Khabar Dabali ३१ जेष्ठ २०८३ आईतवार | 14th June, 2026 Sun
Investment bank

एमालेले बुढानिलकण्ठमा गरेको धाँधलीको आयोगले आज छानविन गर्ने

[caption id=\"attachment_136723\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption] काठमाडौं । निर्वाचन कार्यालयका कर्मचारीको मिलेमतोमा नेकपा एमालेका नगर अध्यक्षको घरमा बसेर मतदाता नामावली संकलन गरिएको भन्दै विवाद भएको काठमाडौको बुढानीलकण्ठ नगरपालिकामा आजदेखि छानविन हुने भएको छ । मध्यरातमा एमाले नेताको घरमै मतदाता नामावली संकलन गरिरहेको अवस्थामा पक्राउ निर्वाचन आयोगको टोली आज दिउसो एक बजे बुढानिलकण्ठ नगरपालिकाको कार्यालय गोल्फुटार पुगेर छानविन सुरु गर्न लागेको आयोग स्रोतले जनाएको छ । स्थानीय तहमै मतदाता नामावली संकलन गर्ने समय गत तीन गते सकिए पनि राति अबेरसम्म एमाले नेताको घरमा फोटोसहितको मतदाता नामावली तयार पारिरहेको भेटिएपछि आयोगले छानविन गर्न लागेको हो । एमालेको ज्यादतीपछि बुढानिलकण्ठ नगरपालिका स्थानीयले लगाए ताल्चा नामावली तयार पारिरहेका बेला राति दुई बजेतिर एमाले नेता, निर्वाचन कार्यालयका कर्मचारीसहित तीन जनालाई नामावली संकलन गर्ने उपकरणसहित प्रहरीले पक्राउ गरेर महारजगञ्जस्थित प्रहरी कार्यालयमा राखेको थियो । प्रहरीले एमालेको बुढानीलकण्ठ नगरपालिका अध्यक्ष दिपक निरौलाको घरबाट निर्वाचन कार्यालयका कर्मचारी आकृत खत्री, बुढानीलकण्ठ ९ का वडाध्यक्ष राजेन्द्र सापकोटा, अर्का एक जना वडा सदस्यलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । न्याय माग्दै शेखर कोईराला र गगन थापा निर्वाचन आयोगमा घटनापछि कांग्रेस लगायतका पार्टीहरूले सत्य तथ्य छानविन गर्न, कार्यालय समय वाहिर संकलित नामावली बदर गर्न र दोषी कर्मचारी तथा एमाले नेतालाई कारवाही गर्न माग राख्दै भाद्र ४ गतेदेखि बुढानिलकण्ठ नगरपालिका कार्यालयमा धर्ना लगायतका विभिन्न कार्यक्रमहरू संचालन गर्दै आईरहेका थिए । उनीहरुको प्रदर्शनले मात्रै सुनुवाई नभएपछि कांग्रेस नेता शेखर कोईराला, क्षेत्र नं. ४ का सांसद गगनकुमार थापा सहित काँग्रेस नेता कार्यकर्ताहरुको टोलीले निर्वाचन आयोगमा निवेदन दर्ता गराउदै छानविन गर्न माग गरेको थियो । कर्मचारी तथा जनप्रतिनिधिको अनधिकृत क्रियाकलापका कारण बुढानिलकण्ठ नगरपालिकाका धेरै बासिन्दाले नाम दर्ता गर्न नपाएकाले नाम दर्ता गर्ने लगायतका कार्यका लागि पुनःव्यवस्था गर्न पनि निवेदनमा माग गरिएको छ । निवेदनमा अनधिकृत रुपमा मतदाता नामावली सङ्कलन कार्यमा संलग्न कर्मचारी तथा जनप्रतिनिधिलाई प्रचलित नेपाल कानुन तथा सार्वजनिक सुरक्षा ऐन समेतका आधारमा हदैसम्मको कारवाही गर्न आयोगको ध्यानाकर्षण गराइएको छ । ध्यानाकर्षण गराउन पुगेका सांसद तथा काँग्रेस नेता कार्यकर्ताहरुलाई आयोगका प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले अभिलम्ब छानविन कार्य अगाडी बढाई दोषीलाई कारबाही गर्ने अठोट व्यक्त गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending