Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

समानुपातिकमा एमालेका यी हुन सांसद

\"\"काठमाडौँ । एमालेले प्रदेशसभामा समानुपातिकतर्फका आफ्ना सांसदको नाम तय गरेको छ । निर्वाचन आयोगमा यसअघि नै पठाइएको सबै समूहको सूचीक्रमअनुसारै नाम चयन गरिएको पार्टीले जनाएको छ । एमालेले सबै प्रदेशमा गरी समानुपातिकबाट ७५ सांसद पाएकोमा ४ मात्रै पुरुष परेका छन् । ३३ प्रतिशत महिला पुर्‍याउनुपर्ने बाध्यताका कारण ७५ मध्ये ७१ महिला पठाउनुपरेको हो । प्रदेश २ र ४ मा मात्र २/२ जना पुरुष परेका छन् । कान्तिपुरमा खवर छ । नयाँ सरकार गठनमा अवरोध खडा गरेको र समानुपातिक निर्वाचनतर्फको परिणाम सार्वजनिक गर्नमा बहानाबाजी गरेको भन्दै एमालेले सरकार र निर्वाचन आयोगसँग तीव्र असन्तुष्टि व्यक्त गरेको छ । स्थायी समितिको बिहीबारको बैठकले सरकार र यससँग सम्बन्धी व्यक्तिले संविधानको अपव्याख्या गरिरहेको र संवैधानिक अंगलाई समेत अनुचित दबाब दिइरहेको आरोप लगाएको छ । त्यही दबाबका कारण निर्वाचन आयोगले समानुपातिक परिणाम सार्वजनिक गर्न नसकिरहेको एमालेको निष्कर्ष छ । ‘सरकार गठनमा आवश्यक भूमिका खेल्नुको साटो वर्तमान कामचलाउ सरकार र यससँग सम्बद्ध कतिपय व्यक्ति संविधानको अपव्याख्या गर्ने, संवैधानिक अंगहरूलाई अनुचित दबाब दिने र संक्रमणकाल लम्ब्याउँदै यसै अवधिमा राष्ट्र र जनतालाई दूरगामी प्रभाव पार्ने विभिन्न निर्णय गरिरहेका छन्,’ एमालेको निर्णयमा भनिएको छ, ‘नयाँ सरकार गठनमा अवरोध सिर्जना गर्नु निर्वाचनबाट अभिव्यक्त जनताको अभिमत र स्थिर तथा बलियो सरकार चाहने जनआकांक्षामाथि आँच पुर्‍याउनु हो ।’ बैठकले प्रतिनिधिसभाको समानुपातिकतर्फको परिणाम अविलम्ब सार्वजनिक गर्न आयोगको ध्यानाकर्षण गराएको छ । पार्टीले तत्काल नयाँ सरकार गठनको वातावरण बनाउन प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेको छ । निर्वाचन परिणाम घोषणा गर्न राष्ट्रिय सभासम्बन्धी अध्यादेशको कुनै सरोकार नरहेको उसको जिकिर यथावत् छ । समानुपातिक परिणाम घोषणापछि सरकार गठनको बाटो खुल्ने उसको ठहर छ । कांग्रेसले परिणामअड्काएको र आयोगलाई समेत अनुचित दबाब दिएको निष्कर्ष एमालेको छ । ओली निवास बालकोटमा भएको बैठकले माओवादी केन्द्रसँगको एकीकरण छिटो टुंग्याउने निर्णय पनि गरेको छ । एकीकरणका विषयमा सकारात्मक छलफल चलिरहेको बैठकमा अध्यक्ष ओलीले ब्रिफिङ गरेका थिए । उनले एकता प्रक्रियाका विषयलाई चाँडै पार्टी एकता संयोजन समितिमा छलफलमा लैजाने स्थायी समिति सदस्यहरूलाई बताए । अरू नेताले पार्टी एकतालाई छिटो टुंग्याउनुपर्ने सुझाव दिएका थिए । एकता प्रक्रियासँग पार्टीका सैद्धान्तिक र वैचारिक पक्ष जोडिने भएकाले त्यसमा पनि छिनोफानो गरेर जानुपर्ने सुझाव सदस्यबाट आएको थियो । एमालेका प्रदेशसभा सांसद प्रदेश नं १ विनादेवी राई, सावित्री जोशी, उषाकला राई, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, होमकुमारी सावा, आशारत्न जबेगु, यशोदा अधिकारी, अम्बिका थापा, सरिता थापा, सावित्राकुमारी रेग्मी, सुनिताकुमारी चौधरी, जसमाया गजमेर (विश्वकर्मा), वसन्तीदेवी यादव, गुलेफुन मियाँ प्रदेश नं २ सीता गुरुङ, रवीन्द्र बैठा धोबी, डा. मनोजकुमार सिंह, जकतारैनदेवी सुडिन साह, अनिताकुमारी यादव, मञ्जुकुमारी यादव, हसिमा खातुन प्रदेश नं ३ बेलिमैया घले, जुनेलीमाया श्रेष्ठ, सरस्वती बाटी, शान्ति थिङ, देवकी श्रेष्ठ (बान्तवा), इन्द्रमाया गुरुङ, सीता लामा, आशमाया तामाङ, उर्मिला कर्माचार्य, रचना खड्का, मुनु सिग्देल, सरस्वती बस्नेत, गोमा भुर्तेल, मीना ज्ञवाली (नेपाल), पार्वती सिलवाल, मैना अछामी सार्की प्रदेश नं ४ चन्द्रमोहन गौचन, मित्रकुमारी गुरुङ सुवेदी, सावित्रा राना, मीना गुरुङ, मायानाथ अधिकारी, सिर्जना शर्मा, प्रभा कोइराला, पुष्पा केसी भण्डारी, लक्ष्मी सुनार, जुनादेवी नेपाली प्रदेश नं ५ रमा घर्ती, थानकुमारी थापा चापागाईं, विमला शर्मा पन्थी, सरस्वती गौतम, जालपा भुसाल, भगवतीदेवी भण्डारी, कृष्णी थारू, धमकली चौधरी, कमलादेवी विक, ढाटी सुनार (आशा स्वर्णकार), सुनिताकुमारी ठठेर, चिन्तावती कुर्मी, फौजिया नसिम प्रदेश नं ६ मीनासिंह रखाल, बदमी बोहरा, पद्मा खड्का, देवी ओली, कौशिलावती खत्री, राजु नेपाली प्रदेश नं ७ माया भट्ट, मनाकुमारी साउद, पूर्णा जोशी, माया तामाङ बोहरा, सुशीला बुढाथोकी, चुनकुमारी चौधरी, अर्चना गहतराज, दुर्गा विक । विवेकशील र नेमकिपाको पनि तय काठमाडौं (कास)– विवेकशील साझा पार्टीले प्रदेश ३ को सभाका लागि समानुपातिकतर्फ ३ सदस्य सिफारिस गरेको छ । विवेकशील साझाले बिहीबार प्रदेशसभा सदस्यका लागि रमेश पौडेल, शोभा शाक्य र विराजभक्त श्रेष्ठको नाम निर्वाचन आयोगमा बुझाएको हो । साझाले प्रदेश ३ को समानुपातिकतर्फ १ लाख २४ हजार ४ सय ४२ मत पाएको थियो । त्यही मतका आधारमा साझाले ३ सिट पाएको हो । प्रदेश ३ मै समानुपातिकमा एक सिट पाएको नेपाल मजदुर किसान पार्टीले पनि २७ वर्षीया सिर्जना सैंजुलाई प्रदेशसभा सदस्य सिफारिस गरेको छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending