Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

एउटा पूर्खाले जन्माएको कमल र लिलि फूलबारे

[caption id=\"attachment_147685\" align=\"alignleft\" width=\"750\"]\"\" नयाँ अध्ययनले सुझाएको प्राचीन फूलको स्वरुप[/caption] सबै जीवित फूलहरु १४ करोड वर्ष पहिलेको एउटा पुर्खा फूलबाट विकसित भएको नयाँ वैज्ञानिक अध्ययनले बताएको छ । वैज्ञानिकहरुले फूलको विकासक्रमका नमूनाहरु हेरेका थिए । त्यसक्रममा अहिलेसम्मकै सबभन्दा धेरै जीवित फूलका प्रकारहरु जम्मा पारेर ती फूलको प्रकृति अध्ययन गरिएको थियो । वैज्ञानिकहरुले विभिन्न विश्लेषण पछि पुर्खा फूलको आकारप्रकार अनुमान लगाएका थिए । सोचेको भन्दा परिणाम निकै कम जटील पाएको उनीहरुले बताएका छन् । आधुनिक वाटर लिलिसँग मेल खाने पुर्खा फूलमा पुष्पपत्ताहरु तीनवटा समूहमा रहेका, एक केन्द्रिकृत वृत्त वरपर फैलिएका र एकभन्दा बढी भाले र पोथी अंग रहेका वैज्ञानिकहरुले बताएका छन् । अनुसन्धानकर्ताहरुले आफ्ना खोजलाई जीवाशेषसँग दाँज्न पाए हुन्थ्यो भनेका छन् । [caption id=\"attachment_147687\" align=\"alignleft\" width=\"750\"]\"\" कमल (दायाँ) र लिलि (बाँया) फूलहरु[/caption] नेचर कम्युनिकेशनमा प्रकाशित लेखका एक लेखक युनिभर्सिटी प्यारीस सड फ्रान्सका हार्भे सौकेटले भने, \"पुर्खा फूलसँग ठ्याक्कै मेल खाने फूल अहिले जीवित छैन । तर होस पनि कसरी। त्यो फूल चौध करोड वर्ष अघि फुलेको थियो जुन आज अनेक प्रकारका फूलमा विकसित भएको छ ।\" सौकेटले भने, \"हामी फूलको सुन्दरतासँग परिचित छौं । त्यसको प्रजनन अंगहरु अहिले जीवित ९० प्रतिशत विरुवाको जस्तै थियो । तर तीनको उत्पत्ति र शुरुको विकास क्रम भने रहस्यकै रुपमा छ। अहिलेको फूलको पुर्खा मानिएको त्यसबेलाको फूलको जीवाशेष फेला परेको छैन ।\" अध्ययनमा संलग्न नभएका युनिभर्सिटी अफ बर्मिङघम यूकेका डा. जेसन हिल्टनले भने- \"पुर्खा फूलको आकार र त्यसको संरचना अहिलेसम्म रहस्यकै रुपमा छ । उदाहरणका लागि पुराना फूलहरु एकलिङ्गी थिए कि दुई लिङ्गी ? तिनको परागसेचन हावाले गर्थ्यो कि किराले भन्ने हामीलाई थाहै छैन ।\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy