Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

२५ जिल्लामा १२ लाख गरिबः कुन जिल्लामा कति छन् गरिब ? (सूचीसहित)

\"\"काठमाडौं । सरकारले २५ जिल्लाका गरिब घरपरिवार पहिचान गर्दै उनीहरूलाई परिचयपत्र वितरण सुरु गरेको छ । सहकारी तथा गरिबी निवारण मन्त्रालयले गरिब घरपरिवार पहिचान गर्दै सोमबारदेखि गरिबीको परिचयपत्र वितरण थालेको हो । मन्त्रालयले पहिलो चरणमा पीएमटी (प्रोक्सिमिन टेस्टिङ) को आधारमा २५ जिल्लामा गरेको गरिबी पहिचान विधिबाट ३ लाख ९१ हजार ८ सय ३१ घरपरिवारका १२ लाख २४ हजार ४ सय १७ जना गरिब भएको पहिचान गरेको थियो । अाजको अन्नपूर्णमा खबर छ-सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव सुरेश प्रधानले पहिचान गरिएका १२ लाख २४ हजार गरिबमध्ये सबैभन्दा बढी गरिबको बसोवास रहेका गाउँपालिकाबाट गरिब परिचयपत्र वितरण गर्न थालिएको जानकारी दिए । सामान्यतः समाजले स्वीकार गरेको सम्पन्नता हासिल गर्न र जीवनका लागि आवश्यक न्यूनतम आधारभूत आवश्यकता (गाँस, बास र कपास) परिपूर्ति गर्न वा वित्तीय स्रोत जुटाउन नसक्ने अवस्थालाई गरिबी भनिन्छ । गरिबी पहिचान गरिएका २५ जिल्ला भोजपुर ८४१६, खोटाङ ९२५५, सिरहा ४००३२, सिन्धुली १९७३९, रामेछाप ९६११, रौतहट ३८६४१, गोरखा १२०४४, तनहुँ ९२७५, बाग्लुङ ११०२१, कपिलवस्तु २८२३५, अर्घाखाँची ११६६८, प्युठान १४०३८, रोल्पा ९८७८, रुकुम ८८४२, बर्दिया २२३७१ छन् । यसैगरी, जाजरकोट ९९४१, डोल्पा २९१६, जुम्ला ९१४७, कालिकोट १२४३३, मुगु ४२७७, हुम्ला ४५६०, बाजुरा १३६१९, बझाङ १६२१९, अछाम २०८४४ र कैलालीमा ४४६२९ गरिब पहिचान भएका छन् । २५ जिल्लामध्ये सबैभन्दा बढी बाजुरामा १३ हजार ६ सय १९ घरपरिवार गरिबीको रेखामुनि छन् भने सबैभन्दा कम तनहुँमा ९ हजार २ सय ७५ परिवार गरिब छन् । यी २५ जिल्लाको कुल गरिबी दर ४०.८ प्रतिशत छ । सबैभन्दा कम गरिब घरपरिवार तनहुँमा छन्, जहाँ ६५ हजार ७३ घरपरिवारमा ९ हजार २ सय ७५ परिवार मात्रै गरिब छन् । सहकारी तथा गरिबी निवारण मन्त्रालयले यी २५ जिल्लामध्येबाट पनि सबैभन्दा बढी गरिब रहेको स्थान वा गाउँपालिका पहिचान गरेको छ । जसअनुसार सबैभन्दा गरिब जनता रहेको गाउँपालिकामा बाजुराको स्वामिकात्तिक गाउँपालिका, कैलालीको मोहन्याल गाउँपालिका, बाग्लुङको निसीखोला गाउँपालिका, सिन्धुलीको फिक्कल गाउँपालिका र सिरहाको भगवानपुर गाउँपालिका छन् । तीमध्ये पनि स्वामी कात्तिकमा ८०.२ प्रतिशत, मोहन्यालमा ७१ दशमलव ६ प्रतिशत, निसीखोलामा ४८.८ प्रतिशत, फिक्कलमा ६४.८ प्रतिशत र भगवानपुर गाउँपालिकामा ६०.१ प्रतिशत जनता गरिबीको रेखामुनि रहेको सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहसचिव प्रधानले सबैभन्दा गरिब जनता रहेको गाउँपालिकाबाट परिचयपत्र वितरण गर्न थालिएको र अन्य स्थानमा पनि वितरण प्रक्रिया जारी राख्ने बताए । उनका अनुसार गरिब घरपरिवार र पहिचान विधिको सूचकको रूपमा जनसांख्यिक तथा मानवीय अवस्था, बसोवासको भौतिक अवस्था, घरायसी सुविधा, भौगोलिक क्षेत्र तथा क्षेत्रगत गरिबीको अवस्था र जात-जातिगत गरिबीको अवस्थालाई लिइएको थियो । सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता सहसचिव रघुराम विष्टले बाँकी ५१ जिल्लामा छिट्टै गरिबी पहिचान गर्ने कार्य थालिने जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending