Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

प्रचण्ड ! पहिले गर आफ्नै पहिचानको सुरक्षा

यतिबेला देश संविधान निर्माणको चटारोले तातेको छ्र । केही हुप्सिलहरु संविधान आउनेबित्तिकै चमत्कार हुने र नआउनेबित्तिकै आकाश खस्नेजस्तो गर्दैछन् । अझ अहिलेसम्म आफैंले आकाश थामेको हुटिट्याऊँ तर्क गर्दैछन् कतिपय दल र नेताहरु । दलहरु प्रत्यक्षतः जनजीवन परिवर्तन गर्नेभन्दा पनि आफ्नै राजनीतिक अस्तित्व कसरी जोगाउने र सके आफ्नो पहुँच अलिक बढाउने, नसके पनि भएजति कायम राख्ने उद्देश्यले संविधानसभामा जोरजुलुम गरिराखेका छन् । कांग्रेस–एमालेसहितको एउटा यथास्थितिवादी झुन्ड, जो अनेक तिकडमबाट संविधानसभामा बहुमतमा छन्, ती आफू दाता र अरु सबै माग्ने हुन् जस्तो गरिरेका छन ताकि तिनले ‘तथास्तु’ भनेपछि सब ठीक हुनेछ । जतिबेला माओवादीले उत्पीडितहरुलाइ अधिकार दिनुपर्छ , पहिचान दिनुपर्छ भन्यो तब तिनीहरुले माओवादीलार्इ अपराधीजस्तो माने । त्यस्तो ठानेनन् मात्रै, उत्पीडितलाइ अधिकार दिनेबित्तिकै देश टुक्रिने फत्तुर तर्क समेत गरे । उनीहरुको एकलजातीय साम्राज्यले मात्र राट्रियता बच्ने महेन्द्र तर्क गरे । उनीहरु लाजै नमानी भन्छन्– उनीहरुभन्दा असली राष्ट्रवादी कोही छैन । उनीहरु ठान्छन्– महाकाली, गण्डकी, कर्णालीहरु बेचेको ठीक भएर नै जनताले चुनावमा आफूहरुलाई पत्याएका हुन् ! पहिचानकै विषयले अघिल्लो संविधानसभाको हत्या भयो, अहिलेको संविधानसभाको अवैध गर्भ रह्यो र कपुत सन्तानरुपी दोस्रो संविधानसभा जन्मायो । वास्तवमा यी सबै परिघटनाका सबैभन्दा जिम्मेवार पात्र प्रचण्ड नै हुन् ।प्रचनण्डको मुद्दा सही भएर पनि उद्देश्यप्रति बेइमानी र सम्झौतापरस्त कार्यनीतिकै कारण यथास्थितिवादीहरुले टाउको उठाउन पाएका हुन् । यदि एमाओवादी बिग्रिएको हुँदैनथ्यो भने कांग्रेस–एमाले नामका पार्टीहरुको अस्तित्व मात्र इतिहासमा रहन्थ्यो । अझै पनि सम्झौताले नै निकास निस्कन्छ भन्ने प्रचण्डको सोचका कारण आज यो अवस्था पैदा भएको हो । आज पनि जे गर्नुपर्ने हो,  प्रचण्डले त्यो गरेको देखिन्न । उनी अझै पनि मरिसकेको संविधानसभा ‘ब्याउँछ’ र सग्लै ‘शिशु’ जन्मन्छ भन्ने आशामा छन् । र, भित्र–बाहिर कहिले अनावश्यक रस्साकसी त कहिले मदन भण्डारीको ४७ साले पुनरावृत्ति गर्न खोजिरहेका देखिन्छन् । एकातिर जनजीविका र जनसवालका सबै विषयमा प्रतिक्रियावादीहरुकै एजेन्डामा ल्याप्चे लाउने र एउटा संघीयताको विषयमा मात्रै हुल्ली खेल्नुले आम जनताले भरोसा नगर्नु अनि अर्कातिर जसो गर्दा पनि उछित्तो मात्रै काढ्ने ठूला भनिएका मिडियाका कारण पनि प्रचण्ड ‘प्रेसर’ मा छन् । छविलालबाट पुष्पकमल हुँदै प्रचण्ड बनेका एमाओवादी अध्यक्ष पहिचान पक्षधर नेता भए पनि  यतिबेला उनी आफैंको पहिचान भने खतरामा छ किनकि अरुलार्इ खुसी पार्न उनले आफ्नालार्इ बिर्से । अरुले त उनको भजन किन गाउँथे र ! नजिककाले पनि नामको पछि एकलखे लाउन थालिसकेका छन्, जुन राम्रो कुरा होइन । माओवादी जनयुद्धले धेरै नेतालाई छुट्टै पहिचान दियो । पुष्पकमलहरु प्रचण्ड बने, बाबुरामहरु लालध्वज बने, वैध्यहरु किरण बने, नेत्र चन्दहरु विप्लव बने । सबैले छुट्टै पहिचान पाए । बाबुरामले जनयुद्धकालीन परिचय ट्विटरमा सीमित राखे, प्रचण्डको परिचयमा एकलखे लाग्दै छ । जेहोस्, अब नेताहरुले आफ्नो पहिचान गुमाउनु हुँदैन । त़्यसका लागि संसदवादी पीपको आहालबाट बाहिर आउनुपर्छ । सम्झौताले निकास निस्कँदैन भन्ने कुरामा गम्भीरतापूर्वक हेक्का राख्नुपर्छ । मरेर सिनो भइसकेको संविधानसभाको लास कुर्नु आवश्यक छैन । तत्काल संविधानसभा छाडेर बाहिर आउँदा फुटेका माओवादी एक हुने एउटा आधार बन्छ । होइन भने समयले कसलाई पो चिन्छ र ! मिलादिन्छ, इतिहासमा । कमरेड ! पहिले आफ्नो पहिचानको रक्षा गर्दा नै राम्रो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: