‘म गाई भैँसी चराएर हुर्किएको मान्छे । मैले शासकीय स्वभाव बोकेको पनि छैन, : अाेली
पौष ९ गते, २०७४ आइतवार 24th December, 2017 Sun०५:५६:०८ मा प्रकाशित
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले कुनै दम्भ बोकेर नहिँडेको बताएका छन् । केही सञ्चारमाध्यममा चुनाव जितेपछि अध्यक्ष ओलीले दम्भ बोकेर हिँडेको समाचार आइरहेका बेला ओलीले बाँचुन्जेल इमानका साथ काम गर्ने बताएका हुन् ।
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको ९४ औं जन्मजयन्ती कार्यक्रमलाई ललितपुरको भैँसेपाटीमा शनिबार दिउँसो सम्बोधन गर्दै ओलीले गोठालाको छोराले शासकीय दम्भ र रवाफ देखाउनु कुनै जरुरी नभएको स्पष्टिकरण दिए
‘म गाई भैँसी चराएर हुर्किएको मान्छे । मैले शासकीय स्वभाव बोकेको पनि छैन, म शासक होइन, सेवक भएको मान्छे हो\', उनले भने, \'मैले कहीँ कसैलाई दम्भ देखाउन आवश्यक छैन । हलो जोतेको बाबुको छोरो हुँ, मैले पनि हलो नै जोतेको हुँ । किन मैले दम्भ देखाउनु ? अब मेरो पुरै ध्यान देशको विकासमा लाग्नेछ ।\' अाजकाे अन्रपूर्णमा खवर छ ।
\'मेरो आयुको कसैले चिन्ता लिनुपर्दैन । ११ वर्षअघि किड्नी फेरेको थिएँ, कहिले निमोनिया त कहिले मेनेन्जाइटिसबाट मरिसक्यो पनि भने\', उनले भावुक हुँदै भने,’उनले भने, ‘सबैको आयुको निश्चित अवधि र सिमा हुन्छ । असीमित आयु कसैले पाएको छैन । मेरो पनि आयुको सीमा छ । तर मलाई मेरो आयुको कुनै चिन्ता छैन ।\'
अध्यक्ष ओलीले सत्तापक्ष या प्रतिपक्ष सकैले पनि एकापसमा दम्भ देखाउनु जरुरी नभएको बताए । ‘म आफैँ गाई भैँसी चराएर हुर्किएको हो, मैले कोदालो पनि खनेको छु\', उनले भावुक हुँदै भने, \'साधरण परिवारमा हुर्केको मान्छे मसँग केको दम्भ हुन्छ र ? आफ्नो बारीको साग टिपेर खाएको मान्छे हुँ, कसलाई दम्भ देखाउनू ?’
कार्यक्रममा सम्बोधनका क्रममा अध्यक्ष ओलीले कांग्रेसका संस्थापक नेता किसुनजीसँग आफ्नो कहीँ कतै तुलना नहुने बताए । \'उहाँसँग मेरो कुनै पनि रुपमा तुलना हुन सक्दैन,\' ओलीले भने, \'जहानियाँ राणा शासनबाट देशलाई नयाँ युगमा ल्याउने किसुनजीहरु नै हुनुहुन्छ । संसदमा उहाँसँगै बस्ने मौका पाएको थिएँ । उहाँ साह्रै सर र खुल्ला हृदयको व्यक्ति हुनुहुन्थ्यो ।\'
ओलीले आफ्नो आयु निश्चित रहे पनि कसैले पिर चिन्ता लिन जरुरी नरहेको पनि प्रष्टोक्ति दिए । \'मेरो आयुको कसैले चिन्ता लिनुपर्दैन । ११ वर्षअघि किड्नी फेरेको थिएँ, कहिले निमोनिया त कहिले मेनेन्जाइटिसबाट मरिसक्यो पनि भने\', उनले भावुक हुँदै भने,’उनले भने, ‘सबैको आयुको निश्चित अवधि र सिमा हुन्छ । असीमित आयु कसैले पाएको छैन । मेरो पनि आयुको सीमा छ । तर मलाई मेरो आयुको कुनै चिन्ता छैन ।\'
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: