Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

पत्रकार बलात्कार गर्ने हाकिम पक्राउ

काठमाडाैं, ९ महिनाको चिनजानपछि आफ्नो अस्मिता लुट्ने दूरसञ्चारका हाकिम यादवप्रसाद घिमिरे फागुन २५ गते पक्राउ परे । हाल डिल्लीबजारस्थित कारागारमा कैद भुक्तान गर्दैछन् तर पीडित पत्रकार किरण सेन ठकुरी भने विदेश पलायन हुने क्रममा छिन् । आजको जनआस्थामा खबर छ – न्यायालयले न्याय नदिएको पनि होइन । जिल्ला अदालतले जेलमा हालेको कसुरदारलाई पुनरावेदनले बेकसुर ठहर्यायो तर गत पुस ३ गते सर्वोच्चले पुनः बलात्कारी ठहर गर्यो । पाँच वर्ष कैद र डेढ लाख रुपैयाँ क्षतिपूर्ति तोक्यो  पाल्पा, बन्दी पोखरा–१ घिमिरे जेल त पुगे तर ठकुरीले क्षतिपूर्ति पाइनन् । ‘जाहेरवालीले नै प्रतिवादीको जेथा देखाई कानुनका म्यादभित्र निवेदन दिए यादवप्रसादको जुनसुकै जेथाबाट असुल गरी भराइदिनू’ भनी सर्वोच्चले जिल्ला अदालत कास्कीलाई लेख्यो तर विचरा कताको मालपोत, कहाँको नापी किरण सेन धाउनसक्ने अवस्थामा नै छैनन् । आफ्नो कर्मथालो, जन्मथलो स्याङ्जाबाट सामाजिक रुपमा उपेक्षित छिन् । एक ढंगले बलात्कारको सिकार भएकालाई विस्थापित गर्ने हाम्रो समाजको प्रवृत्ति नै छ । बलात्कारमा परेपछि विवाह गर्न गाह्रो, सक्रिय ढंगले आफ्नो अधिकारका लागि हिँडौँ, अनेकौँ लाञ्छना र दोष लाग्ने डर । अस्मिता त लुटियो, इज्जत नै जान्छ कि भन्ने मानसिक तनाव ! त्यहि भएर अब मुलुक नै छाड्ने सोचमा छिन् । किरण सेनको पीडा जति कारुणिक छ, उनको मुद्दा फैसलाका क्रममा वकिलहरुले गरेको जिकीर त्यति नै अचम्मका छन् । जिल्ला अदालत कास्की न्यायाधीस हरिकुमार पोखरेलले २०६५ माघ २९ गतेको फैसलामा लेखे, ‘जर्बजस्ती करणीका कसुरले पीडितको जीवन, सुध्रिने नसकनेगी तहसनहस पार्नेबारे भारत र बंगलादेशमा भएका फैसला, जर्बजस्ती करणी महलको ३ (५) नम्बरबमोजिम अभियोग प्रमाणित भएको । निजले सुन्दर भविष्य बोकेकी एक शिक्षित महिलाविरुद्ध कसुर गरेको देखिन्छ । उमेरले पीडित प्रतिवादीको छोरीसमानकी छन् । ’ २२ वर्षीया उनको जिन्दगीमा तत्काल पुग्न गएको मनोवैज्ञानिक पीडा र सुदूर भविष्यसम्म रहिरहने पीडानुभूतिलाई विचार गर्दा निज प्रतिवादी यादवप्रसाद घिमिरेलाई सो कसुर गरेबापत ६ वर्ष कैद हुने ठहर्छ ।’ क्षतिपूर्ति निर्धारण गर्दै फैसलामा लेखिएको छ, ‘प्रतिवादी नेवाल टेलिकमजस्तो आफ्ना कर्मचारीलाई मनग्य आर्थिक सुविधा प्रदान गर्ने कार्यालयलाई शाखा प्रमुख पदमा कार्यरत रहेको देखिँदा निजबाट पीडितले क्षतिपूर्तिस्वरुप रु १ लाख ५० हजार भरी पाउने ठहर्छ ।’ पछि पुनरावेदन रिट दिँदा घिमिरेले ‘बंगलादेश उच्च अदालतबाट भएको फैसलालाई प्रस्तुत मुद्दामा नजिरको रुपमा अनुशरण गर्न मिल्दैन’ भन्ने जिकिर गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE