Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

एउटै वडाबाट दुई करोडको तरकारी बिक्री

दैलेख, नारायण नगरपालिका–२ का सर्वराज भण्डारीले वार्षिक रु आठ लाख बराबरको तरकारी बिक्री गर्ने गरेका छन् ।

करेसाबारीबाट सुरु गरेको तरकारीखेती अहिले १३ रोपनी जग्गामा फैलिएको छ । त्यही १३ रोपनी जग्गामा भण्डारीले वर्षभरि विभिन्न तरकारी लगाउने गर्छन् । जग्गा भाडामा लिएर तरकारी लगाउन सुरु गरेका उनले तरकारीकै आम्दानीबाट त्यही जग्गा समेत किने ।

\'घरपरिवारबाटै सहयोग पाइएकाले व्यावसायीक तरकारी खेती गर्न सहयोग पुगेको हो\' उनले भने । उनलाई तरकारी सदरमुकाम दैलेख बजारसम्म पु¥याउन हम्मेहम्मे पर्ने गरेको छ ।

सर्वराजले जस्तै सोही वडाका खगेन्द्रबहादुर थापाको अधिकाँश समय तरकारी उत्पादनमै वित्ने गरेको छ । उनी जिल्ला विकास समितिका नायवसुब्वा समेत हुन् । कार्यालयको समयबाहेक अरुबेला थापा तरकारी उत्पादनमै व्यस्त हुने गर्दछन् । गोलभेँडा, बन्दागोभी, आलु र काउलीबाटै रु पाँच लाखसम्म आम्दानी गर्ने गरेको उनले बताए ।

भण्डारी र थापाले मात्र तरकारी उत्पादन गर्ने गरेका होइनन् । नारायण नगरपालिका–२ का अधिकाँशले तरकारी व्यवसाय गर्दै आएका छन् । सो एउटै वडाबाट मात्रै वार्षिक रु दुई कारोड बराबरको तरकारी बिक्री हुने गरेको छ । उत्पादन भएको तरकारी सदरमुकाम तथा जिल्लाका अन्य ठाउँमा खपत हुने गरेको छ ।

कृषि बिकास कार्यालयका निमित्त प्रमुख वरिष्ठ कृषि विकास अधिकृत सूर्यनाथ योगीले उत्पादन भएको तरकारी सदरमुकाममा सहजै खपत भइरहेको बताए ।

\'विगतमा नेपालगञ्जबाट तरकारी आयात गर्नुपथ्र्यो, अहिले यही उत्पादन भएको खाइरहेका छौँ\' उनले भने । तरकारी बिक्रीवितरण व्यवस्थित गर्नका लागि संकलन केन्द्रको आवश्यकता रहेको उनको भनाइ छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: