श्रावण ३२ गते, २०७४ बुधवार 16th August, 2017 Wed१०:२७:१० मा प्रकाशित
[caption id=\"attachment_148759\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption]
वीरगञ्ज । विगत केही दिन यता परेको अविरल वर्षाको कारण विभिन्न खोला तथा नदीमा आएको बाढीले पर्सा जिल्लाको दुर्गम गाउँका बाढीपीडित बासिन्दा बिरामी पर्न थालेका छन भने विभिन्न किसिमको रोगको जोखिम बढ्दै गएको छ ।
पर्सा जिल्लाका पश्चिम क्षेत्रमा रहेको दुर्गम गाउँ मिर्जापुर, सम्झौता, जयमंगलपुर, भिश्वा, जानकिटोला, भिखमपुर, बन्जारेलगायतका गाउँका बाढीपीडित झाडापखाला, विषमज्वरो, रुघाखोकी, श्वासप्रश्वास, जिउचिलाउने रोगबाट प्रभावित भएको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।
जनस्वास्थ्य कार्यालयमा पर्याप्त मात्रामा औषधि भएको बताउँदै प्रमुख जनस्वास्थ्य अधिकृत राजकिशोर पण्डितले तर बाढीको कारण बाटोघाटो कटानमा परेकाले यातायातको असुविधाको कारण दुर्गम गाउँमा भने औषधि पठाउन नसकिएको बताए ।
औषधि लिन जिल्ला जनस्वास्थ्य कार्यालय आएका जयमंगलपुर स्वास्थ्य चौकीका इन्चार्ज रामईश्वर रामले भिष्वा, सम्झौता, मिर्जापुर, पकहामैनुरजस्ता दुर्गम गाउँमा औषधिको अभाव रहेको र उक्त ठाउँमा समयमै औषधि नपाए महामारी फैलिन सकिने राससलाई बताए ।
पर्सा जिल्लाको पश्चिमी भेगमा रहेको कतिपय गाउँ विकट क्षेत्रमा रहेको र सो ठाउँमा औषधि पुग्न नसकिने भए पनि हामीले रोगबारे खबर प्राप्त हुन साथ पायक पर्ने ठाउँमा औषधिसहितको टोली पठाउने गरेको जनस्वास्थ्य अधिकृत अमलेश्वर मिश्रले बताए ।
विभिन्न रोग फैलिएका कतिपय गाउँका स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी र चिकित्सक देखा नपरेको र औषधिसमेत अभाव रहेकाले बाढीपीडित बिरामीले उपचार पाउन नसकेको गुनासो बढ्दै गएको छ । कतिपय ठाउँमा स्वास्थ्य शिविरसमेत सञ्चालन गरिएको छ ।
बाढीपीडित बासिन्दा खुला आकाशमुनि बस्न बाध्य भएकाले महिला, बालबालिका तथा वृद्धवृद्धा विभिन्न रोगको शिकार हुँदै आएका छन् । बाढीको कारण ग्रामीण क्षेत्रका सडक क्षतिग्रस्त भएकाले आवतजावत गर्न समस्या भएकाले बिरामी सदरमुकामसम्म आउन नसक्दा उनीहरु झन सिकिस्त पर्न थालेका छन् ।
कतिपय गाउँमा रहेका स्वास्थ्य चौकी डुबानमा परेकाले त्यहाँ रहेका औषधिसमेत नष्ट भएकाले रोग फैलिन नदिन दुर्गम गाउँमा समेत जिल्ला जनस्वास्थ्य कार्यालयले औषधि उपलब्ध गराउनुपर्ने माग बाढीपीडितको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: