Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

के हेरिरहेछन् महामारीग्रस्त भेगका एनजीओ

काठमाडौं, जाजरकोट, जुम्ला र कालिकोटका जनताले महामारी नियन्त्रणका लागि समान्य औषधी नपाइरहेको अवस्थामा तिनै जिल्लाहरुलाई मुख्य आधार बनाएर उनै प्रकोपग्रस्त जनताका नाममा क्रियाशील विभिन्न २५ वटा एनजीओले ५८ करोड ४३ लाख ८३ हजार रकम खर्च गरिरहेको कुरा समाज कल्याण परिषद्ले खबरडबलीलाई उपलब्ध गराएको विवरण हेर्दा स्पष्ट हुन आएको छ । ती २५ वटा एनजीओमध्ये स्वास्थ्य क्षेत्रमा काम गर्न भनेर मात्रै खोलिएका ८ एजजीओ छन् । तर, यत्तिका एनजीओ र त्यति ठूलो धनराशिको खोलो बगाइँदा समेत अहिले महामारीबाट पीडित जनता त्यस्तो सेवाबाट लगभग बेखर नै भएको पाइएको छ । दुर्गम भेगका गरिब जनता र तिनको स्वास्थ्यका लागि भनिए पनि ती एनजीओहरु जनताको स्वास्थ्यप्रति उदासिन नै रहेको सरकारी निकायका अधिकारीहरु बताउँछन् । जनताको स्वास्थ्य तथा उनीहरुको वृत्ति विकासका लागि भन्दै खोलिएका एनजीओ तथा आईएनजीओहरुले दर्जनौ जनताको जीवन एकैसाथ धरापमा पर्दा र त्यत्रो महामारी फैलँदा देखाएको उदासिनताले एनजीओहरु के गर्दैछन् र उनीहरु कसको ‘विकास’ चाहन्छन् ? गम्भीर प्रश्नचिहन खडा भएको छ । गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा जाजरकोट, जुम्ला र कालिकोटमा काम गर्ने एनजीओहरुको संख्या झन्डै दुई गुणाले बढेको देखिन्छ । त्यसैगरी ती एनजीओले खर्च गर्ने रकम पनि एक गतवर्षको तुलनामा यस वर्ष झन्डै तीन गुणा वृद्धि भएको देखिन्छ । तर, ती एनजीओको भूमिकाकै कारण त्यस भेगका जनताको कुनै पनि क्षेत्रमा स्तरोन्नति भएको नदेखिएको स्थानीयवासी बताउँछन् । बाहिरबाट हेर्ने र अवलोकन गर्ने कसैले पनि एनजीओमार्फत जनजीवनमा सुधार आएको भन्न सकिने एउटा आधार पनि देखापरेको पाइँदैन । समाज कल्याण परिषद्ले उपलब्ध गराएको तथ्यांक हेर्दा गत आर्थिक वर्षमा १८ वटा एनजीओले अन्तर्राष्ट्रिय दातृ निकायबाट १८ करोड ७५ लाख  ८३ हजार खर्च गरेको देखिन्छ । त्यस्तै यस आर्थिक वर्षमा ती एनजीओले खर्च गर्ने बजेट ५८ करोड ४३ लाख ८३ हजार छ । जसमध्ये स्वास्थ्य क्षेत्रमा मात्रै काम गर्ने विभिन्न आठ एनजीओले चालू आर्थिक वर्षमा खर्च गर्ने बजेट ५ करोड ६९ लाख ३६ हजार छ । कागजी र कानुनी नरजमा देखिएको एनजीओको यत्रो ‘सक्रियता’ का बाबजुद त्यस क्षेत्रका जनताले झाडापखाला नियन्त्रण गर्ने समान्य औषधी, ज्वरो–रुघाखोकीमा प्रयोग गरिने सिटामोललगायतका सामान्य ‘एन्टिबायोटिक’ समेतको अभावका कारण ज्यान गुमाइरहेका छन् । यतिबेला जाजरकोटका विभिन्न गाउँहरुमा फैलिएको ‘स्वाइन फ्लु’ तथा ‘भाइरल फ्लु’ को महामारी केही हदसम्म नियन्त्रणमा आएको बताइए तापनि जुम्ला र कालिकोटमा भने यसको महामारी दिनानुदिन फैलँदो क्रममा नै छ । महामारीमा परी बुधबारसम्म जाजरकोटका २८ जनाले ज्यान गुमाइसकेका छन् भने अझै पनि ४ हजारभन्दा बढी नागरिक उपचारको अवसरबाट वञ्चित छन् । महामारी क्षेत्रमा औषधीको चरम अभाव कायमै छ । रुघाखोकी लाग्ने, टाउको दुख्ने, ज्वरो आउने, हात झम्झमाउने तथा बान्ता हुने लक्षणसहितको रोगले जाजरकोटका दुर्गम अर्छानी गाविसबाट सुरु भएको महामारीले पाँच गाविसलाई प्रभावित पारेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE