म्याग्दी, म्याग्दीको राम्चे गाविसको नांगी गाउँका महिलाले अवसर पाएमा महिला पनि पुरुषभन्दा कम छैनन् भन्ने उदाहरण प्रस्तुत गरेका छन् ।
राम्चेको १ र २ नम्बर वडाका महिलाले नेतृत्व गरेपछि खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय म्याग्दीमार्फत गत वर्षदेखि सुरु भएको नांगी खानेपानी तथा सरसफाइ योजना निर्माण कार्य पूर्वानुमानभन्दा कम लागत र निर्धारित समयभन्दा छिटो सम्पन्न भएको छ ।
५८ लाखमा आगामी असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको योजनाबाट उपभोक्ता समितिको सक्रियताका कारण तीन महिनापहिले नै खानेपानी वितरण सुरु भइसकेको खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय म्याग्दीका प्रमुख इन्जिनियर शेखरचन्द्र केसीले बताए ।
उनका अनुसार कार्यालयले ३२ लाख रुपैयाँ सहयोग गरेको योजना निर्माण गर्न उपभोक्ताको २० प्रतिशत सहभागिता रहेको छ । योजनामार्फत नांगी गाउँका २६ वटा घर, सामुदायिक लज र विद्यालयमा व्यक्तिगत धारा जडान गरेर खानेपानी वितरण गरिएको उपभोक्ता समितिका अध्यक्ष राममाया पुनले बताए ।
उपभोक्ता समितिको पदाधिकारीसहितको ११ जनाको कार्यसमितिमा सबै महिला छन् । अध्यक्ष पुनका अनुसार गाउँका ८० घरधुरीले पाँच दिन श्रमदान गरेको योजनाका लागि समितिका पदाधिकारी तथा सदस्यहरुले १६० दिनको समय र श्रम उपलब्ध गराएका छन् । योजनाको स्थानीय स्तरमा जनसहभागिता जुटाउनेदेखि जिल्ला स्तरमा समन्वय गर्नेलगायत सबै कामको नेतृत्व महिलाबाटै भएको हो ।
ग्रामीण क्षेत्र भए पनि घरघरमा व्यक्तिगत धारा जडान भएकाले स्थानीयलाई सुविधा मिलेको छ । उपभोक्तालाई सुविधाका साथै योजनालाई व्यवस्थित र संरक्षण गर्न सहज हुने भएकाले व्यक्तिगत धाराको अवधारणा उपयोगमा ल्याइएको हो । ३० वर्षअघिको योजनाको संरचना जीर्ण भएपछि खानेपानी वितरण प्रणाली व्यवस्थित तथा शुद्ध खानेपानी आपूर्ति हुन नसकेको र त्यसको प्रभाव महिलामा बढी देखिएकाले उनीहरुलाई नै नेतृत्व प्रदान गरेर नयाँ योजना बनाइएको स्थानीय हिमाञ्चल उच्च माविका शिक्षक कृष्ण पुर्जाले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: