Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

‘जनताको बहुदलीय जनवाद‘ र 'माओवाद’ को सिद्धान्त तत्काल थाती राखे पछि मात्र एकता सम्भव

\"\"काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकताको सैद्धान्तिक आधार के हुने भन्ने बहस चलिरहेका बेला एकता संयोजन समितिका सदस्य नारायणकाजी श्रेष्ठले दुवै दलले अपनाउँदै आएका सिद्धान्त छाड्नुपर्ने प्रस्ताव गरेका छन् । एमालेले अपनाउँदै आएको ‘जनताको बहुदलीय जनवाद (जबज)’ र माओवादीले भन्दै आएको ‘माओवाद’ को सिद्धान्त तत्कालका लागि थाती राखेर नयाँ सैद्धान्तिक आधार तयार गर्दा मात्र पार्टी एकता सम्भव हुने उनको धारणा अाजकाे कान्तिपुर दैनिकमा खवर छ । ‘माओवादीले जबज मान्नुपर्छ भन्ने अडानमा एमाले र एमालेले माओवाद स्वीकार्नुपर्छ भन्नेमा माओवादी रहेसम्म पार्टी एकता हुन सक्दैन,’ नेपाल अध्ययन केन्द्रद्वारा आइतबार राजधानीमा आयोजित ‘वामपन्थी एकताको आधार’ विषयक बहसमा माओवादी नेता श्रेष्ठले भने, ‘माओवाद र जबज दुवैलाई अहिले ड्रप गरेर जानुपर्छ।’ उनले दुवै दलले माक्र्सवाद–लेनिनवादको सिद्धान्त मानेकाले त्यसलाई मूल आधार मानेर नयाँ परिवेशअनुसार कसरी अघि बढ्ने भन्ने सैद्धान्तिक बाटो तय गर्नुपर्ने औंल्याए। एमालेले अपनाउँदै आएको जबजको सिद्धान्तको मूल आशय लोकतान्त्रिक विधि र शान्तिपूर्ण तबरबाट राज्यसत्तामा पुग्नुपर्छ भन्ने हो। माओवादी सिद्धान्तको मूल आशय राज्यसत्तामा पुग्न बल पनि प्रयोग गर्नुपर्छ र आवश्यक पर्दा सशस्त्र आन्दोलनमा जानुपर्छ भन्ने हो। नेता श्रेष्ठले ‘जनयुद्ध’ र ‘जनआन्दोलन’ ले नेपालमा गणतन्त्र र संघीयता ल्याएको भन्नेमा दुवै दल सहमत भएकाले यही विन्दुलाई एउटा आधार मानेर संविधानअनुसार बनेपछि समाजवादउन्मुख कार्यक्रम सञ्चालन गर्ने गरी पार्टी अघि बढ्नुपर्ने धारणा राखे। कार्यक्रममा एमाले उपमहासचिव घनश्याम भुसालले पनि ‘जबज’ र ‘माओवाद’ कै कारण एउटा उपलब्धिमा पुगिसकेकाले अब त्यसैलाई समातेर बस्न नहुने धारणा राखे। दुवैको जगमा प्राप्त उपलब्धिलाई अझै समृद्ध बनाउने नयाँ सैद्धान्तिक बाटो तय गर्नुपर्ने उनको तर्क छ। ‘एमाले र माओवादी सैद्धान्तिक रूपमा जहाँ पुगेका छन्, त्यहींबाट अघि बढ्ने हो,’ उपमहासचिव भुसालले भने ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending