Khabar Dabali २६ असार २०८३ शुक्रबार | 10th July, 2026 Fri
Investment bank

भारतीय विवादमा परेपछि सबै विदेशी टोली फर्काउँदै सरकार

काठमाडाैं, भूकम्पपीडितको खोजी र उद्धारका लागि आएका विदेशी टोलीलाई सरकारले फर्काउने भएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ –सरकारका तर्फबाट परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले नेपालस्थित कूटनीतिक नियोगलाई मन्त्रालयमा बोलाएर फर्कन आग्रह गरेका हुन् । मन्त्री पाण्डेले विदेशी कूटनीतिक नियोगका अधिकारीले उद्धार टोलीबाट भएका काम र सहयोग विवरण तथा भूकम्पबाट भएको जनधनको क्षतिबारे जानकारी समेत गराएका थिए । ‘उद्दारकार्य लगभग सकिएको छ, बाँकी नेपाली सेना आफैंले गर्न सक्ने हुनाले यहाँहरुलाई धन्यवादसहित बिदा दिन चाहन्छौं’ पाण्डेले भने । उनले २ लाख ५ सय ५२ घर भत्किएका, १ लाख ८६ हजारभन्दा बढी घर आंशिक क्षति भएको उल्लेख गर्दै पुनर्निर्माण र मर्मतसम्भारमा सहयोग गर्न ध्यनाकर्षण गराएका थिए । पाण्डेका अनुसार ५८ विदेशी नागरिकको मृत्यु भएको छ । उद्दार र राहतसामग्री ल्याउँदा अन्तर्राष्ट्रिय मापदण्ड र मानवीय आवश्यकता ख्याल गर्नसमेत पाण्डेले आग्रह गरे । यस्ता सामग्री ल्याउँदा सरकारलाई जानकारी गराउन पनि उनले आग्रह गरे । उद्दार र राहतका नाममा भारतीय पक्षले आफूखुशी गरेको भन्दै सत्तारुढ दल कांग्रेससहित अन्य दलभित्र विदेशीलाई फिर्ता पठाउनुपर्ने विषय उठेको थियो । तर, सरकारले भारतलाई मात्र पठाउदा गलत सन्देश जानेभन्दै सबै विदेशी टोलीलाई फर्काउने भएको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending