Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

सस्तो सुन किन्ने नाममा यसरी ठगियो ३० लाख

काठमाडौं, राजधानीको चाबहिलमा बिहीबार साँझ दुईजनाले सुन व्यापारीको ३० लाख रुपैयाँ ठगेका छन्। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–गणेशस्थान अगाडि न्यु भिन्तुना ज्वेलर्सका सञ्चालक हीराभाइ शाक्यलाई सस्तोमा भन्दै नक्कली सुन बेचेर उनीहरूले ३० लाख रुपैयाँ ठगेका हुन्। विराटनगर घर भई चाबहिल मैजुबहाल बस्ने नारायणप्रसाद धितालले सक्कली सुन देखाउँदै ुहामीसँग सुन छ, सस्तोमा किन्ने हो भनेर शाक्यलाई लोभ देखाउँदै ठगेका हुन् । महानगरीय प्रहरी परिसर हनुमानढोकाका प्रवक्ता एसपी विश्वराज पोखरेलका अनुसार शाक्यले सस्तोमा सुन किन्ने बताएपछि धितालले ४.५ ग्रामको सुनको जलप लगाएको फलामका टुक्रा गजानन्द गोल्ड एन्ड सिल्भर पसलमा जाँच गरेर बिलसहित शाक्यलाई नमुना देखाउन पुगेका थिए। शाक्यसँग चिनजान रहेका धितालले ४० लाख रुपैयाँमा सुन बिक्री गर्ने बताएका थिए। बिहीबार अपराह्न १२ बजे शाक्यको पसलमा नमुना सुन देखाएर फर्केका धिताल पुनः साँझ सवा पाँच बजे शाक्यकै पसलमा पुगी ‘पैसा लगेर सुन ल्याइदिन्छु’ भन्दै ३० लाख रुपैयाँ लगेका थिए। चाबहिल नजिकै आफ्ना साथी मैजुबहालमै बस्ने भक्त लामालाई दिएलगत्तै धितालले पैसा लुटिएको खबर शाक्य र प्रहरीलाई गरेका थिए। लामा रकमसहित फरार छन्। दिनदहाडै ३० लाख रुपैयाँ लुटिएको सूचना पाएपछि प्रहरीले धितालसँग सोधपुछ गरेको थियो। ‘ुसोधपुछ गर्दा धिताल अक्मकाएपछि पैसा ठग्न तिकडम अपनाएको निष्कर्षमा प्रहरी पुगेको हो ।’ महानगरीय प्रहरी परिसर हनुमानढोकाका प्रमुख एसएसपी उत्तम कार्कीले भने। धितालले लुटपाट गर्ने व्यक्ति चढेको मोटरसाइकल नम्बरसमेत फरकफरक टिपाएका थिए। \'नक्कली सुन लैजाँदा आफू फस्ने डरले धितालले पैसा दिएर सुन ल्याउँछु भनेर रकम लगेका रहेछन्, कार्कीले भने। प्रहरीले धितालबाट १८ वटा सुनको जलप लगाइएको फलामे टुक्रासमेत बरामद गरेको छ। रकमसहित फरार लामाको खोजीका लागि प्रहरीले उपत्यकामा सुरक्षाजाँच कडाइ गरेको छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: