Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

ठूलो भूकम्प जाने शक्ति यसरी सकिँदै छ

अहिले जसरी क्रमिक रुपमा कम हुँदै गइरहेको छ । अब दिनको एउटा पराकम्पन फेरि दुई दिनमा एउटा, तीन दिनको एउटा हुँदै हप्ताको एउटा, १५ दिनको एउटा र महिनामा एउटा हुँदै  कम हुँदै जान्छ । यसलाई मेसिन लगाएर अथवा कुनै उपकरण लगाएर फेरि रोक्न सकिँदैन । ०००                    ०००                        ००० डा. सुमन प्रसाद सापकोटा उप–महानर्देशक खानी तथा भूगर्भ विभाग गत शनिबार ७.६ रेक्टर स्केलको भूकम्प आईसकेपछि त्यो भूकम्प २० किलोमिटरको गहिराइमा  गयो ।  त्यो गहिराइले जमिनको धाँजा फाटिन्छ । बाँस चिरे जस्तो गरेर पिटिट्ट पिटिटिट्ट हुँदै पूर्व तिर लाग्यो । त्यो पूर्वतिर हुँदै २४ घण्टापछि सिन्धुपाल्चोकमा गएर ठूलो भूकम्प गयो । एकसय ३० किलोमिटर चट्टानमा सिञ्चित भएको शक्ति निस्केको छ । त्यो शक्ति एकै चोटी निस्कँदा ठूलो भूकम्प भयो । त्यो सुरुको थियो ।  त्यसपछि शक्ति क्षिण हुँदै गयो ।  साना–साना पराकम्पनहरु गए । अब ठूलो भूकम्प जाँदैन । हामीले यो किन भनेका हाैँ भने, त्योसँग भएको शक्ति अब त्यति धेरै छैन । त्यो क्षिण हुँदै ६.९ हुँदै  ६ हुँदै पाँचका थुप्रै हुँदै चार भन्दा मुनिका १५ सय, दुई हजार पटक नै गइसकेका छन् । त्यसकारण हामीले भनेको के हो भने, अब त्यहि गतिमा त्योभन्दा ठूलो भूकम्प जान सक्ने सम्भावना छैन । अब लामो समयसम्म नजाला । तर यसको मतलब यो होइन कि अब हामी आनन्दले सुते हुन्छ । भूकम्प ट¥यो भन्ने पनि होइन । भूकम्प के हो ? नेपाल भूकम्पीय जोखिम क्षेत्रमा पर्ने मुलुक हो । नेपाल मात्रै होइन अफगानिस्तानदेखि बर्मासम्म २५ सय किलोमिटर हिमालयन श्रृङ्खला छ । यो श्रङ्खलामा दक्षिणतर्फको २ सेन्टिमिटरको दरले  प्रतिवर्षको इन्डियन प्लेटले थिचि राख्छ, र त्यो उत्तर तिर जान पाउँदैन तर जान खोजिरहन्छ । जान खोज्दा तिब्बतीयन प्लेटले रोक्छ । हाम्रो हिमालयनको फेद जहाँ तीन हजार किलोमिटर हाईटको लाईन छ,  त्यसको मुनि २० किलोमिटरमा दुईवटा प्लेटको जुधाई हुन्छ । त्यो शक्तिशाली हुन्छ । त्यसलाई चट्टानले थेग्न सकेन भने त्यो चट्टान भाँचिन पर्छ । त्यो भाँचिएपछि तरंगहरु निस्कन्छन् । त्यो नै भूकम्प हो । झट्का के हो ? जति लामो क्षेत्र र ठूलो चट्टानको शक्ति क्षिण भयो, त्यति ठूलो भूकम्प जान्छ । त्यसकारण हामीकोमा योभन्दा अघिका भूकम्प ६ र ६.५ का थिए । त्यो बेला फल्टको लेन्थ १० किलोमिटर वा २० किलोमिटर हुन्थ्यो । त्यो वरिपरि नै केन्द्रविन्दु पर्थे । अहिले भूकम्पको स्रोतको दुरी नै टाढा भयो त्यसकारण केन्द्रविन्दु नै कहिले गोरखा, कहिले सिन्धुपाल्चोक तिर हानिरहन्छ । तर केन्द्रविन्दु बाहिर गएको छैन । त्यो गोरखा र सिन्धुपाल्चोकको आसपास छ । त्यसैले यी सबै जति पनि भूकम्पका झट्काहरु आईरहेका छन्, यी सबै अघिल्लो ७.६ रेक्टर स्केलको भूकम्पका पराकम्पन (झट्का) का श्रङ्खलाहरु हुन् । यो प्रणाली जहाँ पनि उही हो । संसारभरि यस्तै हुन्छ । एकपटक ठूलो भूकम्प जान्छ, त्यो पराकम्पन बनेर लामो समयसम्म गइरहन्छ । हामीले यसलाई ७२ घण्टासम्म तारन्तार आईरहन्छ भनेका थियौं । बाहिर बस्नुस् भनेका थियौं । पहिलो दिन १२ घण्टामा ३८ वटा आएको थियो । भोलीपल्ट घटेर २४ घण्टामा जम्मा ३८ वटा मात्रै आयो ।  पर्सिपल्ट घटेर बीस बाईसमा झ¥यो । फेरि अर्को दिन घटेर १४ मा झर्यो । अर्को दिन १३ मा झर्यो । त्यसपछि दैनिक ५ वा ६ पटक आउँदै छ । भूकम्प स्विच अन, स्विच अफ जस्तो होइन । बत्ति निभाउ सुतौं । बत्ति बालौं उठौं भन्ने जस्तो होइन । यो पेन्डुलम हो । एक पटक पेन्डुलम मच्चाएर छोडिदिएपछि त्यो रेस्ट हुन टाइम लाग्छ । मच्चिएको पिङलाई झट्कारेर छोडिदिए पछि टाईम पुगेपछि त्यो रोकिन्छ । ६८ सालमा सिक्किममा भूकम्प गयो । केहि महिना अघि इलामको पूर्वपट्टिबाट गएको ५ को भूकम्पले झापा हल्लायो । त्यो त्यसैको पराकम्पनको श्रङ्खला थियो । पछि गएर वर्षमा एक चोटी वा दुई वर्षमा एक चोटी भन्ने हुन्छ ।  अहिले जसरी क्रमिक रुपमा कम हुँदै गइरहेको छ । अब दिनको एउटा पराकम्पन, फेरि दुई दिनमा एउटा, तीन दिनको एउटा हुँदै हप्ताको एउटा, १५ दिनको एउटा र महिनामा एउटा हुँदै कम हुँदै जान्छ । यसलाई मेसिन वा उपकरण लगाएर रोक्न सकिँदैन । अब फेरि बढ्नको लागि त्योसँग शक्ति नै छैन । जुन अस्ति सिन्धुपाल्चोकर र गोरखालाई पारेर भाँचियो, त्यो भन्दा ठूलो भूकम्प जाने शक्ति नै अब बाँकी छैन । के हो त्यो शक्ति ? त्यो शक्ति भनेको इन्डियन प्लेटले तिब्बती प्लेटलाई थिच्ने शक्ति हो । दुई सेन्टिमिटरको दरले यताबाट घचेट्यो । उदाहरणको लागि, ४४ सालमा रंगशालामा मान्छे ढोकातिर जान खोजे,  पालेले ढोका खोलिदिएन र मान्छेहरुको ज्यान गयो । यताबाट ठेलेको ठेल्यै गर्ने तर उता जान पाएन भने त्यो भाँचिनु पर्छ । त्यसले थेग्न सक्ने सम्म थेग्छ । कति ठूलो क्षेत्रमा भाँचियो र चिरा पर्यो भन्ने हिसाबले कत्रो भूकम्प गयो भन्ने देखाउँछ । १० वा १५ किलोमिटर भाँचियो भने ६ को जान्छ । ९० सालमा २० किलोमिटर जति भाचिएको थियो त्यसैले ८ रेक्टर स्केलको हो । अब साना साना झट्का आईरहन्छन् । त्यसले गर्न त केहि पनि गर्दैन तर मान्छेमा त्रास छ केहि समय अझै रहन्छ नै । सानो सानो धक्का त हामीले महशुस गर्छौं नै । ९० सालको भूकम्प के थियो ? ९० सालको भूकम्प दन्त्य कथा जस्तो लाग्थ्यो  । बुवा, आमा हजुरआमाहरुको कुरा तपाईं हामीले पत्याएनौं । ‘९० सालमा यस्तो भएको थियो, रुखहरु यसरी ढलेका थिए, हाम्रो घर यसरी लडेका थिए , मैले जमिन यसरी समातेँ’ भनेर आमा–बुवाहरुले भन्दा हामीले पत्याएनौं । पानीका फोहोरा टुँडिखेलबाट निस्कियो भन्दा हामीलाई डर लागेन । अहिलेको भूकम्प त्योभन्दा कम शक्तिशाली हो  । त्यतिखेर मेसिन राखेर भूकम्प नाप्ने भन्ने थिएन । त्यतिखेरको केन्द्रविन्दु संखुवासभा थियो । गोरखा अलि धेरै नजिक भयो । चारका भूकम्पका झड्काहरु बाटोमै हराउँथे । काठमाडौंसम्म आउनै पाएन । काठमाडौंमा त्यतिखेर पनि ६ दिनसम्म मान्छेहरु बाहिर बसे भनेर ब्रम्हशम्सेरले एउटा पुस्तकमा लेख्नु भएको छ । त्यसकारण ९० सालको भूकम्प पूर्वबाट आएको थियो । अहिलेको भूकम्प पश्चिमबाट आएको हो । अब यसो गर्नुस् भूकम्प के हो भन्ने कुरा हामीले चेतिसकेका छौं । त्यो बाट पनि मुक्त पाउने उपाय भनेको  संयमित भएर दिनचर्या चलाउने नै हो । घर भित्र झुण्डिने बस्तुहरु राख्नु नराख्नुस् । खसेर लाग्ने डर हुन्छ । साथीहरुको बीचमा भूकम्प आईहाल्यो भने म कहाँ गएर बस्ने भन्ने विषयमा छलफल हुनुपर्छ । खुल्ला जमिनमा म यसरी जान्छु भन्ने सोच राख्नु पर्यो । सरकारले पनि ठाउँ–ठाउँमा खुल्ला जमिन बनाईदिनु पर्यो । बाटोहरु फराकिलो पार्दिनु पर्यो । एम्बुलेन्स जाने ठाउँहरु पुग्ने बाटो बिस्तार गरिदिनुपर्यो ।  अब हामीले चेतेनौं भने कहिले चेत्ने । हामी आफैँमा यस्तो चेतना आईसक्यो । अहिलेसम्म हामीले भूकम्प आउन सक्छ है भन्दा नचाहिने कुराको किन टेन्सन लिने भनिन्थ्यो । अब मान्छेहरुले आफैँ भोगिसके । आगोले पोलेको छ , आगोले पोल्दा कस्तो हुन्छ हामी सबैलाई थाहा भइसक्यो । अब हामी सचेत हुनै पर्छ । सरिता कार्कीसँगको कुराकानीमा आधारित
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: