Khabar Dabali २७ जेष्ठ २०८३ बुधबार | 10th June, 2026 Wed
Investment bank

प्रचण्डको प्रस्ताव संघीयता थाती राखेर संविधान

काठमाडौं, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तापक्षको सात र विपक्षी गठबन्धनको १० प्रदेशको प्रस्ताव अनुसूचीमा राखेर संविधानको मस्यौदा बनाउने प्रस्ताव गरेका छन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–प्रचण्डको प्रस्तावलाई आन्दोलन तुहाउने विश्लेषण गर्दै गठबन्धनमा रहेका साना दलले आशंकासहित ३० दलीय बैठकमा सहभागी हुने निर्णय गरेका छन् । ‘प्रचण्डजीले हाम्रो १० प्रदेश र सत्तापक्षको सात प्रदेशको प्रस्ताव मस्यौदाको अनुसूचीमा राखेर संविधानसभामा पठाउँदा कस्तो होला भनेर सोध्नुभएछ त्यसले आशंका जन्मायो’ प्रचण्डको बिहीबार बिहानको भनाईबारे साँझको बैठकमा भएको रिपोर्टिङ बारे एक नेताले जानकारी दिए । प्रचण्डले ल्याएजस्तै प्रस्ताव फोरम लोकतान्त्रिकका नेता विजयकुमार गच्छदारले ल्याउँदा सहमति भएको थिएन । ‘सत्तापक्षको बहुमतले उनीहरुको आफ्नो प्रस्ताव पारित गराईहाल्छन्, त्यसो हुँदा संघीयता र आन्दोलन र दुवै तुहिन्छ’ सिंहदबारको बैठकपछि संघीय लिम्बुवान पार्टीका नेता खगेन्द्र माखिमले भने । प्रचण्डले मस्यौदा अघि बढाउन केही दिन अघि बालुवाटारमा बसेको तीन दलको बैठकमा सहमति गरेपछि साना दल झस्किएका थिए । त्यसैले उनीहरु आशंकासहित ३० दलीय मोर्चाको बैठकमा सहभागी हुने बताएका छन् । आफ्नै निवास लाजिम्पाट आएका उपेन्द्र यादव, राजेन्द्र महतो सहितका नेतासँग पनि प्रचण्डले कुनै सहमति नगरेको भन्दै नयाँ कार्यविधि र आचारसंहिता बनाउन मात्र सहमति जनाएको बताएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending