Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

सरकारी चिकित्सकले निजी क्लिनिक चलाउन नपाउने

\"\"धनुषा । स्वास्थ्यमन्त्री गिरिराजमणि पोख्रेलले सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई निजी क्लिनिक सञ्चालन नगर्न निर्देशन दिएका छन् । जनकपुर अञ्चल अस्पतालको निरीक्षणमा पुगेका मन्त्री पोखरेलले चिकित्सक तथा व्यवस्थापन समितिका पदाधिकारीसँग अन्तक्र्रिया गर्दै सरकारी चिकित्सकहरुलाई निजी क्लिनिक नचलाई दिन निर्देशन दिएका हुन् । उनले भने, ‘निजी क्लिनिक नचलाई दिनुस्, यो दबाब होइन तर राष्ट्रिय आवश्यकता हो, स्वास्थ्य क्षेत्रमा सुधार गर्न यो अनिवार्य छ ।” जनकपुर अञ्चल अस्पतालबारे निकै गुनासो आएपछि स्वास्थ्यमन्त्री पोख्रेलले डा रामपरीक्षण यादवलाई मेडिकल सुपरिटेन्डेन्ट (मेसु) बाटहटाइ दुई साताअघि मात्र नियुक्त गरेका मेसु डा. कल्पना बछारलाई लक्षित गर्दै भने, – “निजी क्लिनिक बन्द गर्ने कामको शुरुवात मेसुबाटै हुनुपर्दछ । आफै निजी क्लिनिक सञ्चालन गर्नेले अरुलाई निर्देशन दिनसक्दैन । त्यसैले मेसुले अबिलम्व निजी क्लिनिक बन्द गर्नुपर्दछ ।” बिरामीको अत्याधिक चाप रहने यस अस्पताल सुधार गर्नुपर्नेमा जोड दिंदै उनले अब हामीले क्षेत्रीय होइन, प्रान्तीय दृष्टिकोणले नीति बनाउनुपर्ने र यहाँ रहेका क्षेत्रीय प्रयोगशालालाई प्रान्तीय प्रयोगशालाको रुपमा विकसित गर्नुपर्ने धारणा व्यक्त गरे । विगत करिब दुई वर्षदेखि सञ्चालन हुननसकेको यस अस्पतालको आइसीयु सेवा शीघ्र सञ्चालन हुने बताउँदै उनले सरकारी अस्पताल र स्वास्थ्य केन्द्रको व्यवस्थापनमा संवेदनशील भएर काम गर्न कर्मचारीलाई निर्देशन दिए । अन्तक्र्रियामा सहभागी चिकित्सकले यस अस्पतालमा भौतिक पूर्वाधारका साथै जनशक्ति अभाव रहेको गुनासो गरेका थिए । ‘दैनिक झण्डै एकसय महिलालाई प्रसूति सेवाका लागि दुई विज्ञ, चार मेडिकल अधिकृत र १६ जना नर्स मात्र छन् । सयजना बिरामीलाई तीन नर्सले कसरी स्याहार गर्ने रु’ प्रसूति रोग विशेषज्ञ डा रामनरेश पण्डितको गुनासो थियो । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies