Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

कैलालीमा एक हजारले एचआइभी विरुद्धको औषधि खाँदै

\"\"धनगढी । कैलाली जिल्लाको दुई ठाउँमा सञ्चालनमा रहेका एन्टी रेक्टोभाइरल थेरापी९एआरटी० सेन्टरबाट एक हजार १६६ जनाले एचआइभी एड्सविरुद्धको औषधि सेवन गरिरहेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय र एड्स हेल्थकेयर फाउण्डेशनको संयुक्त आयोजनामा शुक्रबार यहाँ सञ्चारकर्मीका लागि गरिएको कार्यक्रममा सार्वजनिक गरिएको तथ्यांकअनुसार थप ११ जना औषधि खानुपर्ने प्रक्रियामा रहेका छन् । संक्रमितमध्ये महिलाको संख्या बढी छ । औषधि खाइरहेकामध्ये १८ वर्षमुनिका १३७ बालबालिका रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका निरीक्षक महेश चन्दले कार्यक्रममा जानकारी दिए। संक्रमित बालबालिकालाई ‘सेभ द चिल्ड्रेन’मार्फत् मासिक रु एक हजार सहयोग भइरहेको जनाइएको छ । यी सेन्टरबाट औषधि सेवन गरिरहेकामध्ये गएको एक वर्षमा २० जनाको एड्सका कारण मृत्यु भएसकेको छ । कैलालीको सेती अञ्चल अस्पताल र टीकापुर अस्पताल परिसरमा एआरटी सेवा सञ्चालनमा रहेको छ । यी दबै सेन्टरमा कैलाली, कञ्चनपुर, डोटी, बर्दिया, डडेलधुरा, दार्चुला, बझाङ, दैलेख, सुर्खेतलगायतका जिल्लाका साथै सीमावर्ती भारतका संक्रमितले एआरटी औषधि खाइरहेका छन् । औषधि खानेमध्ये कैलाली जिल्लाका मात्रै ९९५ जना रहेका छन् । कार्यक्रममा हेल्थ केयर फाउण्डेशनका माधव पन्तले यी दुई सेन्टरमा हालसम्म एक हजार ८५७ जनाको एचआइभी परीक्षण भएकोमा पछिल्लो एक वर्षमा मात्रै ११७ जना संक्रमित भएको पाइएको जानकारी दिए । जनस्वास्थ्य निरीक्षक चन्दले यो रोग बारे बढेको जनचेतनाका कारण केही वर्षयता मृत्यु दर र औषधि खान छोड्ने दर घट्दै गएको बताए । कार्यक्रममा वरिष्ठ जनस्वास्थ्य प्रशासक टंकप्रसाद चापागार्इं र पत्रकार उमिद बागचन्दले रोग रोकथामका बारेमा प्रकास पारे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending