Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

‘धरहराको टुप्पाबाट खसें’

एउटा सानो काम थियो, न्युरोडमा। साथमा थिए, साथी किशोर खतिवडा। हाम्रो काम पनि सकियो। त्यसपछि के गर्ने भन्ने भयो। साथीले भने, ‘म त कहिल्यै धरहरा चढेको छैन।’ समय पनि भएकोले हामीले धरहरा चढ्ने निधो गर्‍यौं।
दुईपटक धरहरा चढिसकेकी म, तेस्रोपटक चढ्दै थिएँ।किशोर पहिलोपल्ट। साढे ११ बजेतिर हामी धरहरा चढेका थियौँ। धरहरा चढ्दा त्यहाँको सिँढी गन्दै चढेका थियौँ।
आजको अन्नपूर्ण पोष्टमा खबर छ – सिँढी गन्दै त के भनौँ, त्यहाँ सिँढी नम्बर लेखिएकै छ, त्यसैको कुरा गर्दै नौ तलामाथिको बरन्डाबाट देखिने दृश्यका बारेमा पनि कुरा गर्दै त्यहाँ रहेका एक सय ८८ सिढी उक्लिएर बरन्डामा पुग्यौँ।
बरन्डाको रेलिङमा पुगेर एक फन्को लगायौँ। पहिले सिटी सेन्टरतिर फर्केर काठमाडौँको दृश्य हेर्‍यौँ। त्यताबाट बढी हावा आएकाले स्थान परिवर्तन गर्दै टुँडिखेलतिरको दृश्य हेर्न त्यसतर्फ लाग्यौँ , दृश्य हेर्न पनि पाइने अनि हावाले पनि दुःख नदिने। मैले साथीलाई दृश्यावलोकन गराइरहेको थिएँ।
‘यतिखेर भुइँचालो आइहाल्यो भने के गर्ने होला हगि ?’ साथी र मबीच ठट्टा भयो। यति ठट्टा मात्रै के भएको थियो, धरहरा हल्लन सुरु भइहाल्यो।
मैले भित्तातिर अडेस लगाएँ, साथी थचक्क बसेर रेलिङ समात्न लागे। भूकम्पको धक्का राम्ररी अनुभूति हुन नपाउँदै हामी तल खस्न लाग्यौँ । हामी खस्दै थियौँ । त्यति बेला मलाई लाग्यो, अब म मर्दै छु।
मानिसलाई मर्न कहाँ मनपर्दो रहेछ र? केही गरौँ, अझै बढी बाँचौँ भन्ने इच्छा भएको मानिसलाई मर्न मन पर्ने कुरै भएन। मर्न मन लागेन। ‘हे भगवान ! मलाई बचाऊ, म बाँच्न चाहन्छु’, यसरी मैले भगवानसँग प्रार्थना गरेँ। अनि भाइबहिनीलाई सम्झेँ, ‘मेरो यस्तो अवस्था छ, उनीहरूको अवस्था कस्तो होला ? यतिखेर उनीहरू के गरिरहेका होलान्?’
धन्य, धरहरा टुँडिखेलतिर झर्‍यो, जतातिर हामी फर्केका थियौँ। मर्छु भन्ने त लागेकै थियो, कस्तो भयो भने जसरी हामी पिङ खेल्दा माथिबाट तलतिर झर्छौं, त्यस्तै अनुभूति लिएर झर्‍यौँ। यदि हामी उत्तानो परेको अवस्थामा झरेको भए टाउकोको पछाडिको भाग र मेरुदण्ड खत्तम हुन्थ्यो, यसरी बोलिरहन पाउने थिएनौँ।
तल झर्दा रेलिङभित्र थिएँ म। साथी किशोर अलि अर्धचेतमा थिए। त्यतिखेरै एक व्यक्ति हामीतिर दौडदै आए, किशोरलाई पनि मैले चिच्याएर भने, ‘यो रेलिङ हटाइदेऊ।’ उनीहरूले त्यसै गरे।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending