Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

'आईसीयूमा पुगेको कांग्रेसलाई अब बूढाे डाक्टरले शल्यक्रिया गर्न सक्दैन' : भण्डारी

\"\"काठमाडौँ ।  नेतृत्वको रणनीतिक असफलता र पुरानो कार्यशैलीबाट अब पार्टी नचल्ने भन्दै कांग्रेसका युवा नेताले पार्टीका पहिलो पुस्तालाई विश्राम लिन आग्रह गरेका छन् । उनीहरूले ७० वर्ष कटेका नेतालाई पार्टीबाट विश्राम लिएर अभिभावकको भूमिकामा बस्न आग्रह गरेका हुन् । निर्वाचनमा पार्टीले लज्जास्पद पराजय भोगेपछि युवा नेताले पार्टी नेतृत्व हस्तान्तरण माग गर्दै आएका छन् । नेविसंघ ३ नम्बर प्रदेश कार्यसमितिद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा युवा नेताहरू चन्द्र भण्डारी, गगन थापा, गुरुराज घिमिरे, प्रदीप पौडेल, उमेशजंग रायमाझीलगायतले पहिलो पुस्ताका नेतालाई ‘डेट एक्स्पायर’ औषधिका रूपमा चित्रण गर्दै नेतृत्व हस्तान्तरण गर्न आग्रह गरेकाे अाजकाे कान्तिपुरमा खवर छ । निर्वाचन परिणाम आएलगत्तै भण्डारीको संयोजनमा युवाको समूहले निर्वाचन समीक्षा र नेतृत्व हस्तान्तरण मुद्दा उठाउन विशेष महाधिवेशन माग गर्दै आएको छ । तर, पार्टी सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन होइन, केन्द्रीय कार्यसमिति बैठक मात्रै बोलाउने बताएका छन् । ‘नेपालीको एभरेज आयु ७० वर्ष छ । तर हाम्रा नेताको उमेर ७२/७४ पुगिसक्यो । आईसीयूमा पुगेको कांग्रेसलाई अब यी बूढा डाक्टरले शल्यक्रिया गर्न सक्दैनन्,’ भण्डारीले भने, ‘समयअनुसार चल्न नसक्ने यी नेतालाई अब बिदा गर्नुपर्छ ।’ पार्टीले लज्जास्पद पराजय भोग्दा पनि नेतृत्वमा होस नखुलेको भण्डारीले बताए । शुक्रबार नै समानुपातिक सदस्य छनोट गर्ने क्रममा पार्टी विधान र पद्धति मिचेर नेतृत्वले छोरीलाई दाइजो दिएजस्तो व्यवहार गरेको भन्दै उनले आपत्ति प्रकट गरे । ‘जसले आफ्नो इतिहास जोगाउन सकेन, त्यस्ता नेताबाट हामीले के आशा गर्ने ?’ भण्डारीले थपे, ‘समानुपातिक पद्धति दाइजो हो कि न्याय गर्नका लागि ल्याइएको हो ?’ युवा नेता गगन थापाले कांग्रेसको नवजागरणका लागि पहिलो पुस्ताले अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने बताए । ‘यो नेतृत्वप्रति अनुदार होइन । पार्टीको पहिलो पुस्तालाई योभन्दा बढी भारी बोकाउनु उहाँहरूप्रति पनि अन्याय हो,’ थापाले भने, ‘अब विश्राम लिनुहोस् र अभिभावकको भूमिकामा बस्नुहोस् ।’ यसो भन्नुको अर्थ आफैंले पार्टी नेतृत्व गर्न पाउनुपर्ने दृष्टिकोण आफ्नो नरहेको थापाले प्रस्ट पारे । ‘५ वर्षपछि फेरि चुनाव आउँछ, त्यतिबेला कांग्रेसलाई पहिलो पार्टी बन्न थप १७ लाख मतदाता ल्याउनुपर्छ,’ उनले भने, ‘हामीलाई पदाधिकारी र नेतृत्व केही चाहिएको छैन । क्रियाशील सदस्यता भएरै काम गर्न तयार छौं । तर तपाईंहरू (पार्टी नेतृत्वमा रहेको पहिलो पुस्ता) अभिभावक भएर बस्ने हो कि होइन ?’ उनीहरूले निर्वाचनमा पार्टी पराजय हुनुमा सरकारले गरेको नकारात्मक काम बढी जिम्मेवार रहेको बताए ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: