Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

सरकारले धन्यवादसहित ३४ देशका उद्दार टोलीलाई फर्काउने

काठमाडौं, सरकारले महाभूकम्पपछि उद्धारका लागि विभिन्न मुलुकबाट आएका उद्धार (सर्च एन्ड रेस्क्यु) टोलीलाई फिर्ता गर्ने तयारी गरेको छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–गृह मन्त्रालयअन्तर्गत केन्द्रीय दैवीप्रकोप उद्धार समितिको आइतबार बसेको बैठकले उद्धारका लागि विभिन्न ३४ राष्ट्रबाट आएका चार हजार ५० जना र सोही कामका लागि ल्याइएका एक सय २९ वटा कुकुर फिर्ता गर्ने निर्णय गरेको हो। गृह मन्त्रालयमा आयोजित पत्रकारसम्मेलनमा प्रवक्ता लक्ष्मीप्रसाद ढकालले विदेशी मुलुकका उद्धार टोलीलाई कार्यविधिअनुसार एक सातामात्र काम गर्न पाउने अधिकार भएकाले अब फिर्ता गर्ने निर्णय भएको बताए। नेपाली सेनाले विदेशी उद्धारटोली अब नचाहिने भन्दै गृह मन्त्रालयमा पत्राचार गरेपछि उनीहरूलाई फिर्ता पठाउन लागिएको हो। ‘विदेशबाट आएका सर्च एन्ड रेस्क्यु टिम एक साताभन्दा बढी समय बस्न पाउँदैनन्’ गृह प्रवक्ता ढकालले भने, ‘उहाँहरूले दुस्खमा परेका नेपालीलाई सहयोग गर्नुभएको छ। उहाँहरूलाई धन्यवाद दिएर बिदा गर्ने निर्णयमा पुग्यौं।’ नेपाली सेनाले पटकपटक उद्धार गर्न नेपाली सेना सक्षम रहेको भन्दै विदेशी टोलीलाई तत्काल फिर्ता गर्न गृह मन्त्रालयलाई आग्रह गरेको थियो। प्रधानसेनापति गौरवशमशेर राणाले समेत प्रधानमन्त्री सुशील कोइरालालाई विदेशी उद्धार टोलीलाई फिर्ता गर्न आग्रह गर्दै आएका थिए। गृह प्रवक्ता ढकालले भने, ‘विदेशी उद्धार टोलीको कार्यअवधि सकिएकाले फिर्ता गर्ने निर्णय गरेका छौं। बाँकी काम नेपाली सेना र सशस्त्र प्रहरीले गर्नेछन्।’ उद्धार समितिले उनीहरूलाई फिर्ता पठाउने निर्णय गरेपछि मन्त्रिपरिषद् बैठकले अनुमोदन गर्नुपर्ने हुन्छ। सशस्त्र प्रहरी बलले समेत आफूहरूले पुरिएका धेरै व्यक्तिको जीवितै उद्धार गरिसकेकाले सर्च र रेस्क्युका लागि नेपाल आएका विदेशी टोलीलाई फिर्ता गर्न लबिङ गरेको छ। उद्धारका लागि भारतबाट आएको सैन्य टोलीले कामभन्दा पनि आफ्ना सञ्चारमाध्यम प्रयोग गरेर गलत प्रचार गरेको भन्दै प्रधानमन्त्री कोइरालालाई सरकारकै केही मन्त्रीले गुनासो गरेको स्रोतले बतायो। केही मन्त्रीले भारतीय उद्धार टोली र त्यहाँबाट आएका सञ्चारमाध्यमप्रति औंला उठाएका थिए। प्रधानमन्त्री कोइरालाको विमानस्थल निरीक्षणका क्रममा प्रधानसेनापति राणाले विदेशी उद्धार टोली र सरकारका मन्त्रीहरूको कार्यशैलीप्रति सार्वजनिक रूपमै टिप्पणी गरेका थिए। उद्धार टोलीलाई फिर्ता गर्ने निर्णय भए पनि भूकम्प प्रभावित क्षेत्रमा रहेका विभिन्न मुलुकका मेडिकल टोलीलाई भने तत्काल फिर्ता पठाइनेछैन।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: