राष्ट्रिय क्षयरोग केन्द्रको निर्माणाधीन भवनमा नगरपालिकाले गर्याे सिलबन्दी
पौष १४ गते, २०७४ शुक्रवार 29th December, 2017 Fri०८:२४:५४ मा प्रकाशित
भक्तपुर । राष्ट्रिय क्षयरोग केन्द्रको निर्माणाधीन भवनमा मध्यपुर थिमि नगरपालिकाले सिलबन्दी गरेको छ । मध्यपुर थिमि–४ तछुटोलस्थित केन्द्रले नगरपालिकासँग कुनै स्वीकृति नलिई, नक्सापास समेत नगरी निर्माण थालिएको भन्दै सिलबन्दी गरेको हो । केन्द्रले करिब २९ करोड रुपैयाँ लागतमा ३ सय शय्याको छाती रोग अस्पताल भवनको निर्माण थालेको थियो । अाजकाे कान्तिपुरमा खवर छ ।
नगरप्रमुख मदनसुन्दर श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवाली, कानुन अधिकृत केशव सिलवाल, नगरपालिकाका इन्जिनियर, ४ नम्बर वडाका वडाध्यक्ष कुमार श्रेष्ठ, नगरपालिका कर्मचारी, प्रहरीलगायतको टोलीले बिहीबार सिलबन्दी गरेपछि अस्पताल भवन निर्माण कार्य रोकिएको छ । जनप्रतिनिधिले स्थानीय तह सञ्चालन सुरु गरेदेखि नै केन्द्रलाई नगरपालिकासँग स्वीकृति लिन, नक्सापास गर्न पटक–पटक आग्रह गर्दा पनि अटेर गर्दै आएकाले सिलबन्दी गर्न बाध्य भएको मध्यपुर थिमि नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले बताए ।
केन्द्रले नगरपालिकामा नक्साको प्रक्रिया सुरु नगरी तछुटोलको बस्ती जोखिममा पर्ने गरी स्काभेटरले खारेको नगरपालिकाले जनाएको छ । ‘नियमविपरीत ९० डिग्रीको कोणमा १ सय ५० फिटभन्दा बढी ठाडो गरी माटो काटेको पाइयो,’ नगरप्रमुख श्रेष्ठले भने, ‘सामाजिक भवन निर्माण गर्न बस्तीलाई धरापमा पार्न पाइँदैन ।’
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ७ दफा २७ र २८ मा भवन वा भौतिक संरचना निर्माण गर्दा स्थानीय सरकारसँग पूर्वस्वीकृति लिनुपर्ने स्पष्ट व्यवस्था भएकाले सोही ऐनमा टेकेर सिलबन्दी गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवालीले बताए । सरकारी निकायले नै लत्याएर भवन निर्माण सुरु गरेकाले नगरपालिका बाध्य हुनुपरेको समेत उनी बताउँछन् ।
२०७२ वैशाखको भूकम्पपछि सरकारी भवन निर्माण गर्दा अनिवार्य स्वीकृति लिएर मापदण्ड अनुसार जानुपर्ने व्यवस्था हुँदा पनि अस्पताल जस्तो संवेदनशील भवन निर्माण गर्दा केन्द्रले सरकारको नियम मिच्न खोजेको नगरपालिकाको आरोप छ । केन्द्रले भवन निर्माणका लागि बस्ती नै भासिने गरी स्लोभ काटेको भन्दै स्थानीयले विरोध गरेका छन् । यता राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. केदार नरसिंह केसीले भने एउटा सरकारी निकायले भवन विभागको नक्सा, मापदण्ड र स्वीकृतिमा अस्पताल भवन निर्माण गर्दा अर्को सरकारी निकायले रोक्नु नपर्ने बताए ।
‘नगरपालिकामा नक्सा स्वीकृत गराउनुपर्ने हो, तर अस्पताल निर्माणको बजेट फ्रिज होला भनेर हतारमा भवन निर्माण थालेका हांै,’ उनले भने, ‘केही दिनभित्रै नक्सा पास गर्न नगरपालिकामा पेस गर्छौं ।’ केन्द्रले स्थानीय तह लागू हुनुभन्दा पहिले नै सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय भक्तपुरमार्फत नक्सापास गराएको डा. केसीले बताए । ३ ब्लकमा निर्माण हुने भवनमध्ये दुईवटा ब्लकको पहिल्यै पास गरेको र एउटा प्रक्रियामा रहेको केन्द्रले जनाएको छ । चालु आर्थिक वर्षमा उक्त भवन निर्माणका लागि ७ करोड बजेट विनियोजन भएको र पुस मसान्तभित्र काम सुरु नगरे बजेट फिर्ता जाने डरले थालनी गरेको उनले बताए ।
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: