Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

भग्नावशेषमा पुरिएको एउटा सपना

नर्सिङमा ‘पासआउट’ गरेर प्रमाणपत्र लिने तयारीमा रहेकी रमिता श्रेष्ठको एउटै सपना थियो– आमाको मुहारमा खुशीको हाँसो देख्ने । ६ भाइ–बहिनीमध्येकी कान्छी रमिताको यो सपना १२ गते शनिबार दिउँसो आएको भूकम्पले निमेषभरमै कुल्चिदियो । भक्तपुरका साँघुरा गल्लीबीचको भग्नावशेषले फेरि कहिल्यै नपलाउने गरी कुल्चिदिएको हो उनको यो सपनालाई । क्याटरिङ मजदुरीबाट थोरथोरै गरी सँगालेको रकम र विदेशिएकी दिदीको हौसला तथा सहयोगमा तीनवर्षे नर्सिङ पढाइ सकेर प्रमाणपत्र कुरिरहेकी थिइन् रमिता । नर्सिङको अध्ययन गर्दैगर्दा उनले आमालाई भनेकी थिइन्– ‘नआत्तिनोस् आमा ! हाम्रा पनि खुशीका दिन आउने छन् ।’ ६२ वर्षिया आमा यतिबेला भक्तपुर नगरको दक्षिणपट्टि रहेको महेश्वरी खेलकूद मैदानको पालमुनि बसेर रमिताले भनेका तिनै शब्द र देखाएका सपनालाई सम्झिरहेकी छन्; वर्षे झरी झैं दर्किरहेका आँखासँगै । खुशीका ती दिनहरु आइनपुग्दै रमितालाई चपेटामा पा¥यो महाभूकम्पले । आमा भने तिनै सपनाहरुबीच रमिताको धुमिल तस्बिरअगाडि पालमुनि छिन् । अब न कसैले रमितालाई देख्न पाउनेछन् न त उनले बुनेका सपनाहरु नै । आफन्तहरु कोही आफैं प्रकृतिको विनाशका अघि निरीह छन् त कोही अझै पनि उनलाई सान्तवना दिन बेलाबेला आइरहेकै हुन्छन् । मात्र आउँदिनन्– रमिता । रमिताका कलेजका साथीहरु बिहानदेखि साँझसम्म पालमा आएर सुत्छन् आमासँगै । खाना पकाउँछन्, आमालाई दिन्छन् र रमिताको अभाव मेटाउने प्रयास गर्छन् । तर, रमिताको जस्तै माया त कहाँ हुन्थ्यो र ! कहाँ पूरा हन्थ्यो र रमिताको अभाव त ! लाग्छ रमिता नै बगिरहेकी छन् आमाका आखाँबाट आँशु बनेर । बिहानैदेखि बाहिर निस्किएकी रमिता भूकम्प आउनुभन्दा केही समयअगाडि मात्रै खाना खान घरभित्र छिरेकी थिइन् । आ–आफ्नो काममा बाहिरै थिए परिवारका अरु सबै सदस्यहरु  । आमा पनि बाहिर निस्केकी थिइन् चुरोट लिन । संयोग भनौं या ‘भावी’ को खेल ! बाहिर गएकी रमिता घर भित्रिइन् तर भित्र भएकाहरुचाहिँ बाहिरिए । त्यही भित्रने र बाहिरेने क्रममा नै निमेषभरमै भग्नावशेषमा पुरिएर समाप्त भए रमिताका सपना । परिवारजनलाई मात्रै होइन, साथीसंगी र सबैतिरका आफन्तजनलाई समेत मर्माहत बनाएको छ रमिताको अभावले । अब न फेरि कहिल्यै रमिताले सपना देख्न पाउनेछिन् न त साथी–संगीसँग सपनाको उडान भर्न नै । घरले भग्नावशेषको रुप लिएसँगै पालमा जीवन धानिरहेकी आमासँगै छिन्, शनिबारको विपद्पछि रमिताको कलेजकी साथी मनिषा पन्त । पुराना दिनहरु सम्झँदै उनले भनिन्– ¬‘पढाइमा निकै मिहेनत गर्थी, ममीको खुशी नै सबैभन्दा ठूलो सपना थियो उसको ।’ यति भन्न नभ्याउँदै आँखा छोपेर निःशब्द बनिन् मनिषा । समयले निम्त्याएको अवस्थासँग जुध्न विदेशिएकी रमिताका दिदी र दाइ घर फर्किंदैछन् । तर, स्वदेशमै भएका उनका बुबा भने अर्को विवाह गरेसँगै नयाँ घरमा बसाइँ सरे र दुःखको यस घडीमा औपचारिकता पूरा गर्न मात्रै भेट्न आए, जम्मा एक पटक । तर, भावनाको चुँडिएको डोरीलाई औपचारिकताले मेट्न सकेन । रमिताकी आमासँग यस विषयमा कुरा गर्न खोज्दा उनले भनिन्– ‘बाबु ! केही कुरै नगर्नोस् मसँग यस विषयमा ।’ भूकम्पको भग्नावशेषले सपनालाई थिचेको कथा यसै घरपरिवारकी एउटी रमिताको मात्रै होइन । यस्ता हजारौं रमिताहरुको सपना निमोठेको छ शनिबारको महाभूकम्पले । यो भूकम्पबाट बाँच्न सफल भएकाहरुलाई ओत लाग्ने पालदेखि खाजा समेत आफन्त र छिमेकीले नै व्यवस्था गरिरहेका छन् अहिले । ‘सरकारले त्रिपाल र राहत बाँडिरहेको सुनिन्छ तर खै मलाई त कसैले पनि केही दिएको छैन’– रमिताकी आमाले भनिन् । अहिले उनलाई ओत दिने घर र साथ दिने छोरी दुवैले एकैचोटि साथ छाडेका छन् । तर, उनको घाउमा मल्हम लगाउने भनिएको सरकार भने खोई कता छ ? थाहा छैन । भक्तपुर नगर, जसले महाभूकम्पको मार खेप्ने अधिकांश नेपालीको कथा भन्छ– त्यहाँ अहिले छानो नभत्किएको घर छैन र आफन्त नगुमाएको परिवार छैन । एक हप्तादेखि सबै मानिसहरुले लगातार खुला आकाशमुनि रात कटाउँदै आइरहेका छन् । खुला आकाश मात्रै होइन, निरन्तरजसोको सिमसिमे पानी र कठ्यांग्रिँदो जाडोले समेत पीडितहरुलाई झनै पीडित तुल्याएको छ । कतिका शवहरु अहिलेसम्म पनि भग्नावशेषबाट निकाल्न सकिएको छैन । कति शवहरुको हप्ता दिन बितिसक्दा समेत अन्तिम संस्कार गर्न सकिएको छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: