Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

मुलुक अब तुइनमुक्त हुने, अवरुद्ध राष्ट्रिय परिचयपत्र वितरण प्रक्रिया

\"\"राजधानी दैनिकले असार महिनाभित्रै नेपाल तुइनमुक्त हुने समाचार छापेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गत स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार)ले चालु आर्थिक वर्षभित्र मुलुक तुइनमुक्त हुने बताएको समाचारमा उल्लेख छ । डोलिडारका अनुसार हाल देशभरका तुइन विस्थापित गरी झोलुंगे पुल निर्माण गर्ने कार्य तीव्र गतिमा भइरहेको छ । ७२ वटा तुइन विस्थापित भइसकेको र ७४ वटा झोलुंगे पुल यसै वर्ष निर्माण हुने समाचारमा उल्लेख छ । ‘ऋण दिने पैसा अभाव’ नागरिक दैनिकले वाणिज्य बैंकसँग ऋण दिने अभाव भएकाले आगामी दिनसकसपूर्ण हुने समाचारलाई मुख्य समाचार बनाएको छ । समाचार अनुसार मुलुकभरका वाणिज्य बैंकहरुमा ऋण दिने पैसा ४० अर्ब रुपैयाँ हाराहारीमा मात्र छ । समाचारमा लेखिएको छ- भर्खरै सर्वोच्च अदालतले एनसेलको पुरानो कम्पनी टेलिया सोनेरालाई आफ्नो नाफा विदेश लैजान अनुमति दिएको छ । स्रोतहरुले दिएको जानकारीअनुसार नेपाली बैंकहरुमा रहेको यो रकम ६० अर्ब रुपैयाँ हाराहारीमा छ । अर्कोतिर यही महिना उद्योगी व्यवसायीले सरकारलाई ६० देखि ७० अर्ब रुपैयाँ अग्रिम कर तिर्दैछन् । केही कम्पनीहरु चाँडै सेयर निष्कासनको तयारीमा छन् । ‘आगामी दिनमा आउने यी प्रमुख घटनाले वाणिज्य बैंकहरुमा तरलताको अवस्था कस्तो होला ? बैंकहरु सर्वसाधारण र उद्योगी व्यवसायीलाई कर्जा दिन सक्ने अवस्थामा हुन्छन् वा हुँदैनन् ? दुई वर्ष अगाडिको जस्तै बैंकहरुमा पैसा नभएर समस्या त आउँदैन ? राष्ट्र बैंकका अधिकारीहरु र बैंकरहरु विकराल अवस्था नआएपनि समस्या ठूलै हुनसक्ने बताउँछन्,’ समाचारमा उल्लेख छ । नागरिकले आयल निगम जग्गा खरिद अनियमिततामा दुई सयजना अनुसन्धानको घेरामा तानिएको समाचारलाई पनि प्रथामिकता दिएको छ । वेपत्तालाई मृतक घोषणा वेपत्ता छानविन आयोगले वेपत्ता व्यक्तिलाई ‘मृतक’को सूचीमा राख्दै घरपरिवारमा पत्र पठाएको समाचार पनि नेपाल समाचारपत्र दैनिकको पहिलो पृष्ठमा छ । आफ्ना व्यक्तिको लास कि सासको माग गर्दै आन्दोलन गरिरहेका वेपत्ता परिवारको घरमा एक्कासी आयोगबाट ‘मृतक’मा सूचीकृत गरिएको भन्ने पत्र आएपछि उनीहरु आक्रोशित भएका समाचारमा उल्लेख छ । ‘बाँकेमा ६ जना वेपत्ता परिवारको घरमा ‘मृतक सूचीकृत गरिएको’ पत्र आएको छ,’ समाचारमा लेखिएको छ, ‘आयोगले त्यस्तो पत्र हुलाकबाट पठाइदिएको छ ।’ न्यायका लागि द्वन्द्वपीडित समाज बाँकेकी अध्यक्ष चन्द्रकला उप्रेतीले बनकटवामा ३, कोहलपुरमा १ र राप्तीपारीका २ जना वेपत्ता परिवारको घरमा आयोगले मृतक सूचीकृत गरेको पत्र आएको जानकारी दिएकी छन् । राष्ट्रिय परिचयपत्र वितरण प्रक्रिया अवरुद्ध\"\" गोरखापत्र दैनिकले राजनीतिक अस्थिरताको असर राष्ट्रिय परिचयपत्र वितरण कार्यमा समेत परेको र सरकारले निर्णय गर्न नसक्दा राष्ट्रिय परिचयपत्र वितरण प्रक्रिया अवरुद्ध भएको समाचार छापेको छ । राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका कार्यकारी निर्देशक रामकृष्ण सुवेदीले परिचयपत्रमा राखिने ‘सेक्युरिटी फिचर’ (सुरक्षण चिहृन)बारे सरकारले निर्णय नगरेका कारण परिचयपत्र वितरण प्रक्रिया अवरुद्ध भएको जानकारी दिएका छन् । ‘कसैले नक्कल (कपी) गर्न नसकोस् भनेर राष्ट्रिय परिचयपत्रमा ‘देखिन सकिने’ र ‘देखिन नसकिने’ (सिन र अनसिन) सुरक्षण चिहृन राख्नुपर्छ,’ कार्यकारी निर्देशक सुवेदीले गोरखापत्रलाई भनेका छन्, ‘राष्ट्रिय परिचयपत्रमा सुरक्षण चिहृनका रूपमा के राख्ने भन्ने निर्णय मन्त्रिपरिषदले गर्नुपर्छ ।’ उनका अनुसार सुरक्षण चिहृन जे पनि हुनसक्छ, त्यसबारे राज्यको उच्चस्तरीय निकाय र अधिकारीबाहेक अरू कसैलाई थाहा हुँदैन । गत मंसिर ११ गतेको गृहमन्त्रीस्तरीय बैठकले सुरक्षण चिहृनबारे अन्तिम निर्णय गर्न मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको थियो । ‘सुरक्षण चिहृनबारे मन्त्रिपरिषद्ले निर्णय गरेपछि राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्ऽले कार्ड छाप्ने जिम्मेवारी पाएका कम्पनीलाई कार्ड (ब्लैङ्क कार्ड) छाप्ने जिम्मेवारी दिइने’ उनले स्पष्ट पारेका छन् । कार्ड छाप्ने जिम्मेवारी फ्रान्सको मोर्फो कम्पनीले पाएको छ । परिचयपत्र छाप्नका लागि केन्द्रका कर्मचारीलाई तीन दिवसीय तालिमसमेत मंगलबारबाट सुरु भइसकेको छ भने परिचयपत्र छाप्नका लागि गृह मन्त्रालय परिसरमा मेसिन जडान गरी परिचयपत्रको ‘डेमो’समेत तयार भइसकेको छ । प्रदेशसभा संरचना बनाउन १ अर्ब ५ करोड लाग्ने नयाँ पत्रिका दैनिकमा मन्त्रिपरिषदले प्रदेशको राजधानी नतोक्दा प्रदेश सभा भवन तयार पार्ने जिम्मेवारी पाएको सहरी विकास मन्त्रालय अलमलमा परेको समाचार पनि छ । सहरी विकास मन्त्रालयले अर्थ मन्त्रालयसँग सातवटै प्रदेश सभाको संरचना तयार गर्न तत्काल १ अर्ब ५ करोड माग गरेको छ । सरकारले प्रदेशको राजधानी तोक्ने सम्भावित क्षेत्रमा प्रदेश सभा सञ्चालनका लागि आवश्यक भवनबारे मन्त्रालयले अध्ययन गरिसकेको छ । प्रदेश नम्बर १ मा धरान, विराटनगर, धनकुटा तथा इटहरीमा सम्भावित भवनको खोजी गरिएको छ । त्यस्तै २ मा जनकपुर, ३ मा काठमाडौं, बनेपा, हेटौंडा, ४ मा पोखरा, ५ मा बुटवल, दाङ, ६ मा सुर्खेत र ७ मा धनगढी, दिपायललगायतका क्षेत्रमा सम्भावित प्रदेश सभाका लागि भवन खोजिएको छ ।     अन्तर्राष्ट्रिय उडानतर्फ निगम एक जहाजमा खुम्चियो राष्ट्रियध्वजावाहक नेपाल वायुसेवा निगम अन्तर्राष्ट्रिय उडानतर्फ एउटा जहाजमा खुम्चिएको समाचारलाई नागरिक दैनिकले आज आर्थिक पृष्ठमा महत्वका साथ छापेको छ । निगमसँग रहेका तीन थानमध्ये एउटा मात्र सञ्चालनमा रहेको समाचारमा उल्लेख छ । ‘अन्तर्राष्ट्रिय उडान गर्न निगमसँग युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा निर्मित १ सय ५८ सिट क्षमतायुक्त ‘ए३२०-२००’ सिरिजका दुई थान र अमेरिकी जहाज निर्माता कम्पनी बोइङमा निर्मित १ सय ९० सिट क्षमतायुक्त बी ७५७-२००’ सिरिजको एक गरी तीन जहाज छन्’, नागरिकले आफ्नो समाचारमा लेखेको छ । समाचार अनुसार, यीमध्ये एउटा ए ३२० र बी ७५७ जहाज केही दिनदेखि सञ्चालनमा छैनन् । बी ७५७ को अगाडिको ल्याण्डिङ गियर फेर्न सिंगापुर लगिएको छ भने एउटा ए ३२० भारतको नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भएर बसेको छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy