Khabar Dabali ३१ जेष्ठ २०८३ आईतवार | 14th June, 2026 Sun
Investment bank

अध्यक्ष आचार्य भन्छन्–अब महासंघमा गैरपत्रकार अटाउँदैनन्

\"\"भक्तपुर । नेपाल पत्रकार महासंघमा अब गैर पत्रकार नअटाउने भएका छन् । महासंघका नवर्विाचित पदाधिकारीले निर्वाचित भएपछि पहिलो पटक बोल्दै महासंघमा गैरपत्रकारलाई सदस्यता नदिने उद्घोष गरेका हुन् । रफत सञ्चार क्बलले महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधाइ तथा सम्मान गर्न बिहिवार आयोजित कार्यक्रममा बोल्दै उनले अबदेखि महासंघको सदस्यता वितरण एवं नविकरण गर्दा सार्वजनिक सुनुवाई गरेर पत्रकार भएको पुष्टी भए मात्रै सदस्यता वितरण गर्ने उद्घोष गरेका छन् । उनले भने—“पत्रकारिता पेशालाई नै शुद्धिकरण गर्नका लागि अबदेखि महासंघले सदस्यता वितरण गर्दा सार्वजनिकरुपमा सुनुवाई गरेर मात्र सदस्यता प्रदान गर्नेछौं, शुद्धिकरण अभियानबाटै अब गैर पत्रकार महासंघको सदस्यता बन्न दिने छैनौं ।” उनले अझै पनि पत्रकारहरुको पेशागत र भौतिक असुरक्षा नभएको भन्दै पत्रकारहरुको पेशागत सुरक्षालाई महासंघले पहिलो मुद्दा बनाउने बताए । महासंघका उपाध्यक्ष दिलिप थापामगरले महासंघलाई कुनै पार्टी र व्यक्तिको घर नभइ पबित्र मन्दिर बनाउने बताए । उनले महासंघ पत्रकार हकहित र सुरक्षाका लागि निरन्तर संघर्षमा लागि लड्ने भन्दै पेश स्वतन्त्रता पहिलो मुद्दा बनाउने दाबी गरे । महासंघका महासचिव रमेश विष्टले महासंघले पत्रकार र सञ्चार माध्यम दुबै पक्षलाई सक्षम बनाएर अगाडि बढाउने बताउनुभयो । उहाँले साना लगानीका सञ्चार माध्यमलाई सक्षम बनाएर अगाडि बढ्ने उनको भनाइ छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्कराराज बुढाथोकी, रफत संचार क्लबका अध्यक्ष शुशिलबन्धु थापाले महासंघले गैर पत्रकार प्रवेश गर्ने ढोका बन्द गर्दै श्रमजिवी पत्रकारको हकहितमा लागनुपर्नेमा जोड दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending