Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

नेपालः राहतका लागि भारत–चीनबीच होड

नयाँ दिल्ली, नेपालमा भयावह भूकम्प गए लगत्तै भारत र चीनले जुन तत्परताका साथ राहतका लागि पहल लिए त्यसबाट यी दुबै मुलुकबीच सानो हिमाली मुलुकमा प्रभाव स्थापित गर्न कुन हदसम्म होडबाजी छ भन्ने कुरा स्पष्ट हुन्छ । भारतले राहत दल, स्वास्थ्यकर्मीहरुको दल, खाना, औषधी र अन्य जरुरी उपकरणहरुबाट लैस विमान काठमाडौं पठाउन थोरै पनि ढिला गरेन । उता चीनले पनि लगत्तै बचाउ दल, खोजी कुकुर, स्वास्थ्य उपकरण, पाल, कम्बल र उद्धार उपकरणहरु नेपाल पठायो । दुवै मुलुकका नेताहरु नरेन्द्र मोदी र सी जीङ पीङले तत्परताका साथ नेपालमा एकजुटता देखाए । मोदीले आइतबार आफ्नो एक महिने रेडियो कार्यक्रममा भने– ‘हाम्रो मुलुकका कैयौं मानिसहरुका लागि नेपालीहरु आफ्नै मान्छे हुन् ।’ ‘अद्र्ध–औपनिवेशिक सम्बन्ध’ एशियाका दुवै ठूला मुलुकका लागि नेपालमा प्रभाव विस्तारका लागि होड होइन तर, पछिल्ला केही वर्षयता यो प्रतिस्पर्धा बढेर गएको छ । भारतका साथ नेपालको सम्बन्ध धेरै गहिरो छ । यति मात्र होइन, नेपालमा माओवादीहरु सहित धेरै मानिसहरुले नेपाल र भारतबीचको ‘अद्र्ध–औपनिवेशिक’ सम्बन्धको विरोध गर्ने गर्दछन् । उनीहरु भारतको ‘विस्तारवाद’ को कुरा गर्छन् र उनको दरिद्र मुलुकलाई भारतले ‘बधुवा बजार’ मा परिणत गरेको कुरा गर्छन् । नेपाली अर्थव्यव्स्थाका अधिकांश लाभदायक अंगहरुमा भारतीय व्यापारीहरुको नियन्त्रण छ । धेरै मानिसहरुले पानी वितरणको असंगत सम्झौताले सिंचाईमा भारतलाई फाइदा भएको कुरा पनि गर्छन् । नेपालका विपक्षी दलहरु कैयौं पटक राष्ट्रवादी भावनाहरुको दाउ खेल्दै भारत विरोधी बयानबाजी गर्छन् र माओवादी अन्य मुख्यधाराका दलहरुलाई ‘भारतको दलाल’ भन्दै उनीहरुको खिल्ली उडाउने गर्छन् । चीनसँग तुलना हुँदैन अर्कोतर्फ नेपाल भौगौलिक, विभिन्न भाषा र सांस्कृतिक रुपले चीनका तुलनामा भारतसँग धेरै नजिक छ । युनिभर्सिटी अफ लन्डनमा नेपाली र हिमाली स्टडीजका प्रोफेसर मिशेल हट भन्छिन्– ‘भारत त्यहाँका कुनै पनि अन्य राजनीतिक दलहरु जस्तै राजनीतिक रुपले महत्वपूर्ण छ ।’ \"bbc\"नेपाली नागरिक भारतीय सेनाको गोर्खा रेजिमेन्टमा अहिलेसम्म काम गर्छन् र नेपाली सैनिकहरुलाई भारतमा प्रशिक्षण दिइन्छ । भारत यस हिमाली मुलुकको हतियारको मुख्य आपूर्तिकर्ता हो । ‘ब्याटल्स अफ द न्यू रिपब्लिकः अ कन्टेम्प्ररी हिस्ट्र अफ नेपाल’ पुस्तकका लेखक प्रशान्त झाले नेपालसँग भारतको खुला सिमा हुनुको अर्थ नेपालको सुरक्षामा भारतको गहिरो चासो छ भन्ने बुझिन्छ भनेर लेख्छन् । उनी लेख्छन्– ‘भारतलाई काठमाडौंमा मित्र सरकार चाहिन्छ किनकी उसले त्यसको मूल्यमा चीनलाई आफ्नो प्रभाव बढाउनबाट रोक्न सकोस् ।’ त्यसैले कुनै अच्चम्मको कुरा होइन कि भारतले भूकम्पबाट प्रभावित छिमेकी मुलुकलाई सहयोग गर्नका लागि तत्काल राहत पठायो । लन्डनका किङग्स कलेजमा अन्तर्राष्ट्रिय सम्बन्धका प्रोफेसर हर्ष बी पन्त भन्छन्– ‘नेपाल भारतका लागि अत्यन्त महत्वपूर्ण छ । यसको चीनसँग तुलना गर्न सकिँदैन । भूकम्पलाई लिएर भारतको प्रतिक्रिया अत्यन्त मजबुत हुनु थियो ।’ तर सबै चिज यति सजिलो पनि छैन । अप्रत्याशित प्रतिक्रिया यस क्षेत्रमा चीनको प्रभाव अत्यन्त तिव्र गतिमा बढिरहेको छ । पछिल्ला वर्षहरुमा चीनले नेपालमा सबैभन्दा ठूलो लगानीकर्ताको रुपमा भारतलाई पछि छाडिदियो । उसले सडक, उर्जा संयन्त्रहरु, परिवहन, आधारभूत संरचनाका साथै अन्य कैयौँ विषयमा लगानी बढाएको छ । दुबै मुलुकका बीच व्यापार तिव्र रुपले बढिरहेको छ । चीनले नेपाली भूमीबाट तीब्बती गतिविधि अन्त्य गराउनका लागि कुनै पनि कसर छोडेन । ‘ह्यूमन राइट वाच रिपोर्ट २०१३’ मा नेपालले सिमामा पक्राउ परेका कयौं तिब्बतीहरुलाई ‘जबर्जस्ती’ नियमहरुका विरुद्ध चीनलाई सुम्पिएको कुरा उल्लेख गरेको छ । एउटा रिपोर्ट अनुसार ताइवानलाई भूकम्प राहत कार्यमा भाग लिन रोक लगाईएको छ, तथापी चीनको यसमा कुनै भूमिका थियो की थिएन भन्ने स्पष्ट हुन सकेको छैन । पन्त भन्छन्– ‘नेपाल अब बाठो भइसकेको छ र यी दुवै ठूला मुलुकहरुका बीच फाइदा उठाउन सिकिसकेको छ ।’\"BBC भारतलाई डर ? प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो विदेश नीतिको प्राथमिकता र प्रभाव क्षेत्रमा छिमेकी मुलुकलाई नै राखेका छन् । स्पष्ट नै छ, भारत आफ्ना छिमेकी मुलुकमा चीनको प्रभाव कम गर्न चाहन्छ । कुनै दुविधाको कुरा छैन कि जुन रफ्तारमा र जती ठूलो संख्यामा मोदीले यस विपत्तिबाट बच्न प्रतिक्रिया दिए, त्यो भने अप्रत्याशित नै थियो । पन्त भन्छन्– ‘भारतमा नेपाललाई चीनतर्फ ढल्किनु दिनु हुँदैन भन्ने भावना प्रवल छ । यो पनि मानिएको छ कि चीनले नेपालमा छिर्न अनेकौं मार्ग बनाई सकेको छ ।’ (विस्वासको लेख बीबीसी हिन्दी सेवाबाट लिइएको हो ) अनुवादः नरेश ज्ञवाली
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies