा हात लगाउँदै र सुस्केरा फेर्दै घर्तिले भने हामी जस्ता मुग्लानीको पसिनाको मोल उसले नबुझे पनि अरु महिलाले बुझी देउन भन्ने कामना गर्दछु । वालवच्चfको विचल्ली र घरको विल्लीफाँट देखेर चिन्तामा डुबेका घर्तिलाई भित्र पसेर चुलो जलाउने जाँगर छैन् । अरु भन्दा पनि ति दुधेवालकको आमा खोजाईको रोदनले त्यहाँ पुग्ने धैरैले आँशु बगाउँछन् । कस्तो बैश होला त्यस्तो दुधेवालक पनि छोडेर हिड्ने भन्दै ति महिलाको सत्तोसराप गर्नेहरु पनि छन् ।\' ति महिलासंग भने टेलिफोन सम्पर्क हुन सकेन् । घर्तिले खोजतलासका लागि ईस्मा प्रहरी चौकीमा उजुरी दिएको र गाउँ प्रमुख लक्ष्मण बिष्टसंग पनि गुनासो पोखेको बताए । स्मरण रहोस गुल्मीमा बिदेशमा रहेका कतिपय पुरुषका श्रीमतिहरु यसरी परिवारको सल्लाह विना घर छाडेर हिड्ने र एकादुई वर्ष पछि फर्केर आई श्रीमानसंग अंशको दावी गर्ने गरेका केहि घटना रहेको अधिवक्ताहरु बताउँछन् । उनीहरुका अनुसार यस्ता विषयमा पुरुषका लागि कानुन कमजोर छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending