Khabar Dabali ३ बैशाख २०८३ बिहीबार | 16th April, 2026 Thu

नवजात शिशुलाई स्तनपान गराउनुपर्छ भन्ने ज्ञान अझै छैन

\"\"काठमाडौँ । ‘शिशु जन्मिएको एक घण्टाभित्र नवजात शिशुलाई स्तनपान गराउनुपर्छ’ भन्ने चेतनाले महिला तथा तिनको अभिभावकमा जरो गाड्न सकेको छैन । सबैभन्दा पुरानो र पहिलो खोपका रुपमा स्तनपानलाई लिइन्छ । एक घण्टाभित्र आफ्ना नवजात शिशुलाई स्तनपान नगराएकै कारण अहिले पनि आमाहरुले आफ्ना शिशुलाई अकालमा गुमाइरहेका छन् । स्वास्थ्य सेवा विभाग, बालस्वास्थ्य महाशाखाको पछिल्लो तथ्याङ्कका अनुसार अझै पनि ४५ प्रतिशत महिलाले जन्मेको एक घण्टाभित्र नवजात शिशुलाई स्तनपान गराउँदैनन् । अर्कोतर्फ दुई वर्षभित्र पूर्ण स्तपान गराउनेको सङ्ख्या ६६ प्रतिशतभन्दा माथि पुगेको छैन । यसैगरी, एक महिनासम्म ७९, दुईदेखि तीन महिनासम्म ७२, चारदेखि पाँच महिनासम्म ४० प्रतिशत र ६ देखि आठ महिनासम्म ६ प्रतिशत आमाले मात्र स्तनपान गराउने गरेको महाशाखाले जनाएको छ । नेपालमा स्तनपान प्रवद्र्धनका लागि चेतनामूलक कार्यक्रम साताव्यापी रुपमा मनाउन शुरु भएको २५ वर्ष बितिसक्यो तर यस क्षेत्रामा उल्लेख्य प्रगति देखिएको छैन । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा राजेन्द्र पन्त ग्रामीण क्षेत्रमा जनचेतनाको अभाव र शहरी क्षेत्रमा स्तनपानको विकल्पमा अन्य दूधको प्रयोग हुने गरेको बताउँछन् । उनी भन्छन्, “नवजात शिशुलाई आमाको बिगौती दूध बराबरको पोषण अरू केही हुन नै सक्दैन, एक वर्षसम्म यसको विकल्पमा अरू दूध प्रयोग गर्नु हुन्न । यसमा विभागले चेतनामूलक तथा अन्य कार्यक्रम जारी राखेको छ ।” उसो त स्वास्थ्य मन्त्रालयले स्तनपानको प्रवद्र्धन गर्न आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री तथा नियन्त्रण) ऐन २०४९ तथा नियमावली २०५१ जारी गरेको छ । यसमा आमाको दूधलाई प्रतिस्थापन गर्ने दूध तथा अन्य पदार्थ बिक्री–वितरणमा पूर्ण प्रतिबन्ध तथा प्रवद्र्धन गरेमा स्वास्थ्यकर्मीलाई कारबाही समेतको प्रावधान रहेको छ । पोषणविद् प्राडा मधु दीक्षित देवकोटा स्तनपानले शिशु र आमा दुवैलाई फाइदा पुग्ने बताउँछछन् । उनका अनुसार आमाको दूधमा शिशुलाई आवश्यक पर्ने सबै तत्व हुन्छ जसले शिशुको आवश्यक विकास तथा वृद्धिमा सहयोग पुर्याउँदछ । उनी भन्छन्, “स्तनपान गराउँदा निस्कने हार्मोनले आमाको तनाव कम गर्न, शिशु जन्मनासाथ छातीमा टाँसेर राख्दा यसले पाठेघर खुम्चिने प्रक्रिया उत्तेजित भई सालनाल निस्कन तथा रक्तस्राव बन्द गराउँदछ ।” अर्कोतर्फ पूर्ण स्तनपान नपाउँदा बालबालिकामा कुपोषण शिकार हुनुपरिरहेको छ । संयुक्त राष्ट्र संघीय बालकोष (युनिसेफ)का पोषण विज्ञ प्रद्युम्न दाहाल कुपोषणका कारण बालबालिकामा पुड्कोपन हुने बताउँछन् । यसैबीच, ‘सबै मिली स्तनपानलाई दिगो बनाऔँ’ भन्ने नाराका साथ नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी विश्व स्तनपान दिवस मनाउन शुरु गरिएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending