Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

अनि जन्मियो ‘पिरतीको छाता ओढाउ न...’

कम्पोजरको माइन्डमा केहि ट्युनहरु हुन्छन् । केहि लिरिक्सहरु । त्यहि नै कम्पोजरको सम्पत्ति हो । जोहो गरेको त्यहि सम्पत्तिले अनिकालहरु टार्छन् । तर ति कतिबेला जन्मिन्छन् कम्पोजर आफैँलाई पत्तो हुँदैन । त्यस्तै असामयिक गर्भबाट कम्पोजर कालिप्रसाद बास्कोटाले यस्तो ट्युन जन्माएः पारी त्यो डाँडामा हेर घाम लाग्यो घमाइलो लाग्यो मलाई रमाईलो, तिमी र म घुम्न जाऔँन.......... प्रदर्शनको तयारीमा रहेको चलचित्र रेसम फिलिलीको ‘जालमा’ को यो गीत नसुन्नेहरु सायदै होलान् । के वृद्ध, के युवा, सबैको मनमा गुञ्जीरहने यो गीतका सर्जक तथा गायक कालीलाई त्रिपुरेश्वरस्थित कृपा स्टुडियोमा भेट्दा निकै खुसी देखिन्थे । ‘यो गीत बनाउँदा  निकै सफल भएको  छु ।’ खबरडबलीले गीति  सफलताबारे पहिलो प्रश्नले कोट्याउँदै गर्दा उनी भन्दै थिए, ‘गीत बनाउँदा सरल, बच्चाबच्चीलाई मनपर्ने, क्याची, जसले नि गुनगुनाउन सक्ने बनाउँछु भनेर सोचेको थिएँ ।’ उनले भनेजस्तै भइदियो आखिर । गाउँ, शहर, स्वदेश, विदेश सबैले उनको गीतलाई क्याच गरे । त्यसैले युट्युबमा राखेको केहि घण्टामै भाइरल बन्यो । यो बीचमा २२ लाख स्रोताले  युट्युबको अडियो मात्रै सुनिसकेका छन् ।  चलचित्र निर्माण पक्षले गीतबाट मात्रै चलचित्र नाफामा गएको दाबी गरिसकेका छन् । https://www.youtube.com/watch?v=VqyErd9NkcM म्युजिक क्षेत्रमा यस्तोलाई ऐतिहासिक भनिन्छ । तर, उनलाई ऐतिहासिक होला भन्ने लागेकै थिएन । ‘काम गर्ने बेलादेखि नै हिट हुन्छ भन्ने थाहा थियो ।’ उनी भन्छन्, ‘गीतको म्युजिक भिडियो नआउँदै नेपाली गीत यति धेरैपटक हेरिनु ऐतिहासिक नै हो ।’ एउटा कम्पोजरले गीत जन्माउँछ, हुर्काउँछ । उनले भनेजस्तै ऐतिहासिक बनाउँछ ।  यो हुनको लागि सोचहरुको भ¥याङ चड्नुपर्छ । उनको दिमागमा यस्तै ट्युनहरु थिए । रेसम फिलिलीको लागि यस्तै खालको ट्युन चाहियो भनेपछि उनी तयार  भए । रेसम फिलिलीको काम लक्की हुँदै गयो । सबैसँग पहिलोपटक ट्युनअप भयो । प्रणव जोशी उनका मनपर्ने डाईरेक्टर हुन् । सयभन्दा बढि म्युजिक भिडियो निर्देशन गरिसकेका प्रणवले बास्कोटालाई चित्त नबुझाउने कुरा भएन । \"Kaliत्यतिबेलै प्रणवसँगै कालीको पहिलो ट्युनअप भयो । मानससँग चाहिँ उनले पहिले देखि नै गीत लेखिरहेका थिए । तर, पुरा भएको थिएन । लेखिरहेको गीत पुरा गर्न उनले मानसलाई बोलाए । रेसम फिलिलीकै अरु काममा व्यस्त रहेकाले उनले यो गीत अरेन्ज गर्न भने भ्याएनन् । उनले यसको ट्युन अरेन्जर अर्पणा राणालाई सुनाए । गीत सुनेपछि अर्पणाले ‘ठिक छ’ भनेपछि उनमा थप विश्वास आयो । रेसम फिलिलीको स्क्रिप्टदेखि नै निर्माण टोलीसँग उनले सहयात्रा गरे ।  समान्यतया स्क्रिप्टदेखि नै  म्युजिक कम्पोजर र फिल्म युनिट सँगै हुँदैनन् । तर उनले विशेष तरिका अपनाए । लेडिज सिंगर सेलेक्सनको बेला आयो । सोमिया बराइली जसको आफ्नै ब्यान्ड थियो । निर्माता विनयले बराइलीको गीत सुने  । र सोमियालाई भेट्न भने । कालीले भेटे । सिंगर सेलेक्सनमा विचार नपुर्‍याए गीतै असफल हुने खतरा हुन्थ्यो । सुरुमा उनलाई सोमियाको  प्याटर्न आफ्नो स्वरसँग मेल खाला जस्तो लागेको थिएन । तर उनले सोचे भन्दा सोमियाको स्वर फरक थियो । उनले अभ्यास गराए । त्यो अभ्यासमा सोमिया सफल भईन् । काली र सोमियाको प्याटर्न म्याच गर्‍यो । अभ्याससँगै सोमिया र काली स्टुडियो छिरे । ‘जालमा’ गीत रेकर्ड गराए । ‘स्टुडियो भित्र आफ्नो अगाडिको काम गर्नु थियो ।’ बन्द स्टुडियो भित्रको भोगाईको पर्दा खोल्दै उनी भन्छन्, ‘मेरो अगाडि जे काम छ त्यसलाई म कसरी एक्जिक्युट गरुँ भन्ने मात्र सोच्दै थिएँ ।’ त्यसो त काली सिंगर सेलेक्सनमा विचार पु¥याउने कम्पोजर हुन् । हेमन्त रानाको ‘लैजारे’ उनैले कम्पोज गरे । रानाको सेलेक्सनले लैजारे सफल बनेको थियो । कतिपय गीतहरु म्युजिक राम्रै भएपनि चल्दैन । मान्छेलाई छुँदैन । https://www.youtube.com/watch?v=6H7R6vUab6k मान्छेलाई गीतले छुनुपर्छ । सबैले यो मेरो गीत हो भन्ने अनुभव गराउनु नै कम्पोजरको क्षमता हो  । जसले त्यो अनुभव गराउन सक्छ त्यहि गीत संगीतको दुनियाँमा हिट हुने गर्छ । ‘तपाईंले सुन्दा तपाईंलाई मनपर्ने, अरुले सुन्दा अरुलाई मनपर्ने हुनुपर्छ । यसमा, आफ्नोपन हुनुपर्छ  ।’ काली आफ्नो गीतको लक्षबारे बोल्छन्, ‘नेपालमा गीत चल्न नेपालीपन चाहिन्छ । नेपालीपनलाई फेरि नयाँ हिसाबले प्रस्तुत गर्नुपर्छ । त्यही सोचबाट सुरु गरेको हो, यो गीत । ’ नयाँ सोचले नै उनको गीत रिलिज भएको केहि समय नबित्दै इन्टरनेटमा भाईरल बन्यो । ‘गीत चल्न थालेपछि दुई चार दिन निकै गाह्रो भयो ।’ कालीले त्यतिबेलै आफैँलाई प्रश्न गरेका थिए, ‘यो गीत किन यसरी चलेको होला ?’ गीत रिलीज भएको डेढ महिनामा नै सुपरहिट बन्यो । जुन गतिमा गीत हिट हुँदै थियो, कालीको खुसीको परिसुचक पनि उत्तिकै बढ्दै थियो । ‘त्यतिखेर फेसबुक हेर्दा  जसले पनि सेयर गरेको देखेर निकै खुसी लाग्यो । पहिलोपटक जसले गीत सुन्छ त्यसले इन्बक्स गरेरै छाड्छ । महिनौँसम्म फेसबुक नै मेरो जस्तो पनि लाग्यो ।  नोटिफिकेशन धेरै आउँथ्यो । एक घण्टामा दुईसय बढि हुन्थ्यो ।’ फेसबुके खुसीले पुलकित पारेको क्षणतिर इंगीत गर्दै उनी भन्छन्, ‘सय डेढ सय म्यासेजहरु आईरहेको हुन्थ्यो  ।  त्यतिखेर अचम्मै लागेको थियो ।’ \"Kaliगीत हिट हुँदै थियो उनले महिला गायिका सोमियालाई सम्पर्क गर्न खोजे । तर सम्पर्क हुन सकेन । चलचित्र निर्माण टिमले सोमियाको सम्पर्क विन्दु खोजे तर पत्तो लागेन । सोमिया शोकमा थिइन् । हजुरबा बितेको शोकमा रहेकी सोमियालाई गीत हिट भएको बारे थाहा थिएन । गीत हिट भएको एक हप्तापछि मात्रै कालीलाई सोमियाले सम्पर्क गरे । दाइ, गीत त हिट भयो नि ।’ सोमियाको कलले उनलाई झनै  खुसी बनायो । रेकर्डिङको बेला भेट भएपनि पछि उनीसँग भेट भएको थिएन । ‘जब युट्युवमा ५ लाख ६ लाख क्रस भईसकेपछि मात्रै सोमियाले थाहा पाएकी हुन् ।’ कालीले आफ्नै गीतको महिला गायिकाप्रति  आश्चर्य पोख्दै भने, ‘ल ! फेसबुकमा त मेरो यती चर्चा भइसकेछ, मलाई थाहा नै थिएनँ । ’ परिवारको खुसी जतिबेला उनी आफ्नै दिदिको विहे बेवास्ता गर्दै म्युजिक भन्दै दौडिरहेका हुन्थे,  त्यतिबेला हुलाकका जागिरे उनका बुवाले भन्थे, ‘यो समय बिजनेसमा लगानी गरे राम्रो हुन्थ्यो ।’ तर यतिबेला उनको परिवार म्युजिकमा लागेर राम्रै गरेछ भनेर स्यावास् दिन्छन् । कारण उनले गाएको त्यहि गीत थियो ‘जालमा’ जसले परिवारको सोचहरु एकाएक बदलिदियो । ‘पक्कै पनि त्यो बेलामा परिवारलाई खुसी राख्न सकिनँ होला । म एक्लो छोरो घरमा धेरै बसे हुन्थ्यो । घरको काम सघाईदिए हुन्थ्यो, भन्ने खालको कुराहरु  परिवारमा हुन्थ्यो । म त्यस्तो थिइनँ, बिहान उठेदेखि म्युजिकमा दौडिन्थेँ ।’ आफ्नो विगतले परिवारमा पारेको प्रभावप्रति काली भन्छन्, ‘राती १० बजेसम्म कम्प्युटरमा म्युजिक सुन्ने, बस्ने गरेको हुन्थेँ । गितार बजाउने, कराउने भइरहन्थ्यो ।’ काली जति खुसी छन्, त्यो भन्दा बढि खुसी त्यतिबेला हुन्छन् जतिबेला एउटा बटुवाले ‘तपाईं त रेसम फिलिलीको मान्छे होइन’ भनेर सोध्ने गर्छन् । \"Kaliथोरैले कालीलाई चिनेका भएपनि धेरै दर्शक स्रोता उनको बारेमा अनभिज्ञ छन् । विभिन्न कार्यक्रमहरुमा दर्शक खुसी पार्न कालीले गाएको गीतको साहारा लिन्छन् । त्यहि कार्यक्रममा पुगेका उनलाई भने सबैले वेवास्ता गर्छन् । ‘नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेल घुम्न गएँ, यता पनि त्यहि गीत गाइरहेका छन् । जता हे¥यो त्यहि गीत छ । एउटा बारमा गएँ, त्यहाँ एक जोडीले यहि गीत गाइरहेका रहेछन् । उनीहरुले गाउनै नसकेपछि डिजेले बजाइदियो ।’  लामो हाँसो हाँस्दै  उनले भने  । ‘दरबारमार्गको फेस्टिबल रहेछ सुरुदेखि मान्छे तान्न केहि नभएर त्यहि गीत बज्न थाल्यो । म त्यहिँ थिएँ, कसले चिन्ने ?’ गायक बन्छु भन्ने सपना नै थिएन बास्कोटा म्युजीकको कुनै घमाईलो शहरमा जन्मेका होइनन् । कीर्तिपुरका रैथाने उनलाई ठूलो गायक बन्छु भन्ने सपनाहरुले कहिल्यै गिज्याएनन् । हुनत जीवन सोचेको भन्दा धेरै नसोचेकै हो । ‘भजन किर्तन हुन्थ्यो, प्यारोडीहरु बनाएर गाउने गर्थेँ ।’ बास्कोटा विगततिर फर्किए ‘त्यतिबेला गाउँछु भन्ने थिएन । म्युजिकमा लाग्छु भन्ने पनि थिएन ।’ तर त्यतिबेलाको कीर्तिपुरले बास्कोटालाई नसोचेकै बाटो तिर डो¥यायो । उनको बाल्य जीवनका दौंतरीहरु मिल्थे । आफै स्टोरी लेख्थे । आफै डिरेक्सन गर्थे र नाटक देखाउँथे । त्यहि नाटक हेर्न  गाउँकाहरु आउँथे । ‘त्यो नै प्रेरणा बन्यो । त्यतिबेलाका रेडियो टेलिभिजनमा म्युजिकल माहोल थिएनँ । दुई सय मान्छे भए हामीलाई पुग्थ्यो  । उनले आफ्नै बाल्यजीवन तिर कोट्याए ‘त्यहि भिडमा कहिले काँहि गीत गाइन्थ्यो ।’ \"Kaliठिक त्यसै बेलादेखि बास्कोटालाई मान्छेहरु देखि डर लाग्न छाड्यो । त्यतिबेलै उनको मुटुबाट डरहरु भागे र गाउने कलाहरुले बास गरे । त्यसैले होला कुनै समय गायिका अरुणा लामाले भनेकी थिइन्, ‘गाउने कला गलामा होइन, मुटुमा सिउरेको हुन्छ ।’ त्यहि गाउने कला मुटुमा सिउरेर बास्कोटा एसएलसी पछि संगीतको औपचारिक शिक्षाको लागि कुपन्डोल तिर लागे । उनको करियरको किशोर जीवन सांस्कृतिक प्रतिष्ठान केन्द्र मै बित्यो । उनका किशोर औँलाहरु हार्मोनियमको ‘की’ सँगै दौडिए । त्यहिँबाट उनले संगीतको औपचारिक शिक्षा लिए । उनलाई जीवनमा पपुलर हुने महत्वकांक्षाहरुसँग ठोक्किने रहर जागेन । त्यसैले काली भन्छन्, ‘म पपुलर हुनको लागि आएको होइन । मसँग महत्वकांक्षा नै थिएनँ । गीत चलोस्, नचलोस्सँग पनि मतलव थिएन । तर इमान्दार भएर काम गरेँ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE