गोरखाबजार, गोरखाको पर्यटकीय पदमार्गमा पर्यटकको सुरक्षाको व्यवस्था गर्न पर्यटन सम्बद्ध संस्थाले माग गरेका छन् ।
पर्यटकको चाप बढ्दै गएको मनास्लु पर्यटन पदमार्ग र रुवीनाला पर्यटन पदमार्गको ठाउँ–ठाउँमा पर्यटक लुटिएको भन्दै धार्चे मनास्लु पर्यटन समितिले सुरक्षाको प्रबन्ध गर्न जिल्ला प्रशासन कार्यालय गोरखा र जिल्ला प्रहरी कार्यालय गोरखासँग अनुरोध गरेको छ ।
समितिका अध्यक्ष साने गुरुङले आन्तरिक तथा बाह्य पर्यटकको सुरक्षाका लागि पर्यटक प्रहरी र ठाउँ–ठाउँमा प्रहरी चौकी राख्नुपर्ने बताए ।
सहायक प्रमुख जिल्ला अधिकारी दीपेन्द्र पौडेल र प्रहरी नायब उपरीक्षक अर्जुनचन्द ठकुरीलाई आज एक पत्र बुझाउँदै अध्यक्ष गुरुङले पर्यटकको सुरक्षामा ध्यान दिन माग गरे । पर्यटकहरु लुटिने क्रम बढ्दै गयो भने पर्यटन क्षेत्रमा दीर्घकालीन असर पुग्ने उनको भनाइ छ ।
अहिले मनास्लु पदमार्गको आरुघाट, आर्खेत, सिर्दिवासको फिलिम र सामागाउँमा मात्रै प्रहरी चौकी छ । बा¥ह दिनदेखि १८ दिनसम्मको पदयात्राका क्रममा प्रहरी नभेटिँदा पर्यटकले असुरक्षित महसुस गरेका स्थानीयवासी बताउँछन् । त्यस्तै रुवीनाला पर्यटन पदमार्गको सुरुको बिन्दु बारपाकमा मात्रै प्रहरी चौकी छ । अन्य ठाउँमा प्रहरी नहुँदा धार्चेलगायत क्षेत्रमा चोरीको घटना बढेको छ । यसैबीच, जिल्ला प्रहरी कार्यालयले पदमार्गमा पर्यटक प्रहरी राख्ने तयारी गरेको छ । प्रनाउ ठकुरीकाअनुसार पदमार्गको ११ ठाउँमा पर्यटक प्रहरी राखिनेछ । तत्कालीन प्रहरी नायब उपरीक्षक रमेश थापाले पदमार्गमा पर्यटक प्रहरी राख्न प्रक्रिया सुरु गरेका थिए । मनास्लु पदमार्गमा बर्सेनि छ हजारको हाराहारीमा विदेशी पर्यटक घुम्न जाने गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...



प्रतिकृया लेख्नुहोस्: